सन्त अगस्तिन विद्यालयमा २०५ औँ भानु जयन्ती पालन; योगवीर शाक्यलाई सम्वर्द्धना - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, July 12, 2019

सन्त अगस्तिन विद्यालयमा २०५ औँ भानु जयन्ती पालन; योगवीर शाक्यलाई सम्वर्द्धना

गफसफ.com, कालेबुङ, १२ जुलाई । सन्त अगस्तिन स्कूल कालेबुङमा २०५ औँ भानु जयन्ती पालन गरिएको छ। भानु जयन्तिको दिन विद्यालयमा विदा भएको हुनाले एकदिन अघिनै उक्त भानु जयन्ती पालन गरिएको हो। सन्त अगस्तिन विद्यालको नेपाली अकादमीको आयोजनामा पालन गरिएको उक्त भानु जयन्ती समारोहमा साहित्यकार एवम् विद्यलयका पूर्व शिक्षक योगवीर शाक्य मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। विद्यालयका उप-प्राचार्य फादर भिक्टोर फर्नान्डिसको अध्यक्षतामा सम्पन्न भएको  २०५ औँ भानु जयन्ती समारोहमा विद्यालयका विद्यार्थीवर्ग माझ नेपाली कविता प्रतियोगिता सँगै नेपाली गायन प्रतियोगिता सम्पन्न भएको थियो।

विद्यालयको डाइमण्ड जुब्ली हलमा सम्पन्न कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित योगवीर शाक्य; उप प्राचार्य फादर भिक्टोर फर्नाण्डिस, फादर डेरिक डिसुजाको बाहुलीबाट  आदिकवि भानुभक्त आचार्यको तस्वीर अधि दीप प्रज्वलनसँगै माल्यअर्पण पछि सुरु भएको कार्यक्रममा छैटौँ अनि सातौँ कक्षाका विद्यार्थीवर्गले रामयण पाठ गरेका थिए। यसका साथै कार्यक्रममा विद्यालयका विभिन्न श्रेणीका विद्यार्थीवर्गमाझ कविता आवृति प्रतियोगिता सम्पन्न भएको थियो। यस अवसरमा क्रमैले रिन्छेन तामाङ, अनिकेत भुषाल, सृजन छेत्री, अभिनव प्रधान अनि अभिनव भुषालले कविता आवृत्ति गरेका थिए भने श्रीयस  राई, अभिज्ञ दुलाल अनि अनमोल राईले स्वरचित कविता पाठ गरेका थिए।

कार्यक्रमको दोस्रो चरणमा भने एघारौँ अनि बाह्रौँ कक्षाका विद्यार्थीवर्ग माझ नेपाली गायन प्रतियोगिता सम्पन्न भएको थियो। नेपाली साङ्गीतिक क्षेत्रका स्वर सम्राट नारायण गोपालका गीतहरूमाथि आधारित नेपाली गायन प्रतियोगितामा एघारौँ अनि बाह्रौ कक्षाका विद्यार्थीवर्ग क्रमैले साम्तेला लेप्चा, एजिकल भोटिया, अनिकेत कालिकोटे अनि  निश्चलय सिलालले गायन प्रतियोगितामा भाग लिएका थिए।

यस अवसरमा उक्त नेपाली गायन प्रतियोगिता अनि नेपाली कविता आवृत्ति प्रतियोगिताका बिजयी बनेका विद्यार्थीवर्गलाई मुख्य अतिथि योगवीर शाक्य, उपप्राचार्य फादर भिक्टोर फर्नाण्डिस अनि फादर डेरिक डिसुजाको बाहुलीबाट पारितोषिक प्रदान गरिएको थियो। यसै अवसरमा सन्त अगस्तिन स्कूलमा दीर्घ सेवा पुर्‍याएका पूर्व शिक्षक अनि कार्यक्रमका मुख्य अतिथि योगवीर शाक्यलाई सम्वर्द्धना पनि जनाइएको थियो। 
फादर भिक्टोर फर्नाण्डिस अनि फादर डेरिक डिसुजाको बाहुलिबाट उनलाई स्मृति चिन्हसँगै स्मृति पत्र प्रदान गरिएको सम्मान गरिएपछि आईसीएसई अनि आईएससी परिक्षामा सर्वाधिक अङ्क हासिल गर्ने विद्यार्थीवर्ग क्रमैले रिसभ दियाली अनि प्रजेश सुब्बालाई पनि कार्यक्रममा सम्मान जनाइएको थियो। नेपाली अकादमीका प्रमुख सुवास सोताङ अनि डी.के तामाङद्वारा सञ्चालित कार्यक्रममा सन्त अगस्तिन स्कूलमा भानु जयन्ती कार्यक्रम पालनको इतिहासबारे वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो।


No comments:

Post a Comment

Post Bottom Ad