कोपा अमेरिका फुटबल : अर्जेन्टिना पराजित आयोजक ब्राजिलको बिजयी सुरुआत - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, June 15, 2019

कोपा अमेरिका फुटबल : अर्जेन्टिना पराजित आयोजक ब्राजिलको बिजयी सुरुआत

गफसफ.com, एजेन्सी, 16 जुन ।
कोपा अमेरिका फुटबलमा आयोजक देश ब्राजिलले बिजयी सुरुआत गरेको छ। उद्घाटन खेलमा आयोजक देश ब्राजिलले बोलिभियालाई ३० गोल अन्तरले पराजित गर्दै बिजयी सुरुआत गरेको हो। यता खिताबको बलियो दावेदार मानिने अर्जेन्टिना भने पहिलो खेलमा नै पराजित भएको छ। जसको कारण कप्तान लियोनल मेस्सीको टोलि अर्जेन्टिना दबावमा परेका छन्।
उपाधि दाबेदार टिम अर्जेन्टिना पहिलो खेलमै पराजित भएको हो । आइतबार बिहान भएको खेलमा अर्जेन्टिनालाई कोलम्बियाले २० गोल अन्तरले हराएको हो । एरिना नोभा स्टेडियममा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी खेलेको कोलम्बियाले दोस्रो हाफमा भने दुई गोल गर्न सफल भयो । जसको कारण अर्जेन्टिनाले हारको स्वाद चाख्नु परेको हो। कोलम्बियाका लागि डुजापटा र रोजर मार्टिनेजले समान एकएक गोल गरेर टोलिलाई बिजयी सुरुआत दिलाएका छन्।
खेल सुरु भएको ७१ औँ मिनेटमा मार्टिनेजले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाए । अर्जेन्टिना खेलाडीहरूमे मैदानमा आधिपत्य जमाएको खेलमा भाग्यले साथ नदिँदा कुनै गोल गर्न सकेन। जसको कारण खेलको ८६ औं मिनेटमा जापटाले गोल गर्दै कोलम्बियालाई २० को जित दिलाएपछि अर्जेन्टिनाले हारको सामना गर्नु परेको हो । यस अवधी अर्जेन्टिना खेलाडीहरूले बिपक्षी टोलिको गोल पोस्टमा निकै राम्रो आक्रमक प्रहार गरे पनि गोल भने गर्न सकेन । जितसँगै समूह बीको कोलम्बियाले पहिलो खेलमा ३ अंक जोडेको छ । यता पराजित अर्जेन्टिनालाई क्वाटरफाइनल यात्रामा धक्का लागेको छ ।
यता स्टाडियो डो मोरुन्बी रंगशाला स्टार खेलाडी नेयमार विनानै मैदान उत्रेको ब्राजिललाई जित दिलाउनल फिलिपे कौटिन्होले दुई गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी खेलेको ब्राजिलले दोस्रो हाफमा तीन गोल गरेको हो । खेलको ५० औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै कौटिन्होले ब्राजिललाइै सुरुआती अग्रता दिलाए ।
त्यस्तै खेलको खेलको ५३ औं मिनेटमा कौटिन्होले नै व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २० को अग्रता दिलाए । निकै नै रोमान्चक बनेको खेलको ८५ औं मिनेटमा एभर्टनले गोल गर्दै आयोजक ब्राजिलको सुखद सुरुआत गराए ।

No comments:

Post a Comment

Post Bottom Ad