भारतमा सुरुभयो नेपाली कथानक चलचित्र ‘आप्पा’-को प्रदर्शनी; फिल्म हेरेर दर्शकवर्गले भने ‘साँच्चै दाम्मी छ आप्पा’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, July 5, 2019

भारतमा सुरुभयो नेपाली कथानक चलचित्र ‘आप्पा’-को प्रदर्शनी; फिल्म हेरेर दर्शकवर्गले भने ‘साँच्चै दाम्मी छ आप्पा’

गफसफ.com, कालेबुङ, 5 जुलाई ।
दीर्घदिनदेखिको प्रतिक्षारत नेपाली कथानक चलचित्र आप्पा भारतका सिनेमाघरहरूमा आजदेखि प्रदर्शनी भएको छ। भारतका मोठ 31 वटा विभिन्न सिनेमाघरहरूमा आजदेखि प्रदर्शनी भएको आप्पा फिल्म हेर्नका निम्ति कालेबुङको सिनेमा हल ड्रीम थिएटरमा मानिसहरूको व्यापक भीड जमेको थियो।फिल्म हेरेपछि दर्शकवर्गले ‘साँच्चै दाम्मी छ आप्पा’ जस्ता प्रतिक्रियाहरू दिएका छन्।  यस अघि आप्पा फिल्मका स्टार कलाकार दयाहाङ राई, निर्देशक अन्मोल गुरुङ, सिद्धान्तराज तामाङ अनि अल्लोना काबो लेप्चाले पत्रकारहरूलाई सम्बोधन गरे।
नेपालमा एक सप्ताह अघि प्रदर्शनीमा आएको आप्पा चलचित्रले नेपालका दर्शकवर्गबाट राम्रो प्रतिक्रिया पाइरहेको बताउँदै भारतीय दर्शकवर्गबाट पनि निश्चय नै राम्रो प्रतिक्रिया पाउने आशा रहेको दयाहाङ राई अनि अन्मोल गुरुङले बताएका छन्।  ‘नेपालमा आप्पाको क्रेज राम्रो छ अनि अहिले पनि राम्रो प्रतिक्रिया पाइरहेका छौँ। हाम्रो कोशिशलाई नेपालमा सबैले मन पराएका छन्। यसबाट हामीले उर्जा पाएका छौँ’ दयाहाङ राईले भने।
यसक्रममा दयाहाङ राईले आप्पा चलचित्रको कामलाई लिएर आफुहरू पूर्णरूपले सन्तुष्ट रहेको बताउँदै नियमित फिल्म हेर्नेहरूका निम्ति यो फिल्म वेग्लै प्रकार स्वादमा रहेको पनि बताएका छन्। ‘काम गर्दा भूलहरू अथवा कमी कम्जोरीहरू हुन्छन्। हामीसँग पनि कमी कमजोरीहरू भएको हामीले थाह पाएका छौँ जसलाई हामी स्वीकारछौँ अनि भविष्यमा ती गल्तीहरू सुधार्ने काम गर्नेछौँ’ दयाहाङ राईले भने। यसका साथै उनले आफ्नोपन खोज्न चाहनेहरूले आप्प्पाबाट निश्चय नै आफ्नोपन पाउने पनि बताएका छन्।
यता फिल्मका निर्देशक अन्मोल गुरुङले पनि फिल्मको काम गर्दा कतिपय कार्यहरू छुट्नु स्वभाविक रहेको बताउँदै कुनै पनि मान्छे वास्तवमा सय प्रतिसशत पूर्ण हुन नसक्ने अनि आफुहरूले आफ्ना कमी कमजोरीहरूलाई स्वीकार्दै नयाँ कार्य गर्नका निम्ति तत्पर रहेको बताएका छन्। ‘हामी हाम्रा भएको गल्तीहरू छ भने स्वीकार्छौँ अनि ती गल्तीहरूबाट सिकेर नै नयाँ कार्य गर्नेछौँ’ युवा निर्देशक अन्मोल गुरुङले भने।
‘हामीले पर्फेक्ट फिल्म बनाएका छैनौँ तर दर्शकवर्गको मनसम्मलाई छुने फिल्म चाही बनाएका छौँ। मानिसहरूको मनलाई छोएकै कारण हामीले दर्शकवर्गबाट उत्तिकै माया पाइरहेका छौँ’ अन्मोल गुरुङले बताएक।
यसैक्रममा भारत र नेपालमा चलिरहेको आप्पा फिल्मले नेपाली फिल्मको बजारलाई फराकिलो बाटो बनाउने कार्य समेत आप्पा फिल्मले सुरुआत गर्न सकेको बताउँदै आगामी दिनहरूका यो कार्यलाई निरन्तरता दिने पनि उनले बताएका छन्।
यता आप्पा फिल्मको आज पहिलो प्रदर्शनीमा कालेबुङमा धेरै मानिसहरू सिनेमा घरमा पुगेका थिए भने धेरै मानिसहरूले टिकट समेत पाउन सकेनन्। यस्तो अवस्थामा फिल्म हेर्ने दर्शकवर्गले पनि फिल्मलाई रूचाएको प्रतिक्रिया दिएका छन्।  आप्पा फिल्मले मानिसहरूलाई मनोरञ्जन दिनका साथै समाजमा एउटा बाबु छोराको प्रेमको विषयमा गतिलो सन्देश दिएको पनि दर्शकवर्गले बताएका छन्। यसक्रममा दर्शकवर्गकै प्रतिक्रिया अनुसार फिल्मलाई आँक्ने हो भने पहिलो प्रदर्शनीमा आप्पा फिल्मले गतिलै फड्को मार्न सक्षम भएको छ।

No comments:

Post a Comment

Post Bottom Ad