भारतका सफल मृगौला प्रयारोपण गर्ने चिकित्सकहरू मध्ये एक - डाक्टर दिपक शंकर रे - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, June 22, 2019

भारतका सफल मृगौला प्रयारोपण गर्ने चिकित्सकहरू मध्ये एक - डाक्टर दिपक शंकर रे

गफसफ विशेष
डाक्टर दिपक शंकर रे ख्यातिप्राप्त भारतीय नेफ्रोलोजी र ट्रान्सप्लान्ट फिजिशियन हुन् । उहाँ कलकत्ता स्थित रविन्द्रनाथ टैगोर ईन्सटिच्युट अफ कार्डिक साइन्समा नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट डिपार्टमेन्ट प्रमुख हुनुहुन्छ । डाक्टर दिपक शंकर रेको टीमले हरेक महिना लगभग पाँच हजार पाँच सय हेमो डायलेसिस सम्पन्न गर्छन् जुन संख्या भारतभरिकै सर्वाधिक हो । र पूर्वी भारत, उत्तरपूर्वी भारत, सार्क देशहरु जस्तैभूटान, बंगलादेश, नेपाल, म्यान्मार र अन्य देशका लगभग दुई हजार पाँच सय क्रोनिक किडनी फेलियर रोगीहरुको रेनल ट्रान्सप्लान्टको सफल अप्रेशन गर्छन् ।
Dr. Deepak Sankar Roy
डाक्टर रे को जन्म सन् १९५५ मा भारतीय राज्य उडिसाको भादरक नामक शहरमा एक माध्यम वर्गीय परिवारमा भएको थियो । उनका पिता शिक्षाविद् थिए, र गाँधीवादी थिए जो भारतीय स्वतन्त्रता आन्दोलनमा संलग्न थिए । डाक्टर रेले मेडिसिनमा स्नातक र स्नातकोत्तर एससिबि मेडिकल कलेज, कटकबाट सन् १९७९ र १९८४ मा गरेका थिए । उनले नेफ्रोलोजीमा सुपर स्पेसयाइजेशन एम्स अस्पताल, नयाँ दिल्ली र सेन्ट जेम्स विश्वविद्यालय अस्पताल, लिड्सबाट प्रोफेसर एम डेविडसनको स्पोन्सरसिपमा रेनल मेडिसीनमा फेलोसिप गरेका छन् ।
उनले भारतमा नेफ्रोलोजीको क्षेत्रमा आर्थिकरुपले विपन्न वर्गको सहयोगार्थ उदाहरणीय सफलता हासिल गरेका छन् । क्रोनिक किडनी रोगमा मृगौला प्रत्यारोपण एक राम्रो ईलाज हो । डाक्टर रेले भारतमा अर्गन डोनर ट्रान्सप्लान्टको सेवा सुरु गरेका छन् । जसको लक्ष्य अर्गन डोनरको संजाल बनाएर कानूनी र सहज अर्गन ट्रान्सप्लान्टको सुविधाबाट धेरै भन्दा धेरै रोगीलाई लाभ पुर्‍याउनु रहेको छ ।
डाक्टर दिपक शंकर रेको नेतृत्व र व्यवस्थापनमा उनको सेन्टर देशकै एक महत्वपूर्ण रिफरल तथा पूर्वी भारतको प्रमुख ट्रान्सप्लान्ट सेन्टर बनेको छ । उनले भारतमा एबिओ इन्कम्पीटेबल ट्रान्सप्लान्टको स्टक्चरल तथा मेथोलोजी विकासमा काम गरेका छन् जसले मृगौला प्रत्यारोपणलाई सस्तो र सुलभ, साथै यस सुविधालाई सहज बनाइदिएको छ । उनले एबिओ इन्कम्पीटेबल ट्रान्सप्लान्टबाट अर्गन डोनेशनलाई एकै परिवारका बेग्लै रगतसमूह भएका सदस्यहरुमा पनि यस प्रक्रियालाई सम्भव बनाइदिएका छन् । कम लागतकै कारण पनि मृगौला प्रत्यारोपणको सुविधा धेरै भन्दा धेरै मानिसले लिन पाइरहेका छन् । यसरी यसले मृगौला प्रत्यारोपणमा हुने गरेका अनेक गैरकानूनी तथा ठगी धन्धामाथि रोक लागेको छ । डाक्टर रेकै अथक मिहनेत र प्रयासले अनेकौँ भारतीय तथा विदेशी नागरिकले दोस्रो जीवन बाँच्ने अवसर पाइरहेका छन् ।
यस क्षेत्रमा उनको उदाहरणीय योगदान तथा सफलताको लागि उनलाई नारायण हरुदालाया संगठनले आउटस्टैडिङ्ग लिडरसिप अवार्ड प्रदान गरेको छ । लगभग तीस वर्षको अन्तरालमा हासिल गरेको अनुकरणीय सफलतापछि उनले वर्तमानमा डिएनबी शिक्षाअन्तर्गत युवा डाक्टरहरुलाई प्रशिक्षण प्रदान गर्दै छन् । उनले मृगौला प्रत्यारोपणको यस टेक्नीक तथा प्रविधीलाई नेफ्रोलोजीको नयाँ पुस्ताको डाक्टरसम्म पुर्‍याइरहेको छ जसले देशलाई अझ धेरै सेवा गर्न सक्नेछ । उनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चहरुमा असंख्य प्रस्तुति दिएका छन् । मेडिसीनका किताबहरुका लागि अनेको अध्यायहरु लेखेर योगदान पुर्‍याएका छन् । उनको व्यावसायिक सफलतालाई थुप्रै प्रिंट तथा अनलाइन मिडियाले विभिन्न अवसरमा स्थान प्रदान गरेका छन् ।
मेडिकल क्षेत्रमा हासिल गरेको सफलताको साथै, डाक्टर दिपक शंकर रेले आफ्नो गृहनगर भादरकमा शान्तिदेवी तथा शैलाजा शंकर स्कलरशिपअन्तर्गत प्राथमिक, माध्यमिक तथा उच्च माध्यमिक स्तरमा गरीब जेहेनदार तथा मिहनेती विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्दै आइरहेका छन् । उनले भादरकमा सर्वसाधरणको लागि सुधान्शु शंकर तथा शान्तिदेवी पाठागरानामक सार्वजनिक पुस्तकालय पनि स्थापना गरेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad