गोरामुमो पार्टीका श्रमिक नेता जेबी तामाङसँगै दुईसय भन्दा धेर समर्थकहरूसँगै गोजमुमो विनय गुटमा सामेल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, July 14, 2019

गोरामुमो पार्टीका श्रमिक नेता जेबी तामाङसँगै दुईसय भन्दा धेर समर्थकहरूसँगै गोजमुमो विनय गुटमा सामेल


गफसफ.com, दार्जीलिङ, 14 जुलाई।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) श्रमिक सङ्गठनका नेता जेबी तामाङले आज आफ्नो दल परिवर्तन गर्दै गोजमुमो (विनय गुट) को झण्डा ग्रहण गरेका छन्। श्रमिक नेता जेबी तामाङ सँगै लगभग दुईसय गोरामुमो समर्थकहरूले पनि पार्टी त्यागेर गोजमुमोको झण्डा ग्रहण गरेका छन्। रङ्बुल सार्वजनिक भवनमा आयोजित एउटा कार्यक्रममा श्रमिक नेता तामाङलाई पार्टीका महासचिव अनित थापाले दलको झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाएका छन्।

यस अवसरमा जेबी तामाङले सांसद राजु विष्टले अहिलेघरी जनताको पक्षमा कार्य गर्नका साटो दार्जीलिङ पहाडबाट दुईलाख भाजपा समर्थकहरू बनाउनुपर्छ भनिरहेको गम्भीर आरोप समेत लगाएका छन्। उनले दार्जीलिङबाट लोकसभा र विधानसभा चुनाउ भारतीय जनता पार्टीका उम्मेद्वार क्रमैले राजु विष्ट र निरज जिम्बाले जिते पनि हिले दार्जीलिङ पहाडमा वर्षाको कारण जताततै पैह्रो गएर आम जनजीवन अस्त-व्यस्त बनिरहेको समयमा उनीहरू जनताको दुखेसो बुझ्न नआएको आरोप रहेको छ।
‘वितेको चुनाउमा चियाश्रमिकहरूका लागि पर्जा-पट्टा दिनुपर्ने, न्यूनत्तम रोजी ऐन लागू गर्ने माग उठाइएको थियो। तर अहिले सांसद राजु विष्टसित यसबारे सोध्दा उनले प्रथम दार्जीलिङ पहाडबाट भाजपाको 2 लाख सदस्य बनाउनुपर्ने कुरा गरिरहेका छन्। के हामीले भाजपाको सदस्य बढाउऩको लागि गत चुनाउमा भाजपालाई जीत दिलाएर पठाएका हौं? भाजपा दार्जीलिङ पहाडको समस्या र मुद्दाबारे अलिकति पनि गम्भीर नरहेको स्पष्ट भएपछि नै मैले गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको साथ छोडेर गोजमुमोको हात समातेको हो’ जेबी तामाङले भने।

No comments:

Post a Comment

Post Bottom Ad