टिस्टा नदीमा निखोज बनेका पर्यटकहरूको खोजीमा जुट्यो भारतीय नौसेना - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, July 16, 2019

टिस्टा नदीमा निखोज बनेका पर्यटकहरूको खोजीमा जुट्यो भारतीय नौसेना

गफसफ.com, कालेबुङ, 16 जुलाई| 
राष्ट्रिय राजमार्ग 10 अन्तर्गत बाघपूल नजिक दुर्घटनामा परेर लापत्त बनेका पर्यटकहरूको खोजी अभियानमा एनडीआरएफका जवानहरूले भनेजस्तो सफलता हात पार्न नसकेपछि आखिरमा भारतीय नौसेना (नेभी) का जवानहरू आइपुगेका छन्। गत 10 जुलाईका दिन अविरल वर्षाको क्रममा सिलगडीबाट गान्तोक तर्फ गइरहेको WB- 73 E-2940 नम्बरधारी ईनोभा वाहन सडकबाट सोझै टिस्टा नदीमा झरेको थियो। उक्त दुर्घट्नामा परेर वाहनका चालक सिलगडी भानुनगर निवासी प्रकाश राई सँगै पर्यटकहरू निखोज बनेका थिए भने उनीहरूको खोजी अभियान एनडीआरएफले गरिरहेको थियो। सप्ताहदिन देखि खोजि अभियान जारी राखेपनि भनेजस्तो सफलता प्राप्त नहुँदा आखिरमा आजदेखि भारतीय नौसेनाका जवानहरू आइपुगेका छन्।

गान्तोक घुम्नका निम्ति आएका राजस्थानका पर्यटकहरू सवार रहेको उक्त वाहन सडकबाट सोझै टिस्टा नदीमा झरेपछि टिस्टाको तेज बहावमा सबैजना बहेको थियो। दुर्घट्ना स्थलमा अनेकौँ खोजि अभियान गर्दा पनि उनीहरूको कुनै पत्तो लाग्न नसकेको अवस्थामा गत 12 जुलाईका दिन भने एकजना पर्यटक अमन गर्गको शवलाई गजलडोबाबाट उद्धार गरिएको थियो भने अन्यको भने कुनै पत्तो लाग्न सकेको छैन। यस्तो अस्थावा टिस्टा नदीमा वाहनका चलकसँगै निखोज बनेका अन्य पर्यटका अनि वाहनका चालकको खोजि गर्न आज भारतीय नौसेनाका जवानहरू दुर्घट्ना स्थलमा आइपुगेका छन्। अर्कोतर्फ यता गजडोबामा स्थानीय मानिसहरूले एउटा अज्ञात शव देखेका छन् भने उक्त ठाउँमा पुलिसबल पुगेर शवलाई उद्धार गर्ने प्रयास गरिएको छ। सम्भवत उक्त अज्ञात शव बाघपूल नजिक दुर्घट्नामा वाहनसँगै टिस्टामा पस्ने पर्यटक अथवा चालकको हुनसक्ने अनुमान गरिएको छ।   

No comments:

Post a Comment

Post Bottom Ad