कथाकार निरज थापालाई –स्व. पूर्ण राई स्मृति पुरस्कार अनि कवि जय क्याक्टसलाई ‘भाइचन्द प्रधान स्मृति पुरस्कार’ दिइने घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, July 6, 2019

कथाकार निरज थापालाई –स्व. पूर्ण राई स्मृति पुरस्कार अनि कवि जय क्याक्टसलाई ‘भाइचन्द प्रधान स्मृति पुरस्कार’ दिइने घोषणा

गफसफ.com, कालेबुङ, 7 जुलाई ।
नेपाली साहित्य अध्ययन समितिले वर्षेनी भानु जयन्ती समारोहका दिन प्रदान गर्ने स्व. पूर्ण राई स्मृति पुरस्कार अनि भाइचन्द प्रधान स्मृति पुरस्कारको घोषणा गरेको छ। अध्ययन समितिको प्रेक्षागृहमा समितिका अध्यक्ष ज्ञान सुतार अनि सचिव बलभद्र शर्माले उक्त पुरस्कारको घोषणा गरेका हुन्। पुरस्कारको निम्ति गठित जुरीबाट अन्तिम निर्णय प्राप्त भएपछि आज समितिले एक पत्रकार सम्मेलन आयोजना गरेर पुरस्कारको आधिकारिक घोषणा गरेका हुन्।

यसवर्ष स्व. पूर्ण राई स्मृति पुरस्कार कथाकार निरज थापालाई प्रदान गरिने भएको छ भने भाइचन्द प्रधान पुरस्कार कवि, समालोचक जय ‘क्याक्टस’-लाई प्रदान गरिने घोषणा भएको छ। नेपाली साहित्य अध्ययन समितिको मुखपत्र साहित्य सङ्केतमा प्रकाशित उत्कृष्ट कथाको निम्ति प्रदान गरिने स्व. पूर्ण राई स्मृति पुरस्कार निरज थापाको ‘बिएमडब्ल्यु’ कथाका निम्ति प्रदान गरिने भएको हो। उक्त कथा साहित्य सङ्केतको वर्ष 49, अङ्क -36 मा प्रकाशित भएको थियो। उक्त स्व. पूर्ण राई स्मृति पुरस्कार वर्ष 2018 को रहेको पनि समितिका अध्यक्ष ज्ञान सुतार अनि सचिव बलभद्र शर्माले बताएका छन्। भारतेली नेपाली साहित्यमा युवा कथाकारका रूपमा परिचित रहेका निरज थापाको यसभन्दा अघि ‘कथायाम’ कथासङ्ग्रह प्रकाशित रहेका छन् भने उनको कविता कृति पनि प्रकाशित रहेको छ।
यसैक्रममा पुरस्कार चयन समितिको अन्तिम निर्णय पछि समितिले 15औँ भाइचन्द प्रधान स्मृति पुरस्कारक पनि घोषणा गरेको हो। कविता कृतिका निम्ति प्रदान गरिने उक्त पुरस्कार कवि जय क्याक्टसको कविता सङ्ग्रह ‘शब्दयात्रा’ को निम्ति पदान गरिने घोषणा गरिएको हो। समालोचकका रूपमा परिचित जय क्याक्टस भारतेली नेपाली साहित्यमा परिचित नाउँ हुन्। उनका 2017 मा प्रकाशित कविता कृति ‘शब्द यात्रा’-को निम्ति उक्त पुरस्कार प्रदान गरिने भएको हो भने यसभन्दा अघि उनका दुईवटा कविताका कृतिहरू क्रमैले युग र मान्छे अनि विश्वासको घर प्रकाशित रहेका छन्। यसका साथै उनका अन्य समालोचना कृतिहरू पनि प्रकाशित रहेको छ।
कविताको माध्यमबाट सामाजिक रुढिमा व्यङ्ग्यात्मक प्रहार गर्ने कवि जय क्याक्टसलाई ‘भाइचन्द स्मृति पुरस्कार’ अनि कथाकार निरज थापालाई स्व. पूर्ण राई स्मृति पुरस्कार आगामी 13 जुलाई भानु जयन्तीको दिन प्रदान गरिने भएको छ।

No comments:

Post a Comment

Post Bottom Ad