कालेबुङमा जिल्ला गठनपछि अब लाभा अनि पेदोङ खण्ड विकास क्षेत्र निर्माण हुने विभागीय प्रक्रिया सुरु - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, June 7, 2019

कालेबुङमा जिल्ला गठनपछि अब लाभा अनि पेदोङ खण्ड विकास क्षेत्र निर्माण हुने विभागीय प्रक्रिया सुरु

गफसफ.com, कालेबुङ, 8 जुन ।
कालेबुङ जिल्ला गठनपछि अब खण्ड विकास क्षेत्रको बढोत्तरी गर्न पश्चिम बङ्गाल सरकारले आधिकारिक पहल सुरु गरेको छ। कालेबुङ जिल्लाको कालेबुङ खण्ड-2 (अलगडा खण्ड) लाई विभाजन गरेर लाभा अनि पेदोङ खण्ड विकास क्षेत्रको निर्माण गर्ने आधिकारिक पत्र पश्चिम बङ्गाल सरकारको पक्षबाट विशेष सचिवले जारी गरेका छन्।

गत 6 जुन 2019 बिहिबारका दिन जारी गरिएको पत्र सङ्ख्या (No.3929/PN/O/I/1P-24/2017,  Dated: 06/06/2019) मा कालेबुङ जिल्ला अधिनस्थ रहेको कालेबुङ -2 खण्ड विकास क्षेत्रलाई लाभा अनि पेदोङ खण्ड विकासको रूपमा स्थापित गरिने कुरा स्पष्ट लेखिएको छ।

पश्चिम बङ्गाल सरकारको पक्षबाट विशेष सचिव दिबयेन्दु दासद्वारा जारी पत्रमा लभा अनि पेदोङ खण्ड विकास क्षेत्रको निर्माणको निम्ति कालेबुङ जिल्लापाल, अतिरिक्त जिल्लापाल अनि पञ्चायत अनि ग्रामीण विकास विभागका अधिकारीवर्गलाई उचित कार्वाही गर्ने दिशा निर्देश पनि दिइएको छ।
स्मरण रहोस, हाल कालेबुङ जिल्ला अधिनस्थ तीनवटा खण्ड विकास क्षेत्रहरू क्रमैले कालेबुङ-1 खण्ड विकास क्षेत्र, कालेबुङ खण्ड-2 विकास क्षेत्र अनि गोरुबथान खण्ड विकास क्षेत्र रहेका छन्। तीनवटा खण्ड विकास क्षेत्रमा मोठ जनसङ्ख्या 2 लाख 51 हजार 6 सय 42 जना रहेको छ। मोठ 1075.92 वर्ग क्षेत्रफलमा फैलिएको कालेबुङ जिल्ला अधिनस्थ तीनवटा पुलिस थाना अवस्थित रहेको छ भने एउटा नगरपालिका क्षेत्र रहेको छ।

No comments:

Post a Comment

Post Bottom Ad