आदिकविलाई सम्झने बेग्लै तरिका : खरसाङ महाविद्यालयले ‘भानु स्मृति’मा गर्‍यो वृक्षारोपण - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, July 25, 2019

आदिकविलाई सम्झने बेग्लै तरिका : खरसाङ महाविद्यालयले ‘भानु स्मृति’मा गर्‍यो वृक्षारोपण

गफसफ.com, खर्साङ २४ जुलाई|  
खर्साङ महाविद्यालयले आदिकवि भानुभक्तलाई बेग्लै प्रकारले स्मरण गरेको छ। महाविद्यालयका विद्यार्थीवर्गले आदिकवि भानुभक्तको जन्म जयन्ती कुनै साहित्यिक कार्यक्रम आयोजन गरेर होइन तर वृक्ष रोपन गरेर पालन गरेको छ। महाविद्यालय परिसरमा एन.एस.एस, एन.सी.सी अनि भूतपूर्व विद्यार्थी संगठनको आयोजनामा ‘भानु स्मृति वृक्षारोपण कार्यक्रम पालन गर्दै आदिकविलाई स्मरण गर्ने कार्य भएको छ।

जुलाई महिना प्राय: नेपाली भाषी स्थानहरूमा भानुजयन्ती हर्सोल्लासका साथ मनाइन्छ भने यसपाली खरसाङ महाविद्यालयले वृक्षारोपण गर्दै भानुलाई स्मरण गऱ्यो । कार्यक्रमको उद्देश्यबारे विद्यार्थीहरूका समूहलाई सम्बोधन गर्दै एन एस एस प्रोग्राम अफिसर प्रा.योगेश खातीले भने भानुभक्त नेपाली भाषी जनमानसका निम्ति बलियो जरा हुन् अनि त्यही जरामा हाम्रो समाज, भाषा, साहित्य साथै विचार विमर्श दह्रो भएर गाडिएको छ ।’ उनलाई स्मरण गर्दै आज यी पौदाहरूका जरा माटोमा रोप्नु आफै आफमा प्रतीकात्मक एवम् सान्दर्भिक कुरा रहेको उनले बताएका छन्

यसरी नै महाविद्यालयका प्राचार्य डा.समीर बलले आफ्नो सम्बोधनको क्रममा विद्यार्थीहरूलाई व्यक्तिगत आचरण एवम् सामूहिक जिम्मेवारीमाथि ध्यान दिनुपर्ने कुरा बताए । सामूहिक जिम्मेवारी समाज, राष्ट्र एवम् विश्वकै निम्ति खुबै आवश्यक कुरा रहेको उनले बताउँदै आज वृक्षारोपण कार्यक्रम आदि कवि भानुभक्त आचार्यलाई स्मरण गर्दै गर्नु पनि एउटा सामूहिक जिम्मेवारी हो भने।

यसक्रममा उनले उक्त मिलेर रोपिएका बिरुवाहरूको देखरेख खरसाङ महाविद्यालयका विभिन्न क्लबहरूले जिम्मा लिनुपर्ने पनि उनले बताए । उनले कार्यक्रम सफल एवम् अर्थपूर्ण बनाएकोमा सम्पूर्ण विद्यार्थीहरू लगायत शिक्षक समूहलाई धन्यबाद दिँदै प्रत्येक वर्षझैँ यसपाली पनि बिरुवाहरू प्रदान गराइदिने स्थानीय फरेष्ट अधिकारी एडीएफओ ग्याछो योल्मोलाई पनि विशेष धन्यबाद प्रकट गरे।
आजको कार्यक्रममा नयाँ सेमेस्टरका विद्यार्थीहरू, एन सी सी, एनएसएसका विद्यार्थीहरू लगायत यस महाविद्यालयका पक्षबाट एन एस एस अधिकारी प्रा. सृजना राई, नेपाली स्नातकोत्तर विभागकी अध्यक्षा प्रा. तारा लोहार, इतिहास विभागकी अध्यक्षा डा. शेरा पण्डी मलोमू लगायत अन्य शिक्षण तथा भूतपूर्व विद्यार्थी संगठनका प्रतिनिधिहरू पनि उपस्थित् थिए । वृक्षारोपण समाप्त गरेपछि सबैजना महाविद्यालयका हलमा भेला भएर चिया चमेनाको व्यवस्था पनि गरिएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad