आईसीएसई-मा सन्त अगष्टिन विद्यायलका रिसभ दियाली बने कालेबुङ जिल्ला टप्पर - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, May 8, 2019

आईसीएसई-मा सन्त अगष्टिन विद्यायलका रिसभ दियाली बने कालेबुङ जिल्ला टप्पर

गफसफ.com, कालेबुङ, 8 मई।
सन्त अगस्टिन विद्यालयका विद्यार्थी रिसब दियालीले ICSE परिक्षामा 97.4 प्रतिशत अङ्क हासिल गरेर कालेबुङ जिल्ला टप्पर बनेका छन्। हाल सन्त अगष्टिन विद्यालयमा नै विज्ञान विषय लिएर एघारौँ  कक्षामा अध्ययनरत रहेका रिसब दियाली कालेबुङ रौसे बजार निवासी हुन्। माता सुशिला दियाली अनि पिता राजेन दियालीको पुत्र रिसब दियाली कालेबुङ जिल्लाभरीमा नै पहिलो बनेपछि परिवारमा खुशीको माहोल छाएको छ।

अहिलेसम्म प्राप्त अङ्कको आधारमा रिसब दियाली कालेबुङ जिल्ला टप्पर सँगै सम्भावित जीटीए टप्पर हुनसक्ने भएतापनि यसको आधिकारिक पुष्टि हुन भने बाँकी नै रहेको छ।
कालेबुङ जिल्लाभरीमा दोस्रो स्थानमा रकभेल अकादमीका विद्यार्थी रोहन थापा बनेका छन् भने उनले 96 प्रतिशत अङ्क हासिल गरेका छन्। यता तेस्रो स्थानमा सन्त जोसेफ कन्भेन्ट विद्यालयकी छात्रा सौरभी अग्रवालले 95.2 प्रतिशत अङ्क हासिल गरेर तेस्रो स्थान हासिल गरेका छन् भने सन्त अगष्टिन विद्यालयकै विद्यार्थी अदित्य कौलले 95 प्रतिशत अङ्क हासिल गरेर जिल्लाभरीमा चौथो स्थान ओगाट्न सफल बएका छन्।
यता कालेबुङ जिल्लाभरीमा ICSE परिक्षामा 97.4 प्रतिशत अङ्क प्राप्त गरेका रिसब दियालीले खुशी व्यक्त गर्दै आफुले परिक्षाको तयारी पूर्णरूपले गरेकै कारण यतिधेर अङ्क ल्याउन सक्षम बनेको बताए। ‘मैले परिक्षाको तयारी राम्ररी गर्न सके। मेरा शिक्षकवर्गसँग परिक्षाबारे धेरै चर्चा परिचर्चा गरेर तयारी गर्न सकेकै कारण आज मेरो यति अङ्क आउन सकेको हो। यसका निम्ति मेरा शिक्षकवर्गलाई म आभार प्रकट गर्न चाहन्छु’ रिसभ दियालीले भने। अर्कोतर्फ उनले भविष्यमा गुगल सफ्वेटर ईञिनियरिङको अध्ययन गर्ने इच्छा रहेको पनि बताएका छन्।
यता कालेबुङ जिल्ला टप्पर बनेका रिसब दियालीलाई सन्त अगष्टिन विद्यालयका फादर जेराड लेप्चाले बधाई दिएका छन्। उनले आफ्नो विद्यालयबाट जिल्ला टप्पर बन्नु खुशीको कुरा रहेको पनि बताएका छन।

2 comments:

Post Bottom Ad