भाजपा गोर्खाहरूप्रति ईमान्दार नरहेको लोकसभामा सांसद राजु विष्टलाई दिइएको लिखित जवाबले स्पष्ट बनेको छ – विनय तामाङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, July 16, 2019

भाजपा गोर्खाहरूप्रति ईमान्दार नरहेको लोकसभामा सांसद राजु विष्टलाई दिइएको लिखित जवाबले स्पष्ट बनेको छ – विनय तामाङ

गफसफ.com, दार्जीलिङ, 16 जुलाई|
सांसद राजु विष्टले पहाडमा विश्वविद्यालय निर्माण गर्ने अनि गोर्खा समुदायका एघार जात गोष्ठिलाई जनजाति बनाउने विषयमा केन्द्र लोकसभामा केन्द्र सरकारलाई मागेको लिखित जवाबमा संसदमा लिखित जवाब दिइएको छ। लोकसभामा केन्द्र सरकारको सम्बन्धित विभागले दिएको लिखित जवाबमा केन्द्रिय विश्वविद्यालय निर्माण गर्ने र एघार जात गोष्ठिलाई जनजातिको मान्यता दिने सरकारले कुनै प्रस्ताव नलिएको पनि स्पष्ट पारेको छ। लोकसभामा केन्द्र सरकारको सम्बन्धित विभागले सांसद राजु विष्टलाई दिएको लिखित जवबापछि यता गोजमुमो पार्टीले भाजपा प्रति कटाक्ष गर्ने मौका पाएको छ भने मोर्चा अध्यक्ष विनय तामाङले लोकसभामा दिइएको उक्त लिखित जवाबले भाजपाको नियत स्पष्ट भएको बताएका छन्।

‘यसचोटि पनि गोर्खाको एघाह्र  जात-गोष्टीलाई जनजातिको मान्यता दिइनपर्ने अनि पहाड़मा केन्द्रिय विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव केन्द्र सरकारले नल्याएर  हामीलाई निराश बनाएको छ। हामीले भाजपामाथि जुन भरोसा राख्दैआएका छौं त्यसलाई यसले पटकपटक तोड़ेर हामीलाई संवैधानिक अधिकार र शिक्षाजस्तो आधारभूत अधिकारबाट पनि वञ्चित राख्ने काम गरेको छ। हामीलाई बुनियादी विकासदेखि वञ्चित राखेरनै  राजनीति गर्न सकिन्छ भन्ने भाजपाको चाल फेरि उजागर भएको छ। भावना र आवेगको राजनीतिमा होमेर भाजपाले पहाड़लाई निरन्तर बुनियादी आवश्यकताबाट वञ्चित राख्ने काम गर्दैआएको छ। यसैले पहाड़को बुनियादी समस्याहरू समाधान गर्ने हाम्रो पहल प्रभावित हुँदैआएको छ’ विनय तामाङले एक प्रेस बिज्ञप्ती जारी गरेर भनेका छन्।
यसक्रममा तामाङले भाजपा प्रमुख रहेको केन्द्र सरकार गोर्खाहरूको संवैधानिक सुरक्षा, पहाड़को बुनियादी विकासप्रति कहिल्यै गम्भीर नदेखिएको पनि आरोप लगाएका छन्। ‘जनजातिको मान्यता र केन्द्रिय विश्वविद्यालय स्थापनाको मागप्रति गम्भीरता नदेखाउनु यसै वञ्चना र उपेक्षापूर्ण नीतिको नमुना हो।  तीन-तीनचोटि सांसद र विधायक समेत दिइसक्दा पनि पहाड़प्रति भाजपाले यस प्रकारको व्यवहार देखाउनु दुर्भाग्यपूर्ण कुरा हो। भाजपाको यस प्रकारको वञ्चना र उपेक्षापूर्ण व्यवहारको गोजमुमो घोर विरोध जनाउँदछ’ विनय तामाङले भनेका छन्। 
भाजपाले शुरुदेखिनै गोर्खाहरूप्रति सहानुभूति र समवेदना देखाउँदै आए पनि वास्तवमा उक्त कार्य केवल राजनैतिक स्वार्थ पूरा गर्ने ढोंग मात्ररहेको आरोप तामाङले लगाएका छन्। ‘अधिकार दिलाउने कुरामा भाजपा सदैव उदासीन रहिआएको छ।  यदि यो पार्टी र केन्द्र सरकार गोर्खाहरूप्रति साँच्चैनै इमान्दार  छ भने एघाह्र जात-गोष्टीलाई जनजातिको मान्यता दिन सक्थ्यो। तर यसबारे अहिलेसम्म यसले कुनै पहल नगरेको सांसद विष्टलाई आदिवासी कल्याण मन्त्रालय भारत सरकारले दिएको प्रत्युत्तरले स्पष्ट भएको  छ। साथै भारत सरकारको मानव संसाधन मन्त्रालयबाट उनैलाई दिइएको जवाबले केन्द्रिय विश्वविद्यालय स्थापना बारेमा पनि भाजपा कति गम्भीर रहेछ, प्रष्ट भएको छ’ विनय तामाङले अझ भनेका छन् –‘लामो समयसम्म यसरी भाजपाको उपेक्षा र वञ्चनापूर्ण नीति पहाड़मा हाबी रहे गोर्खाहरूको अस्तित्व मात्रै खतरामा पर्ने छैन, पहाड़ बुनियादी विकासबाट पनि वञ्चित रहनपर्नेछ ।’
यसक्रममा तामाङले सांसद राजु विष्ट प्रति प्रश्न गर्दै ‘भाजपाका सांसद विष्टले जुन क्षेत्रबाट भोट जितेका हुन् त्यही क्षेत्रको शैक्षिक विकासको लागि पहल नगर्नु अझ दुर्भाग्यको कुरा हो। तिनले भनेको पोलिटिकल सल्युशन, जाति र माटोको सुरक्षाको कुरा  के हो?झट्ट स्पष्ट पारुन्’ भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad