सिन्कोना प्रशासनको ताण्डव नृत्य सुरु, गरीबको घर भत्काउन पुग्यो प्रशान : चौतर्फी विरोधपछि हर्कतमा आयो जीटीए, न्याय दिने अनित थापाको बाचा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, June 28, 2019

सिन्कोना प्रशासनको ताण्डव नृत्य सुरु, गरीबको घर भत्काउन पुग्यो प्रशान : चौतर्फी विरोधपछि हर्कतमा आयो जीटीए, न्याय दिने अनित थापाको बाचा

गफसफ.com, मङ्पू २८ जुन।
अवैद्य निर्माणको बहनामा सिन्कोना विभागले निर्माणाधीन एउटा प्रधानमन्त्री आवस योजनाको घर भत्काउने कार्य गरेको छ। घट्ना दार्जीलिङ जिल्ला अधिनस्थ मङ्पू सिन्कोना कमानको सिम्ले धुरामा भएको हो। सिन्कोना निर्देशालय अधिनस्थ मङ्पूर विभागको सिम्ले धुरामा रूपेन छेत्रीको प्रधानमन्त्री आवस योजना मार्फत निर्माण हुँदै आएको घरलाई सिन्कोना विभागका सह-व्यवस्थापक वर्षाली विश्वासले चौकिदारहरू लगेर भत्काउने कार्य गरेकी हुन्। जुन कार्यले एकातिर दीर्घ समयदेखि सिन्कोनाको भूमीमा बस्नेहरूलाई पर्जापट्टा दिलाउने जीटीए प्रशासनले दाबी गरिरहेको छ भने अर्कोतर्फ निर्माणाधीन घर भत्काउने कार्यले कथनी र करणी बेग्ला-बेग्लै हो कि भन्ने प्रश्न खडा गरेको छ।
घरको छप्पर भत्काउँदै सिन्कोना प्रशानका कर्मचारीवर्ग
जुन ठाउँमा हाल प्रधानमन्त्री आवस योजनाको घर बनिन्दैछ त्यहाँ उनको पुरानो टिनले बारेको घर थियो। जीर्ण अवस्थामा रहेको उक्त घरलाई भत्काएर सरकारले प्रधानमन्त्री आवस योजना अन्तर्गत नयाँ घर निर्माण गर्दिने भएपछि उनको पुरानो घर भत्काएर नयाँ घर निर्माण सुरु गरिएको हो।
घरको छप्पर भत्काइसकेपछि पीडित रूपेन छेत्री

पिताको मृत्युपछि एकलै बस्दै आएका रूपेन छेत्रीको प्रधानमन्त्री आवस योजना मार्फत घर निर्माण कार्य आरम्भ भएपछि खुशी थिए। तर त्यो उनको खुशी घर निर्माण कार्य पूरा हुन नपाई भत्किन पुग्यो। जब सिन्कोना विभागका सह व्यवस्थापक वर्णाली विश्वास उक्त निर्माणाधीन घर अवैद्य हो भन्दै कमानका चौकिदारहरू लिएर भत्काउन पुगिन्। उनले घर भत्काउन अघि त्यस घरका मालिक रूपेन छेत्रीलाई लिखित भत्काउने आदेश दिन समेत महत्वपूर्ण ठानेनन्। बरू उल्टै जेसीभी मगाएर घर भत्काउने हतारो देखाउन पछि नपरेको पीडित रूपेन छेत्रीसँगै प्रत्यक्षदर्शीहरूले बताएका छन्।
घर भत्काउन थिएन न्यायालयको आदेश
अवैद्य निर्माण भनिएको घर भत्काउन जब सह व्यवस्थापक पीडत रूपेन छेत्रीको घरमा पुगिन् त्यसबेला उनीसँग कुनै न्यायालयको आदेश पत्र समेत थिएन। यतिसम्म कि उनले घर भत्काउने आदेश त होइन भत्काउन अघि पीडित परिवारलाई लिखित कुनै सूचना समेत दिएन। जसको कारण सिन्कोना प्रशासनको कार्य शैली प्रति प्रश्न खडा भएको छ। यसक्रममा सह व्यवस्थापक विश्वासले घर भत्काउनलाई लिखित सूचना दिनुको साटो उल्टै आफु एक अधिकारी भएको दम्भमा घर भत्काएरै छाड्ने जिद्दीमा थिइन्। यसक्रममा एक गरीबको निर्माणाधीन घर भत्काउन पुगेकी सह व्यवस्थापकसँग न्यायालयको आदेश पत्र त कुरै छाडौँ सिन्कोना निर्देशालय अथवमा मङ्पू सिन्कोना व्यवस्थापक मुख्यालयको आदेश पत्र समेत थिएन।
सुनेन अधिकारीले गरीबको विलाप
आफ्नो निर्माणाधीन घर भत्काउन आएपछी निराश बनेका रूपेन छेत्रीले सह व्यवस्थापकलाई अनुनय बिनय गरेकै हुन् तर उनले उक्त अनुनय विनय सुन्ने फुर्सद समेत निकालिनन्। बरू उल्टै उनले जेसीभी मगाएर सम्पूर्ण घर तोडिदिने चेतावनी दिएको पीडितले बताए। "मेरो घर ईलिगल हो भन्दै चौकिदारहरू लिएर म्याडाम आइन्। मैले अनुरोध पनि गरे। गाउँका सबैले अनुरोध पनि गर्दिए तर उनले भत्काउने नै भनिन्। हामी गरीबको कुरा उनीहरूले कहाँ सुन्ने" पीडित रूपेन छेत्रीले भने। उनले घर भत्काउन अघि कुनै लिखित आदेश नदिएको बताउँदै "के यसरी कसैको घर बिना आदेश भत्काउन पाउँछ?" उनले प्रश्न गरे।
यता उक्त घट्नाको चारैतिर हल्ला फैलिएपछि मङ्पू सिन्कोनाबगानबासीमा व्यापक आलोचना सुरु भएको छ। अङ्ग्रेजकालिन सिन्कोना कमानमा कुनै अधिकारीले यसरी ग्गर भत्काउने कार्य गरेको पहिलो घट्ना रहेको बुढापाका मानिसहरूले बताएका छन्। उक्त घट्नापछि यता घर भत्काउन पुग्ने सह-व्यवस्थापकसँग फोनमा सम्पर्क गरेर बुझ्न चाहँदा उनले फोन उठाइनन् भने यता सिन्कोना निर्देशक अनि व्यवस्थापकसँग समेत सम्पर्क हुन सकेन।
चौतर्फी विरोध पछि जीटीए हर्कतमा; जाँचको आदेश जारी
सिन्कोना अधिकारीले एक गरीबको घर भत्काएको घट्नाले सामाजिक सञ्जालमा जोड पक्रेपछी जीटीए बोर्ड अध्य अनित थापाले प्रेस बिज्ञापति जारी गरेर घट्नाको जाँज गर्ने अनि तत्काल भत्काउन समेत रोक लगाएको स्पष्टीकरण दिएका छन्। यद्यपी उनले उक्त निर्माणाधीण घर अवैद्य रहेको बताउँदै घट्नाबारे जाँच गरिरहेको बताएका छन्।

‘हालमा फेसबूक तथा विभिन्न सामाजिक सञ्जालहरूमा सिन्कोना विभागको तर्फबाट एउटा गैर कानूनी रूपमा बनिरहेको घर भत्काइएको विषयमा निक्कै चर्चा भइरहेको छ। पहाडको कुनै पनि मानिसहरू प्रशासनिक वा राजनैतिकरूपमा प्रताडित नबनोस् भन्ने हाम्रो पनि ध्येय रहेको छ। यसैले हामीले हिजोदेखि नै उक्त घटनाबारे जाँच पडताल गरिरहेका छौं’ जीटीए बोर्ड अध्यक्ष अनित थापाले भनेका छन्।
उनले हाल आफु पैह्रोग्रस्त क्षेत्रहरूको भ्रमणम रहेको भन्दै भोलि मङ्पू आएर घट्नाको वास्तविक कुरा बुझ्ने पनि बताएका छन्। यसक्रममा उनले आफु निमुखा जनताको पक्षमा रहेको भन्दै घट्नाबारे सिन्कोना प्रबन्धकसँग कुराकानी गरेको पनि प्रेस बिज्ञप्तिमा बताएका छन्। ‘भोलि म स्वयं मङ्पूको भ्रमणमा आएर उक्त क्षेत्रको निरीक्षण गरी सही कुरा बुझ्नेछु। कुनै पनि गरीब निमुखामाथि यदि अन्याय, अत्याचार हुन्छ भने म सदैव गरीब निमुखाको पक्षमा उभिएको हुनेछु’ अनित थापाले भनेका छन्।
यसक्रममा थापाले यदि पीडित परिवारलाई  साँच्चै अन्याय भएको छ भने आफुले घर पुननिर्माणको आदेश दिने पनि स्पष्ट पारेका छन्। ‘यदि घर मालिकलाई साच्चै अन्याय भएको छ भने म स्वयं उपस्थित रहेर उक्त घर पुनर्निमाण गर्ने आदेश पनि दिएको हुनेछु। किनभने दार्जीलिगङ पहाडको गरीब निमुखा मानिसहरूको सुरक्षा गर्ने जिम्मेवारी हाम्रो हो र हामी यो जिम्मेवारीदेखि १ इञ्च पनि पछि हट्नेछैनौं’ अनित थापाले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad