गजलप्रधान पत्रिका लालिमाको तेस्रो अङ्क विमोचित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, July 22, 2019

गजलप्रधान पत्रिका लालिमाको तेस्रो अङ्क विमोचित

गफसफ.com, कालेबुङ, 22 जुलाई।
गजलको फूलबारीमा थपिएको लालिमा अर्ध वार्षिक गजल प्रधान पत्रिकाको तेस्रो अङ्क आइतबार कालेबुङमा विमोचन गरियो। नेपाली साहित्य अध्ययन समितिको प्रेक्षागृहमा आयोजित कालेबुङका गीतकार तथा सङ्गीतकार मधुसुदन लामा, समीक्षक नवीन पौड्याल, अग्रज प्रतिभा कुमाई सँगै पत्रिकाको सम्पादक सुवास श्रेष्ठको बाहुलीबाट गरिएको थियो ।
युवा कवि हेमन्त थुलुङद्वारा सञ्चालित कार्यक्रममा सर्वप्रथम कथाकार हाइमानदास राई किरातको वैकुण्ठ वासको कामनामा एक मिनटको मौन धारण गरिएको थियो । विमोचन पछि सङ्गीतकार मधुसुदन लामाले कार्यक्रमलाई सम्बोधन गर्दै झ्याउरे गजल सुनाएका थिए । यसका साथै विमोचित पत्रिकामा रहेका नवोदित गजलकारहरू रोसन दाहाल, सुष्मा राई, प्रतिभा कुमाई, हेमन्त थुलुङ साथै सुवास श्रेष्ठ, नविन पौड्यालले गजल सुनाएका थिए।
उपस्थित अन्य कविहरू मनोज वोगटी, उमेश परियार, राधिका शर्मा, अभिषेक दर्नाल, नेपालबाट आएका कवि-कथाकार जी.के. पोखरेल आदिले कविता पाठ गरेका थिए। यसका साथै कार्यक्रमा गजलकार नविन पौड्यालले पर्यवेक्षकीय सम्बोधन राखेका थिए। पत्रिकाका सम्पादक सुवास श्रेष्ठ अनि सह सम्पादक धनबहादुर मगरले पत्रिकाको उदेश्य, आवश्यक्ता अनि औचित्यमाथि प्रकास पार्दै लालिमा गजल लेख्नेहरूका निम्ति एउटा मञ्च हो  भनी बताए।

No comments:

Post a Comment

Post Bottom Ad