पहाडमा रिक्तपदहरूमा नियुक्ति गर्न सब-अर्डिनेट सेलेक्सन बोर्ड गठन हुने; अनित थापाले भने –‘पाँच हजार भन्दा धेर बेरोजगारहरूले रोजगार पाउनेछन्’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, July 16, 2019

पहाडमा रिक्तपदहरूमा नियुक्ति गर्न सब-अर्डिनेट सेलेक्सन बोर्ड गठन हुने; अनित थापाले भने –‘पाँच हजार भन्दा धेर बेरोजगारहरूले रोजगार पाउनेछन्’

गफसफ.com, दार्जीलिङ, 16 जुलाई|

जीटीए क्षेत्रमा लामो समयदेखि रिक्त रहेका ग्रुप बी, सी, र डी का पदहरूमा नियुक्ति प्रक्रिया शुरू गर्न अब चाड़ै सब-अर्डिनेट सर्भिस सेलेक्सन बोर्डको गठन गरिने भएको छ। यसबारे जीटीए बोर्ड अध्यक्ष अनित थापाले एक प्रेस बिज्ञप्ति जारी गर्नका साथै उनले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्रकार गरेको पत्रको प्रतिलिपी पनि सार्वजनिक गरेका छन्।

थापाले गत 25 जुनका दिन पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता व्यानर्जीलाई दार्जीलिङ पहाड़मा सब अर्डिनेट सर्भिस सेलेक्सन बोर्ड गठन गरिने माग गर्दै पत्राचार गरे स्मरण गराउँदै सोही पत्रको आधारमा राज्य सरकार अब दार्जीलिङ पहाड़मा ग्रुप बी, सी र डी नियुक्ति गर्नको निम्ति सब अर्डिनेट सर्भिस सेलेक्सन बोर्ड गठन गर्न राजी भएको हो थापाले प्रेस बिज्ञप्तीमा दाबी गरेका छन्। ‘पश्चिम बङ्गाल सरकारले जीटीए क्षेत्रको निम्ति  सब- अर्डिनेट सर्भिस सेलेक्सन बोर्ड गठन गर्ने आधिकारीक पहल पनि शुरू गरिसकेको छ’ अनिथ थापाले भनेका छन्।

‘दागोपाप कालदेखि नियुक्ति प्रक्रिया ठप्प भएकोले लगभग 22 वर्षदेखि दार्जीलिङ पहाड़मा बेरोजगार समस्या हाहाकारजस्तो भएर फैलिरहेको छ। यहाँका योग्य अनि शिक्षित अनि प्रतिभाशाली जमात नोकरीको खोजीमा पलायन हुनुपरिरहेको छ। यो विकराल समस्यालाई ध्यानमा राखेर नै जीटीएले सब- अर्डिनेट सर्भिस् सेलेक्सन बोर्ड गठन गर्ने प्रस्ताव राज्य सरकारलाई पठाएको थियो’ अनित थापाले प्रेस बिज्ञप्तीमा भनेका छन्।
राज्य सरकारले उक्त प्रस्ताव स्वीकृत गरेकै कारण अब जीटीए क्षेत्रभरिमा अहिलेसम्म रिक्त रहेका लगभग 5 हजार ग्रुप बी, सी र डी रिक्त पदहरूमा बेरोजगारहरूले रोजगार पाउने थापाले दाबी गरेका छन्। ‘दार्जीलिङ पहाड़का युवा पीढ़िलाई आफ्नै क्षेत्रमा रोजगार सुनिश्चित गर्नलाई जीटीएले सब-अर्डिनेट सर्भिस सेलेक्सन बोर्डको गठन प्रक्रिया चाड़ोभन्दा चाड़ो पूरा गर्ने पनि सबैलाई जनाउन चाहन्छु’ अनित थापाले अझ भनेका छन् –‘सब-अर्डिनेट सर्भिस सेलेक्सन बोर्ड गठन गर्ने आदेश प्रदान गरिएकोमा म सम्पूर्ण पहाड़वासीको तर्फबाट माननीय मुख्यमन्त्री ममता व्यानर्जीलगायत राज्य सरकारपक्षलाई हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु।’

No comments:

Post a Comment

Post Bottom Ad