कालेबुङ जिल्ला अस्पतालमा विशाक्त ‘सुई’-ले मर्नेहरूको सङ्ख्या पुग्यो – दुई : सिलगडी पुर्‍याएका एक बिरामीको आज मृत्यु - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, July 5, 2019

कालेबुङ जिल्ला अस्पतालमा विशाक्त ‘सुई’-ले मर्नेहरूको सङ्ख्या पुग्यो – दुई : सिलगडी पुर्‍याएका एक बिरामीको आज मृत्यु

गफसफ.com, कालेबुङ3 जुलाई  
कालेबुङ जिल्ला अस्पतालमा गत 2 जुलाईका दिन लगाइएको विशालु सुईको कारण सिलगडी पुर्‍याइएका तकलिङ निवासी कर्म तोप्गे लामाको आज मृत्यु भएको छ। हिजै मात्र कालेबुङ जिल्ला अस्पतालबाट सिलगडीको एउटा निजी नर्सिङ होममा पुर्‍याइएका लामा कर्म तोप्गे (19) को आज बिहानीपख मृत्यु भएको उनीसँगै रहेका अन्य लामा साथीहरूले जानकारी दिएका छन्। यसक्रममा उनीहरूले पनि लामा कर्म तोप्गेको मृत्यु हुनुमा कालेबुङ जिल्ला अस्पतालमा लगाइएको ‘सुई’ नै मुख्य कारण रहेको बताएका छन्।


सिलगडीको एउटा नीजि नर्सिङ होममा पुर्‍याइएका लामा कर्म तोप्गेको स्वास्थ्य जाँचमा मृगौला (किड्नी) पूर्णरूपले खराबी बनिसकेको चिकित्सकहरूले बताएको अनि उक्त हुनुको पछि कालेबुङ जिल्ला अस्पतालमा लगाइएको बिशाक्त सुई नै रहेको पीडित पक्षले बताएको छ। उनलाई अस्पतालमा सुई लगाउन भन्दा अघि ज्वरोको कारण भर्ना गरिएको अनि सुई लगाउन भन्दा स्वास्थ्य समेत बनिसकेको अनि अस्पतालबाट छुट्टी हुने आशा गरिरहेकै समयमा सुई लगाएपछि एकाएक स्वास्थ्य बिग्रिएको पनि पीडित पक्षले बताएको छ। जसको कारण नै आखिरमा उनको आज सिलगडीको एउटा नीजि नर्सिङ होममा मृत्यु भएको पनि पीडित पक्षले बताएका छन्।
स्मरण रहोस, कालेबुङ जिल्ला अस्पतालमा गत 2 जुलाईका दिन बिहान सुई लगाएपछि 12 जना बिरामीहरू अचानक साह्रो भएका थिए। त्यसमध्ये राष्ट्रिय राजमार्ग 10 अन्तर्गत किर्णे निवासी बीरबहादुर तामाङले मृत्यु भएको थियो भने लामा कर्म तोप्गेलाई हिजै मात्र सिलगडी रेफर गरिएको थियो। जसको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ। अन्य बिरामीहरू भने हाल कालेबुङ जिल्ला अस्पतालमा नै उपचारधीन रहेका छन् भने वास्तवमा उक्त सुईमा के थियो भन्ने कुराको पुष्टि भने आजसम्म हुन सकेको छैन।  
जीवन बँचाउनका निम्ति मानिसहरू अस्पतालमा आए पनि अस्पतालमा नै आएर सुई लगाउँदा बीरामीहरूको मृत्यु भएपछि हाल कालेबुङ अस्पतालमा अन्य बिरामीहरू आतङ्कित बनेका छन्। प्राय: बिरामीहरू नै अहिले अस्पतालमा सुई लगाउन डराइरहेका छन् भने अस्पताल पक्षले बिशाक्त सुईको ब्याच नम्बर चिन्हित गरेर त्यस ब्याच नम्बरमा निर्मित सम्पूर्ण सुईहरूको प्रयोगमा रोक लगाउने कार्य गरिसकेको छ।

No comments:

Post a Comment

Post Bottom Ad