कतारलाई पराजित गरेर लियोनल मेस्सीको टोलि अजेन्टिना कोपा अमेरिका फुटबलको क्वाटर फाइनलमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, June 24, 2019

कतारलाई पराजित गरेर लियोनल मेस्सीको टोलि अजेन्टिना कोपा अमेरिका फुटबलको क्वाटर फाइनलमा

गफसफ.com, एजेन्सी, 24 जुन ।
आखिरमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको क्वाटर फाइनलमा स्थान बनाएको छ। सोम्बार बिहान भएको समुह चरणको अन्तिम खेलमा अजेन्टिनाले कतारलाई 2-0 ले पराजित गरेर क्वाटर फाइनलमा आफ्नो स्थान सुरक्षित बनाउन अक्षम भएको हो। समुहर चरणको अन्तिम खेलमा अर्जेन्टिनाले कतारलाई पराजित गरेर आफ्नो झोलीमा मोठ 4 अङ्कट बटुल्दै समुह चरणको उपबिजेता बनेको हो।

कुनै पनि अवस्थामा जित्नै पर्ने खेलमा अजेन्टिनाका खेलाडीहरूले आफ्नो ज्यान दिएर मैदानमा उत्रिएका थिए। यसक्रमा खेलको चार मिनट नबित्दानै अर्जेन्टिनाले गोल गरेर बढत बनाएको थियो। अर्जेन्टिनाका खेलाडी लौटारो मार्टिनेजले खेल सुरु भएको चार मिनटमा गोल गर्दै अर्जेन्टिनाको उत्साह बढाएका थिए । त्यसपछि दोस्रो गोलको निम्ति भने अर्जेन्टिनाले 82 मिनटसम्म मैदानमा संघर्ष गर्न पर्‍यो।
खेलको ८२औं मिनेटमा सर्जियो एग्युरोले गोल गर्दै अर्जेन्टिनाको जित पक्का बनाएका हुन्। । सर्जियोले पाउलो डिबालाको पासमा उत्कृष्ट गोल गरेका थिए । सन् २०२२ को विश्वकप आयोजक एसियाली टोली कतारलाई आमन्त्रण टोलीको रुपमा कोपामा सहभागी गराईएको हो । यस अवसरमा कतारले पनि खेलको मैदानमा अर्जेन्टिनालाई कडा टक्कर दिएपनि निर्धारित समयसम्म पनि कुनै गोल फर्काउन भने सकेन । जसको कारण पराजय बन्दै समुह चरणबाटै बाहिरिन परेको छ।
कोपा अमेरिका फुटबल टुर्नामेन्टको सुरुआत नै हारबाट गर्ने अर्जेन्टिनाको यात्रा निक्कै कठिन देखिएको छ। स्टार खेलाडी लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले भनेजस्तो अहिलेसम्म मैदानमा लय बनाउन सकेको छैन। जसको कारण खेलको अधिकांश समय आफ्नो पक्षमा बल राख्न सके पनि अर्जेन्टिनाका खेलाडीहरूले उक्त बललाई गोलमा भने परिणत गर्न सकिरहेको छैन। जसको कारण अर्जेन्टिनालाई दोस्रो चरणको यात्रामा अझै कडा चुनौतिहरूको सामना गर्नुपर्नेछ।

No comments:

Post a Comment

Post Bottom Ad