‘सयौं पल्ट जेल जान तयार छु’ – बी.पी. बजगाईं - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, June 15, 2019

‘सयौं पल्ट जेल जान तयार छु’ – बी.पी. बजगाईं

      विचार / प्रतिक्रिया ____________________________ वी.पी बजगाईँ     
(केहिदिन अघि विभिन्न मुद्दाहरूमा जेल परेका गोजमुमो (विमल गुट) का प्रवक्ता बीपी बजगाईँ जेलबाट जमानीमा छुटेका छन्। उनले जेलबाट छुटेपछि आज आफ्नो प्रतिक्रिया लिखित रूपमा व्यक्त गरेका छन्। उक्त प्रतिक्रियालाई यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ – सम्पादक) 
पहाड, तराई अनि डुवर्सका सम्पूर्ण गोर्खा सन्तानलाई मेरो हार्दिक अभिवादन,
बङ्गाल सरकारको राजनैतिक षडयन्त्रको शिकार बनेर झुटा अभियोगहरूमा म जेलबन्दी बनेपछि गोर्खाल्याण्ड पक्षधर हाम्रा गोर्खा सन्तानले जुन धैर्य धारण गरेर बस्नु भयो अनि मेरो रिहाईको निम्ति रात-दिन प्रार्थना गर्नुभयो, सबैमा मेरो कृतज्ञता व्यक्त गर्न चाहन्छु। मलाई जेलमा भेट्न आउने सयौं मनहरूमा मैले 'गोर्खाल्याण्डको कहिल्यै ननिभ्ने दियो' बलेको देखेको छु।

हामीसँग माननीय बिमल गुरुङ जस्तो निस्वार्थ, निडर अनि अटल नेतृत्व छ, उनको सपना अनि विश्वासलाई लक्ष्यमा पुरयाउन म सयौं पल्ट जेल जान तयार छु। यद्दपी मेरो पक्राउले धेरै मनहरू मर्माहत बन्दा मलाई हाम्रो जातिप्रतिको कर्तव्यले झनै बाँधेको अनुभव गरें। हामी जनताले दिएको गोर्खा जनमुक्ति मोर्चाप्रतिको विश्वासलाई कहिल्यै भुँइंमा झर्न दिनेछैनौँ ।
मेरो जमानतमा रिहाईको निम्ति टाडोबाट पनि निरन्तर प्रयास गर्ने हामी सबैको प्रिय दाजु माननीय पार्टी अध्यक्ष श्री बिमल गुरुङ ज्यु, रिहाईको निम्ति लडिदिने दार्जीलिंग का तमाम वकिल महोदयहरू, रिहाईको आवाज बुलन्द गर्ने प्रिय सांसद राजु विष्ट ज्यु , विधायक निरज जिम्बा ज्यु , गठबन्धनका नेतृत्वगण, अविलम्ब रिहाईको माग गर्दै पोस्टर टाँस्ने दार्जीलिङ अनि खर्साङ्का युवाहरू, मेरो पक्राउ अवधीमा मानवीय वर्ताव गर्ने पुलिस अधिकारी तथा कर्मचारीगण, जेलका समस्त अधिकारी तथा कर्मचारीगण, सोसियल मिडियामा रातदिन आवाज उठाउने साथीहरू, पत्रकार मित्रगण, चिन्ता लिने परिवार तथा आफन्तजन लगायत मेरो ज्ञानमा नभएका तर मेरो बन्दीजीवन अनि रिहाईमा कुनै न कुनै रूपमा सहभागी रहेका सबैलाई एकमुष्टमा कृतज्ञता व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु ।
मलाई थाहा थियो, हिजो म जेलबाट ढिलो साँझ निस्कँदा जेलको गेटमा मलाई भेट्न आउने धेरैजना हुनुहुन्थ्यो । तर मैले कसैलाई नभेटी अनि कसैले थाहा नपाई आफुलाई त्यहाँबाट सुरक्षित स्थानमा पुर्‍याउनु पर्ने अवस्था थियो। हाम्रो सुचना अनुसार हिजो मेरो विरुद्धमा केही कदमहरू उठेका थिए। मैले ती कदमहरूलाई निरस्त गर्न जेलको गेटबाटै आफुलाई अरुको आँखाबाट ओझेल पार्नु थियो। मैले त्यसै गरें । मलाई भेट्न आउनेहरूबाट म अचानक नभेटी हराउनु परेकोमा क्षमा चाहन्छु । म त्यहाँबाट डराएर हराएको होइन, गोर्खाले देखेको गोर्खाल्याण्डको लक्ष्य हासिल गर्न एउटा रणनीति अन्तर्गत हराएको हो। जनताको आशा र भरोसालाई सम्मान गर्न हामी चाँडै रणनीति अन्तर्गत नै पुनः पहाडमा देखापर्नेछौं । सबै समक्ष छिट्टै आउने वाचा गर्दछु। जय विमल, जय गोर्खा, जय गोर्खाल्याण्ड।

No comments:

Post a Comment

Post Bottom Ad