पूल भत्केको घट्नाले पश्चिम बङ्गाल सरकारले आधारभूत सुविधा समेत दिन नसकेको स्पष्ट भएको छ – सांसद राजु विष्ट - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, June 24, 2019

पूल भत्केको घट्नाले पश्चिम बङ्गाल सरकारले आधारभूत सुविधा समेत दिन नसकेको स्पष्ट भएको छ – सांसद राजु विष्ट

गफसफ.com, कालेबुङ, 24 जुन ।
कालेबुङ जिल्लाको मुङपेलमा भएको पूल दुर्घटनामा परेर ज्यान गुमाउनेहरू प्रति दार्जीलिङ लोकसभा क्षेत्रका सांसद राजु विष्टले समवेदना प्रकट गरेका छन्। सांसद बिष्टले एक प्रेस बिज्ञप्ती जारी गरेर उत दुर्घट्नाप्रति सम्वेदना प्रकट गर्दै पश्चिम बङ्गाल सरकार प्रति कटाक्ष गर्न पनि पछि परेनन्।

‘यस पूल दुर्घट्नाले हाम्रो क्षेत्रमा पश्चिम बङ्गाल सरकारले भारत स्वाधीन भएको 72 वर्ष पुग्दा समेत मूलभूत सुविधा समेत दिन सकेको छैन भन्ने कुराको उजागर भएको छ’ सांसद राजु विष्टले भनेका छन्। उनले ग्रामीण क्षेत्रहरूमा अधिकांश निर्माण भएका पूर्वधारहरू सबै अङ्ग्रेजकालिन रहेको भन्दै पश्चिम बङ्गाल सरकराले मूलभूत सुविधाहरू समेत मानिसहरू दिन नसकिरहेको आरोप लगाएका छन्।
यसक्रममा उनले उक्त दुर्घाट्नबारे कालेबुङका जिल्लापलसँग कुराकानी गरेर विस्तृत रिपोर्ट समेत मागेको बिज्ञप्तिमा बताएका छन्। यसक्रममा उनले जिल्ला प्रशासनले उक्त पूल मरमती गर्ने जिम्मेवारी रहेको भन्दै उक्त जिम्मेवारी पूरा नगर्दा नै दुर्घट्ना भएको आरोप लगाएका छन्। यसक्रममा उनले जिल्ला प्रशासन अनि जीटीए बोर्डलाई मृतकहरूको निम्ति उचित क्षतिपुर्ती दिनुपर्ने माग समेत गरेका छन्। यसका साथै घाइतेहरूको उचित उपचार हुनपर्ने पनि माग गरेका छन्।
यसक्रममा सांसद बिष्टले उक्त दुर्घट्नामा परेर प्राण गुमाउनेहरू प्रति श्रद्दाञ्जली अर्पण गर्दै घाइतेहरूको सुस्वास्थ्यको कामना पनि गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad