चुनाव हारे पनि जनहितमा कार्य गर्न गोजमुमो (विनय गुट) तत्पर ; कालेबुङमा तीनवटा महकुमा र बिजनबारीलाई महकुमा बनाउन चाँढै प्रशासनिक वैठक हुने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, June 6, 2019

चुनाव हारे पनि जनहितमा कार्य गर्न गोजमुमो (विनय गुट) तत्पर ; कालेबुङमा तीनवटा महकुमा र बिजनबारीलाई महकुमा बनाउन चाँढै प्रशासनिक वैठक हुने

गफसफ.com, दार्जीलिङ, 6 जुन ।
लोकसभा अनि विधानसभा उपचुनावमा पराजित बने पनि जनतालाई गरेको बाचा पुरा गर्न गोजमुमो (विनय तामाङ गुट) सक्रिय रहेको छ। यसैक्रममा वितेको चुनावमा चियाश्रमिकवर्गप्रति गरेका बाचा, सिन्कोना कमानका समस्याहरू समाधान गर्न गोजमुमो पार्टी लागिपरेको छ। यसका साथै कालेबुङ जिल्लामा तीनवटा महकुमा गठन, दार्जीलिङ जिल्लाको बिजनबारीलाई महकुमाको मान्यता दिलाउन साथै दार्जीलिङ नगरपालिकालाई नगरनिगमको मान्यता, सोनादा र सुकिया पोखरीलाई नगरपालिकाको दर्जा दिलाउनका निमित्त पश्चिम बङ्गाल सरकारका सम्बन्धित विभागहरू, जीटीए,  गोजमुमो र  तृणमुल काङ्ग्रेस पार्टीको चाडै नै आधिकारिक प्रशासनिक वैठक हुने तय भएको गोजमुमो पार्टीका अध्यक्ष विनय तामाङले जानकारी गराएका छन्। उनले आज एक प्रेस बिज्ञप्ति जारी गरेर उक्त कुराको जानकारी गराएका हुन्।
File Photo
यसबाहेक डी आई फण्ड एवं डेभलपमेन्ट एरिया,  फरेष्ट बस्ती अनि दलितपत्र आदिको समस्याहरूको समाधानार्थ पनि प्रशासनिक पहल चाडै नै गर्ने उनले बताएका छन्। यसका साथै विगतमा दार्जीलिङ जिल्लापाल कार्यालयबाट  दार्जीलिङ पहाडको होटल अनि रिसोर्टहरूमा लगाइएको सराई एक्ट अब पहाडमा लागु  नहुने पनि उनले स्पष्ट पारेका छन्। जसको निम्ति आधिकारिक अध्यादेश दार्जीलिङ जिल्लापाल कार्यालयबाट चाँडै नै जारी गरिने विनय तामाङले बताएका छन्।
‘हालैको लोकसभा अनि विधानसभा चुनावमा हाम्रो जनताले हामीलाई मत नदिएतापनि हामी पहाड कै छोराहरू भएकोले नाताले हामीले हाम्रो पहाड र पहाडबासीको सेवा गर्नु सौभाग्य सम्झन्छौ’ विनय तामाङले अझ भनेका छन् –‘राज्य सरकारसित रहेर हामी पहाडको विविध समस्याहरूको समाधान गर्न हामी कटिबद्ध छौं ।’
यसका साथै उनले पहाडबासीको हरेक समस्याहरूको समाधान गरेर आफुहरूको कर्तव्य र जिम्मेवारी निभाउने पनि तामाङले बाचा गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad