गोरूबथानमा आदिकवि भानुभक्तको सालिग अनावरण; ‘गोरूबथानका युवाहरूले ऐतिहासिक कार्य गरेका छन्’- सुवास सोताङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, July 14, 2019

गोरूबथानमा आदिकवि भानुभक्तको सालिग अनावरण; ‘गोरूबथानका युवाहरूले ऐतिहासिक कार्य गरेका छन्’- सुवास सोताङ


गफसफ.com, कालेबुङ, 14 जुलाई ।
गोरुबथान आदिकवि भानुभक्त आचर्यको सालिग अनावरण गरिएको छ। गोरुबथान युथको आयोजनामा सम्पन्न 205 औँ भानु जयन्ती समारोहना उक्त सालिग अनावरण गरिएको हो। युवा साहित्यकार मुख्य अतिथि रहेको कार्यक्रममा अविरल वर्षाले पनि आदिकवि भानुभक्तको सालिग अनावरण कार्यक्रमलाई रोक्न सकेन। यसक्रममा मानिसहरू उक्त कार्यक्रममा उत्साहका साथ भेला भएका थिए।

पहिलो चरणको कार्यक्रममा सोम्बारे बजार स्थित सेन्ट्रल बैंक नजिक आदिकवि भानुभक्तको सालिग अनावरण गरिएको हो। उक्त सालिग अनावरण पछि विभिन्न संघ संस्थाका प्रतिनिधीवर्ग सँगै व्यक्ति विशेष र विद्यार्थीवर्गके भानुको सालिगमा माल्यर्पण गरेर श्रद्धाञ्जली अर्पण गरे। दोस्रो चरणको कार्यक्रम भने सामुदायिक भवनमा सम्पन्न भएको थियो।
दोस्रो चरणको कार्यक्रममा विद्यार्थीवर्गद्वारा रामायण पाठ, कविता वाचन, सामुहिक गीत, सांस्कृतिक नृत्य आदि सम्पन्न भएको थियो। रूस्तम शर्माद्वारा सञ्चालित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथिका रूपमा उपस्थित सुवास सोताङले आजको दिन गोरूबथानको निम्ति ऐतिहासिक बनेको बताए। ‘गोरूबथानका युवाहरूले एउटा इतिहास लेख्ने काम गरेका छन्। भानुभक्तको सालिग निर्माण एउटा इतिहास हो’ सुवास सोताङले भने। उनले उक्त गरिमामय कार्यको निम्ति आयोजक समितिलाई बधाई दिए। यसक्रममा उनले भानुभक्तको सालिग दाता सञ्जना राई अनि सालिग निर्माणका निम्ति जमिन दाता देवकुमार लामालाई विशेष आभार प्रकट गर्दै उक्त ठाउँलाई भानुचौक नामकरण गर्ने सुझाव समेत दिए।
कार्यक्रममा भानुभक्तको सालिग दाता सञ्जना राई, जमीन दाता देवकुमार लामा, सालिग निर्माणका निम्ति विविध समाग्रीहरू प्रदान गर्नुहुने भीम प्रधानलाई पनि सम्मान जनाइएको थियो। यसका साथै कार्यक्रममा माध्यमिक अनि उच्च माध्यमिक परिक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीवर्गलाई सम्मान जनाइएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad