सिन्कोना कमानमा घर भत्काएको घट्नाले पक्र्यो जोर ; विधायक निरज जिम्बाले भने -‘कानुनी प्रक्रिया पालन नगरी घर भत्काउनु नै गैरकानुनी हो’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, June 28, 2019

सिन्कोना कमानमा घर भत्काएको घट्नाले पक्र्यो जोर ; विधायक निरज जिम्बाले भने -‘कानुनी प्रक्रिया पालन नगरी घर भत्काउनु नै गैरकानुनी हो’

गफसफ.com, मङ्पू, 29 जून।
मङ्पू सिन्कोना कमानमा रूपेन छेत्रीको प्रधानमन्त्री आवास योजना अन्तर्गत निर्माणाधीन घर सिन्कोना विभागका सह-व्यवस्थापक वर्णाली विश्वासले कमानका चौकीदार लगायत श्रमिकहरू लगेर भत्काउने कार्य गरेको घट्नाले राजनैतिक रूप धारण गरेको छ। कानुनी नियमलाई ताकमा राखेर कुनै वैधानिक प्रक्रिया अनुसार लिखित सूचना समेत जारी नगरी एकाएक घर भत्काउने कार्य नितान्तै अगणतान्त्रिक र गैरकानुनी रहेको विधायक निरज जिम्बाले बताएका छन्। उनले उक्त घट्नालाई गम्भीरतासँग लिएको बताउँदै विधानसभाको बजेट सत्रमा मौका मिले उठाउने समेत बताएका छन्।
Neeraj Zimba (MLA) -File Photo
‘निर्माणाधीण घर गैरकानुनी थियो भन्ने जुन कुरा छ त्यसको जाँच निश्चय नै हुनेछ। तर त्यसभन्दा अघि जुन घर भत्काउने प्रक्रिया अप्नाइयो त्यो निन्दनीय छ। कानुनी प्रक्रिया पालन नगरी घर भत्काउनु नै वास्तवमा कानुनी अपराध हो। यस्तो कार्यको बिरोध गर्छौँ अनि हामी पीडित पक्षलाई न्याय दिलाउनेछौँ’ विधायक निरज जिम्बाले घट्नाबारे प्रतिक्रिया दिँदै भने।
उनले उक्त घट्नाबारे पूर्व विधायक एन.बी छेत्री मार्फत् बिस्तृत जानकारी प्राप्त गरेको बताउँदै यसबारे सरकारको ध्यानाकर्षण गराउने स्पष्ट पारेका छन्। ‘प्रधानमन्त्री आवास योजना एउटा सरकारी योजना हो। सरकारले पारित गरेको सरकारी योजनाको घर सरकारी अधिकारीले नै कसरी भत्काउन सक्छ। हामी यो विषयमा भारत सरकारसँगको पनि ध्यान आकर्षण गराउँछौँ। यसबारे हाम्रा सांसद राजु विष्टले पनि रिपोर्ट लिएका छन् अनि कानुनलाई पालन नगरी प्रधानमन्त्री आवास योजना घर भत्काएको घट्नाबारे भारत सरकारसमक्ष आव उठाउनेछ’ बिधायक निरज जिम्बाले भने। यसक्रममा उनले दार्जीलिङ जिल्लापालसमक्ष पनि कुराकानी गर्ने अनि सांसदले पनि जिल्लापलसँग कुराकानी गर्ने जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad