दार्जीलिङ नगरपालिकाका 17 जना नगरपार्षदहरू भाजपामा सामेल; ‘दार्जीलिङ नगरपालिकामा अब भाजपा बहुमतमा छ’ - मुकुल रोय - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, June 8, 2019

दार्जीलिङ नगरपालिकाका 17 जना नगरपार्षदहरू भाजपामा सामेल; ‘दार्जीलिङ नगरपालिकामा अब भाजपा बहुमतमा छ’ - मुकुल रोय

गफसफ.com, नयाँ दिल्ली, 8 जुन ।
दार्जीलिङ नगरपालिका बोर्डका 17 जना नगरपार्षदहरू भारतीय जनता पार्टीमा सामेल भएका छन्। आज उक्त 17 जना नगरपार्षदहरूले दिल्लीमा भारतीय जनता पार्टीका महासचिव कैलाश विजयवर्गीय, मुकुल रोय सांसद राजु विष्टको बाहुलीबाट भारतीय जनता पार्टीको झण्डा ग्रहण गरेका हुन्। यस अवसरमा दार्जीलिङ नगरपालिका बोर्डमा अब भारतीय जनता पार्टी बहुमतमा आएको मुकुल रोयले पत्रकारहरूलाई बताएका छन्।

गोर्खा जनमुक्ति मोर्चा (विनय तामाङ गुट) को कब्जामा रहेको दार्जीलिङ नगरपालिका बोर्डका 17 जना नगरपार्षदहरूले केहि दिन अघि मात्रै वर्तमान बोर्ड अध्यक्ष विरुद्ध अविश्वास प्रस्ताव ल्याउनका निम्ति विशेष सभा आयोजनाको माग गर्दै ज्ञापन सुम्पिएको थियो। त्यसै समयदेखि चर्चामा रहेको दार्जीलिङ नगरपालिका बोर्डका 17 जना नगरपार्षदहरूले आखिरमा आज दिल्लीमा भारतीय जनता पार्टीको झण्डा ग्रहण गरेको हो।
गत 23 मईका दिन लोकसभा अनि विधानसभा उपचुनावमा भारतीय जनता पार्टीले दार्जीलिङ आसनबाट जोडदार जीत दर्ता गरेपछि दार्जीलिङको राजनीतिमा समेत व्यापक खैला बैला मच्चिएको छ। चुनाव परिणामपछि दार्जीलिङ नगरपालिका बोर्डमा आधिपत्य जमाउन गोजमुमो विमल गुट अनि गोरामुमो पार्टी समेत सक्रिय बनेको आरोप प्रत्यारोप समेत लागेको थियो भने आखिरमा 17 जना नगरपार्षदहरूले सोझै भाजपाको झण्डा ग्रहण गरेका छन्।
यस अवसरमा भाजपा नेता मुकुल रोयले पत्रकारहरूलाई सम्बोधन गर्दै दार्जीलिङमा गणतन्त्र नरहेको आरोप लगाउँदै दार्जीलिङ नगरपालिका अब भाजपाको कब्जामा आएको बताए। ‘17 जना नगरपार्षदहरू भाजपाको पक्षमा सामेत बनेपछि अब हाम्रो बहुमत बनिएको छ’ मुकुल रोयले भने।
यसैक्रममा भाजपा राष्ट्रिय महासचिव कैलाश विजयवर्गीयले पनि चुनाव परिणाम पछि बङ्गालमा मुख्यमन्त्री ममता ब्यानर्जीले सन्तुलन हराएको आरोप लगाउँदै दार्जीलिङ पहाडमा पुलिसी अत्याचार बडीरहेको आरोप लगाए। जसको कारण दार्जीलिङका नगरपार्षदहरू दिल्लीमा आएर भाजपामा सामेल हुन परिरहेको दाबी गरे।
यता दार्जीलिङका सांसद राजु विष्टले दार्जीलिङमा पुलिसी अत्याचार दैनिक बडीरहेको भन्दै अब भाजपाले दार्जीलिङ नगरपालिका पछि कालेबुङ मिरिक नगरपालिकामा पनि आफ्नो कब्जा जमाउने दाबी गरेका छन्। 

No comments:

Post a Comment

Post Bottom Ad