“तिम्रो इच्छा हो। जहाँ बसे भो।
पढ़्न पर्छ।”
अलि
गम्भीर देखिनु भो उहाँ, “ धर्मै कमाउन चैं
तिमीलाई सहयोग गरेको होइन।”
“पढ़्न खोज्नेलाई सहयोग गर्नैपर्छ।”
केही
चित्त दुखेजस्तो गरी थप्नु भो उहाँले, “उनले
धर्म गर्न तिमीलाई राख्छु भने। नियत ठीक लागेन”
एक
शिक्षकले मलाई आफ्नोमा राखेर पढ़ाउने इच्छा जाहेर गरेछन्। तर,
ती शिक्षकका कुराले मुटु किन किन चसक्क पारेछ उहाँको। संक्षेपमा
सुनाएर निर्णय ममाथिनै छाड़िदिनु भो अन्तमा।
“स्वतन्त्र छौ, आफैं निर्णय गर। ”
उहाँको
कुरा सुनेर म रोएँ। डुवर्स झरेपछि पहिलोचोटि त्यसरी रोएँ। निक्कै असहहाय फिल गरें
त्यो दिन। जुन उद्देश्यले डुवर्स झरे,त्यो पूरा
हुने आत्मीय साथ र आड़ अरु कतै देखिनँ।
उहाँसित
बसेको महिना बितिसकेको थियो। साथीहरू चिनिसकेको थिएँ। मनमा किलो ठोकें।नहल्लिने
निर्णय सुनाएँ।
“तपाईँसितै बस्छु।”
16 वर्ष अघि मुश्किलले यति भनेथें।लाग्छ-दह्रिलै निर्णय लिएको रहेछु।
बिहान
ट्यूशन। दिउँसो स्कूल। आह, अर्को जीवनको ट्रेकमा।
ड्रप-आउटले बरालिएको मन त्यही ट्रेकमा चलिरहेथ्यो।
अहिले
जिइरहेको जीवन त्यहींबाट शुरू भएको हो। इञ्जिन नयाँ छ र त्यहाँदेखि अहिलेसम्मै
चलिरहेको छ उसरीनै।
बाउमाविबाट
मेरो ब्याप्टिजम भो। अर्थात् नयाँ र सार्थक जीवन शुरु भो। सार्थकतामा यहींको
माटोको महक छ।
प्रिय
रामचन्द्र सर, तपाईंको जन्म पेम्लिङमा नभएको भए बाउमावि
आइपुग्ने थिइनँ।
*** *** ****
“यो कागज कल्ले फाल्यो यसरी ?”
क्लासमा
देखा पर्ने बित्तिकै सरले मुखबाट आगो निकाल्नु भो, “बाहिर
फाल् नत्र सबले भेट्छ।“
टेबलमा
लट्ठी बजार्नु भो। साथीहरूका मुख होराहेर भो। म थुरथुर भएँ। कल्ले फाल्यो,
कल्ले फाल्यो ख्यालै आएन। बाबा! हंशले ठाउँ छोड़्यो।
“सर मैले फ्याँकेको होइन तर”,
अड़्किंदै भने, “बाहिर चैं म फाल्छु सर।“
“तर र सर केही जान्दिनँ, झट्ट फाल् ”, सर कड़्किनु भो। अनुहारमा छायाँ पऱ्यो उहाँको।
कागज
टिपेर बाहिर फालिदिएँ। कागजसितै आधा डर पनि मिल्काइदिएँ बाहिर।
“ठीक छ, कम इन।”
क्लासमा
पसें। यतिखेर सरको ओठमा घामको झुल्का जस्तो देखें। त्यसले केही न्यानो महसुस भो
मलाई। होइन, त्यो ता उदाउँदो जून पो रहेछ! अनि त केही
शीत्तल देखिनु भो। बचेको डर बल्ल स्याप्प भो।
“केटा हो हिस्ट्री निकाल्”,
केटाहरूतिरै शङ्का गरेर सरले बेञ्च तान्नु भो। लाग्यो, सरको पारा केटाहरूले नै चढ़ाएको हो। पचास प्रतिशत गाली मिसाएर चालीस
मिनटको क्लास पूरा गर्नु भो।
सर
गइसकेपछि दीपेनले भन्यो, “सर खतरा छ।“
माध्यमिकपछि
उहाँसित अलि नजिक भएँ। जमाराको प्रकाशनले अझै नजिक पुगें। त्यसको प्रिन्टेट
भल्यूमको लागि “ह्याप्पी न्यू इयर छाड़ी जानेलाई” कविता लेखेपछि त राम्ररी बुझें- खतरा होइन उहाँ त संवेदनशील कवि डीबी सर।
अहिलेका आईबी सरका अध्येयता।
“लीला गोजीमा रुमाल छ?”,सरले प्रश्न गर्नु भो।
“छ सर।“
“
लु, निकाल झट्टै।“
ह्याङ्की
निकालें।
“अनुहारको पसिना पुछ।“, माया गरेर अह्राउनु भो सरले।
अनुहार
पुछें। ओहो, छ्याप्पै भिजेको रहेछु।
“अङ्ग्रेजीले निकालेको पसिना हो यो।“
सरले
त निश्कर्षनै सुनाउनु भो।
टुएल्भ
पुगेपछि उहाँसित नजिकिएँ। इलेभेनका दिनहरू बिर्सिँएँ। एक बेलुकी छुदेन र मकहाँ
उहाँ आउनु भो।
“एकछिन मसित हिँड़।“
सरसित
बाइकमा हुइँकियौं।
“बाइक किन्ने धोको पूरा भो।“
त्यतिखेरर
सरको बाइक किन्ने धोको पूरा भएको थियो। जतिखेर उहाँसित नजिकिने मेरो धोको पनि त
पूरा भइसकेको हो। नत्र पर भएरै इलेभेन बित्यो।
केही
क्रिएटिभिटी र इमोशनले सागर सर,तपाईं नजिक आएँ। जोड़्ने
भनेको त इमोशनले नै त रहेछ नि! सम्बन्धमा स्वार्थ सधैं हाबी नहुँदो रहेछ।
*** *** ****
“तँ पाजीहरूलाई अब क्लास गर्दिनँ।“
रातो
आँखा पारेर मिसले भन्नु भो। नेपाली किताब टेबलमा छाड़ेर क्लास छोड़्नु भो।
साँच्चै
त्यसको भोलिपल्टदेखि मिसलाई क्लासमा देखिएन।
दुई
दिन,
तीन दिन, चार दिन झण्डै हप्तै बिते। अहँ,
मिस त साँच्चैनै पो रिसाउनु भएछ।
हामीले
मिसको क्लास मिस्ड गऱ्यौं। क्लासबाट निखोज मिसको चर्चा भयो। मिसलाई फकाउने जिम्मा
लिएँ मैले। मिससितको सम्बन्धलाई मैले उपयोग गरें। मिसलाई सेन्टिमेन्टल ब्लेकमेल
गरें।
“मिस कहिले क्लास आउनु हुने?“ हप्ता दिनपछि अफिसमा
विन्ती गरे, “हामी तपाईँले भनेका सबै मान्छौं।“
मिस
एकछिन घोरिनु भो।
“अब आउँदिनँ। मेरो चित्त दुख्यो।” अलि दङ्ग्याए जस्तो
पनि गर्नु भो,
“आउदै आउँदिनँ अब।“
उता
बोल्न सकिनँ।
“भोलिदेखि आउँछु”, मिसको ऐआवाज इकोभो। तर, बोली नसक्दै मिसको आँखा रसाएको देखें। लौ मिस त रुनु भएछ।
“मैले त दङ्ग्याएको पो ता।“ आँशु पुछेर भन्नु भो।
कलेज
पुगेपछि क्षयरोगले थलिएँ।
त्यसरी
थलिँदा कहालीलाग्दा लाग्दा दिन काट्न पऱ्यो। एक दिन गाउँमा बाई ह्याण्ड चिट्ठी
आयो। खामभित्र थियो-चौधसय बीस रुपियाँ। र, खाममा
लेखिएको थियो –गङ्गादेवी शर्मा। अनि मायालु शब्दहरू सिउरिएका
सेतो पन्ना।
गङ्गा
मिस,
हामीलाई रिसाएर माया गर्नु भो। हाँसेर माया गर्नु भो। अनि, रोएरै पनि त मायै गर्नु भो आखिर। तर,सबभन्दा धेर
मलाई माया गर्नु भो।
*** *** ****
“तेरो एउटा मात्रै पेन्ट-सर्ट?” सरले सोध्नु भो।
“हो सर”, अनायासै दाताको नाम बताएछु, “धनबहादुरले दिएको हो।”
(धनबहादुर, गाउँले साथी। दशैंको निलो पेन्ट गिफ्ट
गरे। त्यही पेन्ट लाएर क्लास नाइन बित्यो। पछि सुनें-धनबहादुरले त सुसाइड गरेछन्।
श्रीमतिले छाड़ेपछि त्यसरी अपहत्ते गरेछन्। आमाले छाड़ेका नानीहरूलाई आखिरमा उनले
पनि छाड़ेछन्।)
“मेरो पछि आइज त”
सरको
पछि लागें। सर मामाजीको दोकान पस्नु भो।
“कुन मन पर्छ झिक्।“
दुई
दिनपछि निलो पेन्ट र सेतो सर्ट तयार भो।
सरले
भन्नु भो,
“तेरो हातमा त घड़ी पनि हुनपर्ने।“
अहिले
हातमा घड़ी हुन्छ। तर, तपाईंसित भेट गर्ने समय मसित
हुँदैन। ठ्याम्मै हुँदैन।
आइ
एम भेरी भेरी सरी ब्रूना सर।
*** *** ****
“यो एपसटपी एस ठीक ठाउँमा छैन। भाषामा ध्यान दिनैपर्छ।”,उहाँले टिचर्स डेको प्रोग्राममा भन्नु भो।
उहाँका
बारेमा कम पढ़िएको। केही जानकारी मात्रै भएको। साहित्य लेख्ने मान्छे। गहिरो
सम्बन्ध भने नभएको त्यतिञ्जेलसम्म मेरो।
एचएस
सक्नै लाग्दा जमाराको लागि उहाँकहाँ पुग्यौं। छुदेन,अजय,रूपनारायण र सबिनका साथ लागेर आग्रह गरें, “तपाईँको
एउटा आर्टिकल चाहियो।“
केही
दिनपछि रचना लिन पुग्यौं। त्यसमा मेरो एउटा गजलको अंश पनि उल्लेख रहेछ।
एचएसपछि
म उहाँका धेरै नजिक बनें। घरमा गएर धेरचोटि गफिएँ पनि। ज्योति बसुको निधनमा
अन्तरवार्ता लिएँ। उहाँलाई म बाउमाविको गेट छेउ हाँसिरहेको देख्छु अचेल।
अमीर
सुन्दास दाजुको कला गज्जब छ। साथीहरू भन्छन्, “बद्री सर
त जिउँदै छन्।
Nice article I just go to the flashback of my school days...
ReplyDeleteThanking you yaar.
DeleteSuch a wonderful lines👌
DeleteWow 😍
ReplyDelete