सिलगढी नेपाली साहित्य संस्थानले ‘बाल भानुजयन्ती’ पालन गर्ने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, July 25, 2019

सिलगढी नेपाली साहित्य संस्थानले ‘बाल भानुजयन्ती’ पालन गर्ने

गफसफ.com, सिलगडी २४ जुलाई।   
सिलगढी नेपाली साहित्य संस्थानले आगामी 28 जुलाईका दिन ‘बाल भानुजयन्ती’ पालन गर्ने भएको छ। प्रत्येक वर्ष झै यसवर्ष पनि सस्ंथानले दार्जीलिङ अनि जलपाईगडी जिल्ला (मधेश खण्ड) का प्राथमिक पाठशालाहरूलाई लिएर उक्त कार्यक्रम गर्ने तय गरेको हो। कार्यक्रममा प्राथमिक पाठशालाका विद्यार्थीवर्ग माझ विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू आयोजना गरिने भएको छ।
बाल भानुजयन्तीमा ‘बाला भानुहरू’ – फाइल फोटो
कार्यक्रममा यस चोटि पनि धेरै पाठशालाहरूले आफ्नो नाम दर्ता गरेको आयोजक समितिले जानकारी दिएको छ। प्राथमिक तहका बालक बालिकहरूलाई भाषा, साहित्य अनि संस्कृतिप्रति प्रेरणा प्रोत्साहन दिनका लागि संस्थानले यो कार्यक्रम गर्दै आइरहेको छ।
यस कार्यक्रममा भाग लिने बालक बालिकाहरू नै हुन्छन् अनि ती कार्यक्रमहरूको मूल्याङ्कन गर्ने निर्णायकहरू पनि बालक बालिका नै हुन्छन्। त्यसका साथै कार्यक्रमका अध्यक्ष, मुख्य अतिथि, प्रमुख अतिथि सबै नै बालक बालिका नै हुन्छन्। अतिथि बनेर आउने बालक बालिकाहरू साहित्य, सङ्गीत, खेल, कला, पठन-पाठन विषयमा उत्कृष्ट प्रदर्शन गरेका वा यी विषयहरूमा आफ्नो परिचय दिइसकेका हुन्छन्। संस्थानले त्यस्ता बालक बालिकाहरूको खोज गरेर अतिथिका रूपमा निम्तो गर्दछ।
सम्पूर्ण कार्यक्रको सञ्चालन पनि प्राथमिक पाठशालाका विद्यार्थीहरूले नै गर्छन्। तसर्थ यसलाई कार्यक्रमलाई बाल भानु जयन्ती भनेर नामकरण गरिएको छ। यस वर्षको बाल भानु जयन्ती कार्यक्रम आईबि थापा उच्च माध्यमिक पाठशालामा आयोजना गरिने भएको छ। यस अवसरमा संस्थानका पक्षबाट सबैलाई स्वागत गरिएको छ।

No comments:

Post a Comment

Post Bottom Ad