अनित थापाद्वारा पार्थ च्याटर्जीलाई पत्राचार : महाविद्यालयहरूको भर्नामा पहाडका विद्यार्थीहरूलाई आरक्षणको माग - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, June 15, 2019

अनित थापाद्वारा पार्थ च्याटर्जीलाई पत्राचार : महाविद्यालयहरूको भर्नामा पहाडका विद्यार्थीहरूलाई आरक्षणको माग

गफसफ.com, दार्जीलिङ, 16 जुन ।
दार्जीलिङ पहाडका सरकारी महाविद्यालयहरूमा भइरहेको अनलाइन एडमिशनको कारण पहाडका कम अङ्क हासिल गर्ने विद्यार्थीहरू समस्यामा पर्न गइरहेकोले पहाडका महाविद्यालयहरूमा स्थानीय विद्यार्थीहरूलाई आरक्षण दिनुपर्ने माग गर्दै जीटीए चेयरम्यान अनित थापाले राज्यका शिक्षामन्त्री पार्थ च्याटर्जीलाई पत्राचार गरेका छन्। यसबारे उनले एक प्रेस बिज्ञप्ती जारी गरेर जानकारी दिएका छन्।

‘विभिन्न सरकारी महाविद्यालयहरूमा अनलाइन एडमिशन गर्ने राज्य सरकारको निर्णयको हामी स्वागत अनि सराहना गर्दछौ। शैक्षिकक्षेत्रको निम्ति उक्त निर्णय सही दिशाको निम्ति सही पहल रहेको हाम्रो धारणा रहेको छ। यद्धपि हाम्रा पहाडका औसत अङ्क प्राप्त गर्ने विद्यार्थीहरूलाई उक्त पहलले समस्यामा पार्नसक्ने पनि धेरै सम्भावना उत्पन्न भइरहेको छ। कम अङ्क लिएर उत्तीर्ण हुने पहाडका विद्यार्थीहरूले भर्ना पाउनु मुश्किल बन्ने स्थिति बनिएको छ’ जीटीए बोर्ड अध्यक्ष अनित थापाले पत्रमा लेखेका छन्।
सोहिकारण उनले सरकारसमक्ष पहाडका विद्यार्थीहरूलाई उक्त प्रक्रियामा छूट प्रदान गरिदिनहुन निवेदन गरेका छन। ‘विशेष गरी पहाडका विपन्न विद्यार्थीहरू जसकोमा दार्जीलिङदेखि बाहिर गएर महाविद्यालयहरू अध्ययन गर्ने सामर्थ्य हुँदैन। ती विद्यार्थीहरूले कम अङ्क पाएको कारण यदि दार्जीलिङ पहाड़का कुनै पनि महाविद्यालयहरूमा भर्ना नपाएको खण्डमा आफ्नो पढाईलाई नै त्याग्नुपर्ने स्थिति बनिन्छ। यसरी पहाडका धेरैजना विद्यार्थीहरूको उच्च शिक्षा हासिल गर्ने सपना सपनामै सीमित रहनेछ। यसबाहेक आर्थिकरूपमा सक्षम विद्यार्थीहरूलाई पनि पहाडदेखि बाहिर महाविद्यालय अध्ययन गर्न भौगोलिक अनि जलवायु परिवर्तनको धेरै समस्याहरू झेल्नुपर्ने स्थिति रहँदछ’ थापाले पत्रमा लेखेका छन्।
यसका साथै उनले पहाड़का सरकारी महाविद्यालयहरूमा अनलाइन भर्ना दिइएको खण्डमा अधिकाशं विद्यार्थीहरू अन्य क्षेत्रबाट भर्ना लिनेछन् भन्दै दार्जीलिङ पहाडका औसत सामर्थ्य भएका स्थानीय विद्यार्थीहरूले भने बञ्चित बन्नसक्ने कुरा उल्लेख गरेका छन। जसको कारण पाअडका विद्यार्थीहरूले समस्या झेल्नपर्ने सम्भावनाहरूलाई पन्साउन उनले विशेष पहल गरेका हुन्।
‘पहाड़का विद्यार्थीहरूको उक्त समस्यालाई ध्यानमा राखेर सरकारको तर्फबाट पहाडका विद्यार्थीहरूको निम्ति पहाडका महाविद्यालयहरूमा "आरक्षण" (Quota) प्रदान गरिनुपर्ने हामी सरकारसमक्ष अपील गर्दछौ। यसले हाम्रा पहाडका विपन्न विद्यार्थीसितै अभिभावकहरूलाई पनि ठूलो राहत पुग्नेछ’ अनित थापाले अझ भनेका छन् – ‘सरकारक तर्फबाट पहाडका पहाडवासीको हितमा अनि विद्यार्थीहरूको हितमा हाम्रो उक्त अपीलमाथि मनन अनि पहल गर्नेछन् भन्ने हामीलाई विश्वास छ ।’ 

No comments:

Post a Comment

Post Bottom Ad