‘आप्पा’ – फिल्मको ‘हावा सरर...’ मेण्डोलिनको धुनमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, June 7, 2019

‘आप्पा’ – फिल्मको ‘हावा सरर...’ मेण्डोलिनको धुनमा

गफसफ.com, कालेबुङ, 7 जुन । 
नेपाली कथानक चलचित्र “आप्पा”-आगामी 28 जुनका दिन भारत अनि नेपालका सिनेमाघरहरूमा सार्वजनिक हुने भएको छ। चर्चित कलाकार दयाहाङ राई ‘आप्पा’-को भूमिकामा देखिएको फिल्मको ‘हावा सरर’ गीत अघिबाटै सार्वजनिक भइसकेको छ भने उक्त गीतलाई युट्युबमा एक मिलियन भन्दा धेर मानिसहरूले हेरिसकेका छन्।
युवा निर्देशक अन्मोल गुरुङको निर्देशनमा निर्माण भएको उक्त आप्पा चलचित्रको ‘हावा सरर..’ गीतलाई थुप्देन भोटीया अनि स्नेहश्री थापाले स्वर दिएकी छन्। सोहि चर्चित गीतलाई फिल्म सार्वजनिक हुन अघि कालेबुङका युवा कलाकार दासाङ योल्मोले मेण्डोलिनमा धुन भरेर सार्वजनिक छन्। ‘यो हावा सरर... सरर.. सरर चल्दैछ’ गीतको शब्दहरूलाई दासाङ योल्मोले आफ्नो मेण्डोलिनको धुनमा भरेर दर्शकहरू समक्ष प्रस्तुत गरेका छन्। जुन गीत मन पराउनेहरूले निश्चय नै मेण्डोलिनको धुनमा समेत निश्चय नै मन पराउनेछन्।
अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त व्यानरमा निर्माण भएको उक्त फिल्ममा चर्चित निर्देशक तुलसी घिमिरे, अरूणा कार्की समेतले अभिनय गरेका छन्। यसका साथै फिल्मको मुख्य भूमिकाम कालेबुङकै युवा कलाकार सिद्धान्तराज तामाङ अनि अल्लोना काबोले हिरो-हिरोइनका रूपमा डेब्यु गरिरहेका छन्।
युवा निर्देशक अन्मोल गुरुङको निर्देशनमा निर्माण भएको उक्त फिल्ममा अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद रहेको छ। यसका साथै शैलेन्द्र डि. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन फिल्ममा रहेको छ।
हावा सरर.... हेर्नुहोस् मेण्डोलिनको धुनमा 

2 comments:

Post Bottom Ad