कालेबुङ अस्पतालमा बिशाक्त सुईको आतङ्क : मृतकका परिवारलाई रोजगार दिने जीटीएको घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, July 6, 2019

कालेबुङ अस्पतालमा बिशाक्त सुईको आतङ्क : मृतकका परिवारलाई रोजगार दिने जीटीएको घोषणा

गफसफ.com, कालेबुङ, 6 जुलाई ।
कालेबुङ जिल्ला अस्पतालमा गत 2 जुलाईका दिन लगाइएको सुईको कारण दुईजनाको मृत्यु भएपछि जीटीए बोर्डका अध्यक्ष अनित थापा अनि मुख्य सचिव सुरेन्द्र गुप्ताले आज अस्पतालको भ्रमण गर्ने समय जुराए। जीटीए अधिनस्थ रहेको कालेबुङ जिल्ला अस्पतालमा सुई लगाएकै घट्नापछि दुईजनाको मृत्यु भएपछि अहिले अस्पतालमा आतङ्कको वातावरण सिर्जना भएको छ। मानिसहरू अस्पतालमा गएर सुई लगाउन डराइरहेका छन्। भर्ना भएका बिरामीहरूले पनि सुई लगाउँदा ईश्वरलाई सम्झना गर्न परिरहेको छ। यस्तो अवस्थामा अस्पतालमा आतङ्कको वातावरण सिर्जना हुनका साथै अस्पताल प्रशासनप्रति मानिसहरूको असन्तुष्टि बडीरहेको समयमा घट्नाको पाँच दिनपछि मात्र जीटीए बोर्ड अध्यक्ष अनित थापा अनि मुख्य सचिव सुरेन्द्र गुप्तलाई अस्पतालमा भ्रमण गर्ने फुर्सद जुरेको हो।

कालेबुङ जिल्ला अस्पतालको भ्रमणमा आइपुग्न साथै जीटीए बोर्ड अध्यक्ष अनित थापा अनि मुख्य सचिव सुरेन्द्र गुप्तले अस्पतालका प्रशासन पक्षसँग छुट्टै वैठक गरेर घट्नाको वास्तविकता बुझ्ने कार्य गरे। त्यसपछि उनीहरूले पछिबाट सुई लगाइएपछि मृत्यु भएका बीरू तामाङ अनि कर्म तोप्गे (लामा) का परिवारपक्षसँगै अन्य पीडित परिवारका सदस्यहरूसँग भेटघाट गरेर वैठक गरे। यस अवधी मृतकका परिवार पक्षले अस्पतालमा भर्ना भएका बिरामीहरूलाई सुई लगाएपछि नै उनीहरूको स्वास्थ्य बिग्रेको अनि पछिबाट मृत्यु भएको अवगत गराए भने अन्य सुई लगाएपछि बिरामी भएका परिवार पक्षले पनि अस्पताल प्रशासनको कार्यप्रणालीप्रति प्रश्न उठाए।
यता पीडित परिवार अनि अस्पताल प्रशासनसँग वैठक गरेपछि जीटीए बोर्ड अध्यक्ष अनित थापाले पत्रकारहरूलाई सम्बोधन गर्दै मृतकका परिवारहरूलाई जीटीएको पक्षबाट रोजगारको पहल गरिने बताएका छन्। ‘पीडित परिवारको आर्थिक अस्वथा ठिक नरहेको हामीले बुझेका छौँ। यस्तो अवस्थामा हामी जीटीएको पक्षबाट हामीले सक्ने रोजगारको व्यवस्था पीडित परिवारलाई मिलाइदिने प्रयास गर्नेछौँ’ अनित थापाले भने। यसक्रममा उनले पीडित परिवारका सदस्यहरूलाई प्रदाअन गरिने भने रोजगार स्थायी हो अथवा अस्थायी हो भन्ने सन्दर्भमा भने स्पष्ट पार्न सकेनन्। यद्यपी उनले ‘हाम्रो पक्षबाट हुनसक्ने कार्य मिलाउँनेछौँ’ भने।
उनले पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा अस्पतालमा सुई लगाइएको कारण नै अवस्था बिग्रेका अन्य बिरामीहरूलाई कुनै पनि अस्पतालमा गएर जाँच गराउन सक्ने अनि उनीहरूको स्वास्थ्य जाँचको सम्पूर्ण खर्च जीटीएको व्यवस्था गर्ने पनि बताएका छन्। ‘कालेबुङ अस्पतालमा जुन घट्ना भयो यो दुखदायी हो। हामी मृतकका परिवार प्रति क्षमाप्रार्थी छौँ। अन्य बिरामीहरूले कुनै पनि बाहिरको अस्पतालमा गएर आफ्नो स्वास्थ्य उपचार गर्न सक्छन्। जीटीएले उनीहरूको उपचारको खर्च उठाउनेछ’ अनित थापाले भने।
यसक्रममा उनले अस्पतालमा घट्नाको वास्तविक तथ्य पत्तो लगाउन जीटीएकै पहलमा राज्य सरकारले उच्च स्तरीय जाँच गर्न मेडिकल टोलि अस्पतालमा पठाउने कार्य गरेको बताउँदै उक्त मेडिकल टोलिको रिपोर्टबाट नै घट्नाको सत्य उजागर हुने बताए। यसक्रममा उनले एउटा स्वतन्त्र जाँच कमिटिको पनि गठन गर्ने बताउँदै उक्त जाँचटोलिले सक्दो सत्यता पत्तो लगाउने बताएका छन्।
थापाले दुवै पक्षसँग वैठक गरेर कुराकानी गरिसकेपछि अस्पतालका वार्डहरूमा सुई लगाएर थप बिरामी बनेकाहरूसँग भेटघाट गर्दै उनीहरूको अवस्थाबारे सोधखोज गरे। यसका साथै उनले उक्त बीरामीहरूलाई बाहिर गएर उपचार गराए आफुहरूले खर्च हेर्ने कुरा पनि अवगत गराए।
अर्कोतर्फ यता हिजै मात्र मृत्य भएका तकलिङ निवासी कर्म तोप्गेका परिवार पक्षले उक्त मृत्यु  अनि किर्ने निवासी मृतक बीरू तामाङको परिवार पक्षले उक्त घट्ना सम्पूर्णरूपले अस्पताल पक्षकै लापारवाहीको हो भन्दै दोषीमाथि कार्वाही हुनपर्ने माग गरेका छन्। उनीहरूले जीटीए बोर्ड अध्यक्षसँग वैठकपछि सकारात्मक आश्वासन पाएको बताउँदै उच्च स्तरीय जाँच कार्य हुनपर्ने माग गरेका छन्। ‘हामीलाई उच्च स्तरीय जाँच चाहिएको छ। जसको कारण भविष्यमा यस्तो घट्ना नदोहोरियोस्। हामीले यदि भविष्यमा जाँच टोलिको रिपोर्टसँग सन्तुष्ट बन्न सकेनौँ भने न्यायको निम्ति जहाँ-जहाँ जानपर्छ त्यहाँ जानेछौँ’ मृतक लामाका मामा एसजी गोलेले भने। अर्कोतर्फ मृतक लामाका सहपाठी लाक्पा सेर्पाले पनि पीडित पक्षले न्याय पाउनुपर्ने माग गरेका छन् भने अर्का बिरामी अङ्कित बिकेका अभिभावक सकिल सुब्बाले उचित छानबीन भएर उचित कार्वाही हुनपर्ने माग गरेका छन्। 

No comments:

Post a Comment

Post Bottom Ad