विनय-अनितको नवन्नामा मुख्यमन्त्रीसँग भेटवार्ता; ‘मुख्यमन्त्रीले चुनाव अघि गरेका वाचाहरू पुरा गर्ने आश्वासन दिएकी छन्’ – विनय तामाङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, June 4, 2019

विनय-अनितको नवन्नामा मुख्यमन्त्रीसँग भेटवार्ता; ‘मुख्यमन्त्रीले चुनाव अघि गरेका वाचाहरू पुरा गर्ने आश्वासन दिएकी छन्’ – विनय तामाङ

गफसफ.com, दार्जीलिङ, 31 मई ।
लोकसभा चुनाव अनि विधानसभा उपचुनावमा पराजय भएपछि आज पहिलोचोटि गोजमुमो अध्यक्ष विनय तामाङ जीटीए बोर्ड अध्यक्ष अनित थापा, उत्तर बङ्ग बिकास बोर्डका अध्यक्ष अमर राईले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग भेटवार्ता गरेका छन्। कोलकोताको नवन्नामा भएको उक्त भेटघाटमा मुख्यमन्त्री ममता ब्यानर्जीले गत चुनावको समयमा दिइएका आश्वासनहरूलाई पुरा गर्ने प्रतिश्रुति दिइएको गोजमुमो अध्यक्ष विनय तामाङले एक विज्ञप्ती जारी गरेर दाबी गरेका छन्।

लगभग चालिस मिनटसम्म भएको उक्त भेटघाटमा दार्जीलिङ पहाडको विविध विषयहरू र समस्याहरूलाई लिएर कुराकानी भएको तामाङले बताएका छन्। यसक्रममा उक्त राज्यको वित्त मन्त्री अमित मित्रको पनि विशेष उपस्थिती रहेको थियो ।
‘मुख्यमन्त्री ममता व्यानर्जी अनि राज्य सरकारले दार्जीलिङ पहाड अनि उत्तर बङालको विकास अनि गोर्खा जातिको चिन्हारी र उत्थानको निमित्त जो चुनावको अघि वचनहरू दिएकी थिइन् सो वचनहरू चुनावमा पराजित भएतापनि पुरा गर्ने विश्वास दिलाउनु भयो’ विनय तामाङले विज्ञप्तीमा भनेका छन्। यसैक्रममा उनले गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको मुख्य सल्लाहकारको रूपमा अमरसिंह राई रहने अनि जीटीएका नयाँ मुख्य सचिव सुरेन्द्र गुप्तले चाँडै नै आफनो पदभार सम्हाल्ने  पनि जानकारी दिएका छन्।
यसैक्रममा मुख्यमन्त्री ममता व्यानर्जीले आउँदो 2021 को विधानसभाको चुनावमापनि अल इण्डिया तृणमुल काङ्ग्रेस र गोर्खा जनमुक्ति मोर्चाको (विनयपन्थी) गठबन्धन यथावत रहने अनि पहाडको 3 वटा विधानसभा क्षेत्रहरूबाट गोर्खा जनमुक्ति मोर्चा (विनयपन्थी)को उम्मेदवारहरूलाई नै तृणमुल काङ्ग्रेसले समर्थन दिइने अग्रिम वाचा गरेको पनि विज्ञप्तीमा बताइएको छ।
यता अर्को भेटमा शिक्षा विभागका मन्त्री पार्थ च्याटर्जीसँग पनि भेटघाट भएको अनि उक्त भेटघाटमा पहाडको शिक्षा क्षेत्रमा आएको विविध समस्याहरू बारे विस्तृत रूपमा चर्चा-परिचर्चा गरिएको बताइएको छ। यसक्रममा शिक्षक नियुक्ति विषयमा पुनः अवलोकन (रिभ्यु ) गरेर मात्र नियुक्ति दिने उनले बताएका छन्। सोहिक्रममा चुनावको ठिक अघि सार्वजनिक भएको शिक्षक नियुक्ति सूची आधिकारिक सूची  नरहेको पनि तामाङले स्पष्टिकरण दिएका छन्।
यसक्रममा उनले उक्त सूचीमा भएकाहरूले आजपर्यन्त नियुक्ति पत्र समेत नपाएको पनि स्पष्टिकरण दिएका छन्। ‘केही दिन अघि सामाजिक  सञ्जालमा आएको सुची आधिकारिक सुची नभएको औ आज पर्यन्त त्यो सुचीमा भएको शिक्षक-शिक्षकाहरू नियुक्ति पत्र नपाएको आधिकारिक पुष्टि गर्दछौं। सामाजिक सञ्जालमा प्रसार गरिएको तथ्य चुनावको माहोलमा राजनैतिक प्रेरित रहेको अनि बदनाम गर्ने प्रयास मात्रै रहेको हो जसको कुनै आधार नै छैन’ विनय तामाङले अझ भनेका छन् –‘सम्पूर्ण शिक्षक  नियुक्तिको आधिकारिक्र प्रकिया अविलम्ब शुरू गर्नेछ हामी आश्वासन दिन चाहान्छौ ।’
यसैक्रममा उनले आफुहरू चुनावमा पराजित भए पनि भाजपाबाट राजु विष्ट अनि निरज जिम्बाले पहाड र पहाडबासीको हित र भलाईको निमित्त के कसो गर्लान् या नगर्लान् तर, आफुहरूले चुनावमा दिएको वचनहरू आउँदो 23 महिनाभित्र अवश्य पुरा गरिदिएका हुन्छौ पनि भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad