बीपी दाइ काका भूत होइन तर कालो भूत - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, June 29, 2019

बीपी दाइ काका भूत होइन तर कालो भूत

    विचार/राजनीति____________________________________सचिन चामलिङ राई   

बीपी दाइले काका भूत काका भूत भनेपछि TheWire  ThePrint पोर्टल पढ़े। काका भूत होइन रहेछ कालो भूत पो रहेछ।


अहिले असममा राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी) को प्रक्रिया चलिरहेको छ। असममा सर्वानन्द सोनोवाल नेतृत्वाधीन भाजपाको सरकार छ। सर्वोच्च न्यायालयको निरीक्षणमा तथा संयोजक प्रतीक हाजेलाको दायित्वमा चलेको एनआरसी प्रक्रियाले गोर्खाहरूको भारतभूमिमा चिन्हारी कति सुदृढ़ गरायो त? जनसङ्ख्याको हिसाबले सर्वाधिक गोर्खा बसोवास गर्ने असम राज्यमा चलिरहेको नागरिक पञ्जीकरणको प्रक्रियाले मेरो अघि जन्माएको पहिलो प्रश्न नै यही हो। जोयल राईको असम डी भोटर्स विषयक लेखले पनि मलाई पहिलोचोटि असमतर्फ आकर्षित गराएकै हो। अहिले बुझ्दैछु असममा गोर्खाहरूलाई पहिले डी भोटर्स र अहिले एनआरसी नामक कालो भूतले सताएको छ।

भारतका स्वतन्त्रता सङ्ग्रामी छविलाल उपाध्यायकी नातिनी मञ्जु देवी(उपाध्याय) अनि तिनका सन्तानहरूलाई राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी) सूचीमा अयोग्य ठहर गराइएको छ। कारण मञ्जु देवी डी(डाउटफूल) भोटर्स हुन्। बाजे देशको स्वतन्त्रता सङ्ग्रामी अनि नातिनी डाउटफूल भोटर्स? संसद र विधानसभामा यसबारे ताल ठोकेर प्रश्न गर्न सक्ने कसले

अनेकौँ गोर्खाहरूलाई बङ्गलादेशको विशेष भूभागबाट भित्रिएका बताउँदै एनआरसीमा अयोग्य ठहर गराइएको समाचार पनि थियो। भाजपाको पहिलो कार्यकालमा रक्षामन्त्री राजनाथ सिंहको मन्तव्य थियो- "तर गोर्खाहरू अवैध अनुप्रवेशकारी होइनन्।" रक्षामन्त्री राजनाथ सिंहले 1950 मैत्री सन्धि वमोजिम हामीलाई नेपालबाट भित्रिएका मानिसहरू हुन् नै भनिएको बुझिन्छ। नत्र असमका गोर्खाहरूको डी भोटर्स सम्बन्धमा मन्त्रीको प्रस्ट र सोझो मन्तव्य आउनु आवश्यक थियो। तर आएन। गोर्खाहरूलाई डी भोटर्सको सूचीमा हुल्नेहरूलाई रक्षामन्त्रीले कड़ा सन्देश दिनुपर्ने त। तर खोई त्यो सन्देश?

प्रफुल्ल कुमार महन्तले नेतृत्व गरेका अल असम स्टुडेण्ट युनियन (आसु) को आन्दोलनमा होम्मिएकी बैजन्ती भट्टराई (देवी) पहिलो महिला शहीद बनिन्। असम गण परिषदको नेतृत्वाधीन सरकारमा मुख्यमन्त्री बनेपछि स्वयम् प्रफुल्ल कुमार महन्तले बैजन्ती देवी भट्टराईलाई असम आन्दोलनकी पहिलो महिला शहीद घोषणा गरेका हुन्। अहिले तिनै शहीद बैजन्ती देवीका भाइ एनआरसी सूचीमा अयोग्य ठहर बनेका छन्। दिदी असम आन्दोलनकी पहिलो महिला शहीद अनि तिनकै भाइ एनआरसी अर्थात भारतीय नागरिकमा अयोग्य ठहर। भाजपाको कालो भूत। होइन र?

