दार्जीलिङ नगरपालिकालाई नगरनिगमको मान्यता प्रदान गरिने पहल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, July 22, 2019

दार्जीलिङ नगरपालिकालाई नगरनिगमको मान्यता प्रदान गरिने पहल

गफसफ.com, दार्जीलिङ, 22 जुलाई।  
दार्जीलिङ नगरपालिकालाई नगर निगमको मान्यता दिलाउन राज्य सरकारले पहल गरेको गोजमुमो अध्यक्ष विनय तामाङले बताएका छन्। ‘दार्जीलिङ नगरपालिकालाई नगरनिगमको दर्जा प्रदान गर्ने प्रस्ताव आगामी वर्षको विधानसभा सत्रमा पारित गरिने आश्वासन पश्चिम बङ्गाल राज्यका शहर विकास एवं नगरपालिका मामिलाका भारप्राप्त मन्त्री फिराद हाकिमले दिएका छन्’ विनय तामाङले प्रेस विज्ञप्ति जारी गरेर भनेका छन्।

गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले आज मन्त्री फिराद हाकिमसित भेटवार्ता गरी दार्जीलिङ नगरपालिकालाई नगरनिगमको मान्यता प्रदान गरिनुपर्ने माग गर्दै एउटा ज्ञापन पनि सुम्पेका थिए। सोही क्रममा मन्त्री हाकिमले यसको निम्ति राज्य सरकारले औपचारिक कार्यहरू शुरू गरिसकेको जनाउँदै आगामी वर्षको विधानसभा सत्रमा उक्त प्रस्ताव पारित गरिने आश्वासन दिएको विज्ञप्तिमा बताइएको छ।
सन् 1949 सालमा बनिएको सिलगढ़ी नगरपालिकाले अगावै नगरनिगमको दर्जा पाइसक्दा पनि 1850 सालमा बनिएको दार्जीलिङ नगरपालिकाले स्थापना भएको 170 वर्ष नाघिसक्दा पनि अहिलेसम्म नगरनिगमको दर्जा नपाउनु ठूलो दुर्भाग्यो कुरो रहेको उल्लेख गर्दै विनय तामाङले दार्जीलिङ नगरपालिकालाआ चाड़ोभन्दा चाड़ो नगरनिगमकोरूपमा बड़ोत्तरी गरेर दार्जीलिङ पहाड़लाई न्याय प्रदान गरिनुपर्ने माग मन्त्री फिराद हाकिमलाई चड़ाएको ज्ञापनमा उल्लेख गरेको छ।
सन् 2000 सालमा त्यसपछि 2002 सालमा पनि बारम्बार दार्जीलिङ नगरपालिकालाई नगर निगमको रूपमा बड़ोत्तरी गरिनुपर्ने माग गरिएको भएतापनि हालसम्म पश्चिम बङ्गाल सरकारले यस विषयमा अहिलेसम्म कुनै निष्कर्ष ननिकालेको पनि उक्त ज्ञापनमा उल्लेख गरिएको छ भने 32 वटा वार्डहरू रहेको दार्जीलिङ नगरपालिकामा हालमा 2 लाखभन्दा धेर वासिन्दाहरू रहिआएको उल्लेख गरिएको छ।
दार्जीलिङ नगरपालिकालाई अविलम्बरूपमा नगर निगमको दर्जा प्रदान गरिनुपर्ने मागमाथि सकरात्मक आश्वासन प्रदान गर्दै मन्त्री फिराद हाकिमले अर्को विधानसभा सत्रमा यसमाथि निर्णय लिइने जनाएको गोजमुमो अध्यक्ष विनय तामाङले बताएका छन्। ‘दार्जीलिङ नगरपालिकालाई नगर निगमको मान्यता प्रदान गरिनुपर्ने मागमा हामी लगातार राज्य सरकारसित कुराकानी गरिरहेका छौं। आज मन्त्रीसित पनि यसै विषयमा सकरात्मक कुराकानी भएको छ। आगामी वर्षभित्रमा दार्जीलिङ नगरपालिका नगर निगमको परिणत हुनेछन् भन्ने हामीलाई आशा रहेको छ’ मन्त्री हाकिमसितको भेटवार्तापछि विनय तामाङले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad