गोजमुमो विमल गुटले गोर्खा रिक्रुटिङ डिपोट (GRD) अनि गोर्खा रिकर्ड अफिस (GRO) बन्द गरिने हल्लाहरूबारे पठायो केन्द्रिय रक्षामन्त्री राजनाथ सिंहलाई पत्र - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, June 25, 2019

गोजमुमो विमल गुटले गोर्खा रिक्रुटिङ डिपोट (GRD) अनि गोर्खा रिकर्ड अफिस (GRO) बन्द गरिने हल्लाहरूबारे पठायो केन्द्रिय रक्षामन्त्री राजनाथ सिंहलाई पत्र

गफसफ.com, दार्जीलिङ, 25 जुन ।
गोर्खा जनमुक्ति मोर्चा (विमल गुट)-ले केन्द्रिय रक्षामन्त्री राजनाथ सिंहलाई पत्रचार गरेर दार्जीलिङ जलपहाड स्थित गोर्खा रिक्रुटिङ डिपोट अनि गोर्खा रिकर्ड अफिसलाई बन्द गर्ने विषयबारे ध्यान आकर्षण गराएको छ। गोजमुमो विमल गुटका भूमिगत नेता रोशन गिरीले लेखेको पत्रमा रक्षा मन्त्रालय अनि आर्मी हेडक्वार्टरले दार्जीलिङ जलपहाडस्थित गोर्खा रिक्रुटिङ डिपोट (GRD) अनि गोर्खा रिकर्ड अफिस (GRO) -लाई बन्द गर्ने निर्णय लिएको छ विश्वसनीय सुत्रबाट थाहा लागेको बताइएको छ। जसको कारण गोर्खा समुदाय लगायत यस क्षेत्रका मानिसहरूले उनिहरूको भावनालाई मन्त्रालयले दबाएको अनुभव गरिरहेको पत्रमा गिरीले उल्लेख गरेका छन्।
File Photo (Roshan Giri and Rajath Singh)
‘गोर्खा रिक्रुटिङ डिपोट देशको एउटा पुरानो मिलिट्री स्थापना हो।  जबदेखि भारतीय सेनामा गोर्खा रेजिमेन्ट स्थापना भयो, तबदेखि नै  गोर्खा रिक्रुटिङ डिपोट, जलपहाडले एउटा महत्वपूर्ण भूमिका निभाएको छ अनि यसले राष्ट्रलाई नै गौरवान्तित गराउने सेना देशलाई दिएको छ। यसरी नै गोर्खा रिकर्ड अफिसले यस क्षेत्रका अधिक भन्दा अधिक सेनाका जवान अनि सेवानिवृत्त सेनाका सदस्यहरूलाई सेवा पुर्याइरहेको छ। यसले यस भेकमा बस्ने सेवानिवृत्त सेनाका सदस्यहरूलाई नोकरीको उपलब्धता पनि गराउंदै आएको छ। यस कार्यालयलाई बन्द गर्दा यसले केवल हाम्रा सेनाका जवानहरूलाई मात्र असुविधा नभएर उनीहरूलाई रिइम्प्लोयमेन्टको अवसरबाट पनि बन्चित गर्नेछ’ रोशन गिरीले लेखेको पत्रमा उल्लेख गरेका छन्।
भारतको जिल्लाहरूमा दार्जीलिङ भारतीय सेनामा अधिकतमरुपमा प्रति व्यक्ति सेवा पुरयाउने अनि सेवानिवृत्त सदस्यहरू भएको स्थान रहेको बताउँदै उनले गोर्खा रिक्रुटिङ डिपोटसँग हाम्रो गहिरो भावनात्मक सम्बन्ध रहिआएको पनि बताएका छन्। सोहिकारण आफुहरूको निम्ति उक्त केन्द्र केवल आर्मी भर्ना गर्ने संस्थान मात्र नभएर आफुहरूको गर्व गर्न सक्ने प्रतिष्ठित सम्पदा समेत रहेको रोशन गिरीले पत्रमा लेखेका छन्। ‘यसैले हामी हाम्रो सम्पदालाई सजिलै बन्द हुन अथवा स्थानान्तरण गर्नदिन चाहदैनौं’ पत्रमा गिरीले लेखेका छन्।
‘यसैले म अनुरोध गर्दछु की, जलपहाडस्थित गोर्खा रिक्रुटिङ डिपोट अनि गोर्खा रिकर्ड अफिसलाई दार्जीलिङबाट अन्यत्र सार्ने कुरालाई पुनर्विचार गरिदिनुहोस अनि यस विषयमा जनताबाट उठ्नसक्ने व्यापक जनविरोधको सम्भावनालाई उठ्न नदिनुहोस’ रोशन गिरीले पत्रमा स्पष्ट लेखेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad