राष्ट्रिय राजमार्गमा यातायात बन्यो सुचारू; अविरल वर्षाले राजमार्गको यात्रा बन्दैछ जोखिमपूर्ण - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, July 14, 2019

राष्ट्रिय राजमार्गमा यातायात बन्यो सुचारू; अविरल वर्षाले राजमार्गको यात्रा बन्दैछ जोखिमपूर्ण

गफसफ.com, कालेबुङ, 14 जुलाई ।

अविरल वर्षाको कारण विभिन्न ठाउँहरूमा पैह्रो गएको कारण पहाडी क्षेत्रमा जनजीवन अस्तव्यस्त बनेको छ। आज भने धेरै मात्रामा पानी थामिएपछि मानिसहरूले राहतको श्वस फेरेका छन्। यद्यपी राष्ट्रिय राजमार्ग 10 मा यात्रा गर्न भने निक्कै जोखिमपूर्ण बनेको छ। राष्ट्रिय राजमार्ग 10 अन्तर्गत कालिझोडा नजिक पर्ने सेती झोडामा अविरल वर्षाकै कारण माथीबाट पैह्रो सोह्रिएर आएकोले बाटो बन्द भएपछि धेरै यात्रीहरूले समस्या भोग्न परेका थिए। यद्यपी आज भने उक्त बाटो खुल्लै रहेको थियो। यद्यपि अझ पानी परे माथिबाट पैह्रो झर्ने सम्भावना भने रहेको छ।

पैह्रोको कारण बन्द भएको बाटोमा यातायात सुचारू गर्न पीडब्ल्युडी हाइवे डिभिजनले कार्य गरिरहेकै छ। यता सेतीझोडामा पैह्रो सोह्रेर यातायात सुचारू बने पनि अर्कोतर्फ 29 माइलमा पैह्रो झरेको छ। टिस्टा नदीले तलबाट बाटोलाई तानेकै कारण बाटोको लगभग 25 मिटर लामो भाग तल झरेको छ। बाटोको आधा भाग नै भत्केर झरे पनि एउटा वाहन छिर्न सक्ने बाटो भने रहेको छ। जसको कारण बाटो बन्दको समस्या भने भएको छ। तैपनि मुसलधारे पानी परे बाटो झरेर पूर्ण बन्द हुन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ।

No comments:

Post a Comment

Post Bottom Ad