लीलबहादुर क्षत्रीको ब्रह्मपुत्र छेउछाउ र ध्रुवचन्द्र गौतमको अलिखित उपन्यास आख्यान मात्र होइनन्, गोर्खाहरूले असममा गरेका सङ्घर्षको जिउँदो जाग्दो इतिहास हुन्। तर साहित्य र सामाजिक कर्मीहरूमाथि नै धावा बोलेपछि नि त! असम नेपाली साहित्य सभा (अनेसास) सभापति दुर्गा खतिवड़ा एनआरसीको अतिरिक्त मस्यौदा(जसमा एनआरसीका लागि अयोग्य ठहर हुनेहरूको नाम अन्तर्भुक्त गरिन्छ)मा सामेल भएका छन्। प्रथमचोटि एनआरसी प्रकाशित हुँदा सूचीमा दुर्गा खतिवड़ाको नाम सामेल थियो। तर अतिरिक्त मस्यौदा प्रकाशित हुँदा नेपाली साहित्य अनुवाद विधामा अकादमी पुरस्कार समेत प्राप्त गरिसकेका साहित्यिक सामाजिक कर्मी खतिवड़ालाई एनआरसीमा अयोग्य ठहर गरिछोड्यो। कुन उद्देश्य र लक्ष्यले? यस्ता ठूला व्यक्तित्वको हालत यस्तो छ त आम गोर्खे नागरिकहरू अवस्था कस्तो होला? असमका गोर्खाजनमा कालो भूतको त्रास जन्मोस् पो हो कि!  देशमा 50, 60, 70 वर्षदेखि रहँदै आएका तर प्रामाणिक कागजात नरहेका खाँटी नागरिकहरूलाई पनि नरकतुल्य डिटेन्सन क्याम्पमा हुलेर कालो भूत देखाउनु कति भयङ्कर दुस्वप्न हो? विचार गर्नुहोला।

आग्सुसित समन्वय बनाउँदै काम गर्दै आइरहेको आसु र एब्सुमाथि नै पनि जताभावी एनआरसीमा अन्तर्भुक्त गोर्खाहरू विरुद्ध आपत्ति गरेको आरोप छ। त्रासको कालो भूत जन्माउने प्रक्रिया होइनन् यी सबै? महुआ मैत्रले बताएकी यही त हो कालो भूत। महुआ मैत्र एनआरसी र सिटिजनसिप एमेन्डमेन्ट बिलमाथि बोल्दै थिइन्। 

हो महुआ मैत्र तृणमूलकै सांसद हुन्। तृणमूलले बङ्गालका गोर्खाहरूमाथि गरेको उत्पीड़न र असंवैधानिक कारवाहीलाई नकार्न सकिन्न। लगभग लगभग पहाड़मा विजयको पताका फहऱ्याउन सकेको तृणमूलको अहङ्कार तथा बङ्गालको सत्ताधारी दलको समावेशी बन्न नजान्ने एकोहोरोपनले नै त कङ्ग्रेस, वामफ्रण्ट अनि त्यसपछि तृणमूल पनि पराजयको कगारमा पुगेको छ। बङ्गालमा सबै सत्ताधारी हेरिसकेको हुनाले न मलाई हर्ष छ, न त विस्मात। सबै एउटै हो भन्ने पारिभाषिक चेत बोकेको छु।

यद्यपि मिठो लाग्ने कथा सुनाउँदा सुनाउँदै हराइजाने वेताल भाजपालाई बारम्बार र जबरजस्ती पिठ्युँमा बोकेर कथा मात्र सुन्न चाहने अदम्य हाम्रो उर्जा र सामर्थ्यसित भने उकुसमुकुस छु। 

14 जुलाई 2015 को दिन प्रसारित TEDex कार्यक्रममा इङ्ग्ल्याण्डले 190 साल भारतमा औपनिवेश चलाएको कारण ब्रिटिसले भारतलाई हर्जाना भर्नुपर्ने विषयमा शशी थरूरले राखेको तर्क भायरल बन्यो। तर्क अपच्य बनेको ब्रिटिसहरू नाना थरीका प्रसङ्ग र तर्कहरू लिएर अघि आए तर आफ्नै तर्क र प्रसङ्गहरूले आफै असफल बने। शशी थरूरले एकैजनालाई पनि प्रत्युत्तर दिएनन्। भारतीय प्रसङ्गमा थरूरको उक्त तर्क ऐतिहासिक थियो अनि रहिरहनेछ। समावेशी अवधारणा अँगाल्न नसक्ने तृणमूललाई भारतीय राजनैतिक इतिहासले स्मरण नगरे पनि वर्तमान परिप्रेक्ष्यमा महुआ मैत्रको लोकसभालाई यो सम्बोधन सर्वदा स्मरण गरिने नै छ। तपाईको टेलिभिजनमा तर्क गर्ने चुनौती त हावा।

सिटिजनसिप एमेण्डमेण्ट बिलले त्यही भूटानबाट खेदिएका गोर्खाहरूलाई समेट्दैन। खुशी मनाउनुहोस्।

बीपी दाइ सबैको आ-आफ्नै कालो भूत। ममता समेवेशी बनिनन् तर महुआ मैत्रले देखेकी कालो भूत ठूलो छ!!!

मुद्दामा स्वागत छ BP दाइ

No comments:

Post a Comment

Post Bottom Ad