‘फादर्स-डे’ मा बाबु छोराको कथा बोकेको आप्पा चलचित्रको ‘सावने झरी’ सार्वजनिक - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, June 16, 2019

‘फादर्स-डे’ मा बाबु छोराको कथा बोकेको आप्पा चलचित्रको ‘सावने झरी’ सार्वजनिक

गफसफ.com, कालेबुङ, 16 जुन ।
आगामी 28 जुन अर्थात् असार 13 गतेका दिन भारत अनि नेपालमा एकैसाथ रिलिज हुने चलचित्र आप्पा’-को नयाँ गीत ‘सावने झरी’-सार्वजनिक भएको छ। माउन्टेन स्टोरिस इन्टरटेन्मेन्ट (Mountains Stories Entertainment) -को आधिकारिक युट्युब च्यानल मार्फत् उक्त गीत आज सार्वजनिक गरिएको छ।

उमेश उपमाको शब्द अनि अन्मोल गुरुङको सङ्गीत रहेको उक्त गीतलाई बिज्ञान बराइलीले स्वार दिएका छन्। फादर-डे-को अवरसमा सार्वजनिक गरिएको उक्त गीतमा चलचित्रका नायक सिद्धान्त राज तामाङको बाल्य अवस्था अनि सुपरस्टार दयाहाङ राईलाई देखाइएको छ। जहाँ बाबु छोराको प्रेम बेजोड प्रस्तुत भएको छ।
आप्पा फिल्ममा ड्राइभरको भूमिकामा देखिएको दयाहाङ राई अनि सिद्धान्त राज तामाङ उर्फ सिद्धु माझ बाबु छोराको जुन भावानात्मक सम्बन्ध छ त्यसलाई नै ‘सावने झरी’ गीतले पनि बोकेको छ। एकजना बाबु अनि छोराको सम्बन्ध वास्तवमा बेजोड अनि अटुट सम्बन्ध हुन सक्छ भन्ने कुरालाई आप्पा चलचित्रको अहिलेसम्म सार्वजनिक भइसकेका गीतहरूले अघि बडाउँदै ल्याइरहेको अवस्थामा यस गीतले सिद्धान्त राज तामाङको बाल्यकाललाई नजिकबाट देखाइएको छ।
युवा लेखक, एवम् निर्देशक अनमोल गुरुङले एक सोझो ड्राइवरको कथा जस्तो लाग्ने फिल्ममा वर्तमान समयमा तन्नेरीहरू कसरी एकार्कको प्रेममा आकर्षित बन्छन् भन्ने कुरालाई पनि पर्दामा उतारेका छन्। दार्जीलिङ पहाडको चर्चित पर्यटन स्थल सन्दकफुको रमणीय ठाउँहरूमा छायङ्कन गरिएको उक्त गीतको पछी रहेका दृष्यहरूले पनि गीतलाई सुहाउँदिलो बनाएको छ।
दार्जीलिङ पहाडसँगै सिक्किम, कालेबुङ लगायत अन्य ठाउँहरूमा छायङ्कन गरिएको उक्त आप्पा चलचित्रलाई रुदेन सदा लेप्चाले निर्माण गरेका छन्। फिल्म मा दयाहाङ् राईसँगै , सिद्धन्त राज तामाङ अल्लोना काबो लेप्चा, तुलसी घिमिरे , अरुणा कार्की आदिको समेत अभिनय रहेको छ।

No comments:

Post a Comment

Post Bottom Ad