चुनाव परिणामसँगै विमल गुरुङको आयो भिडियो सन्देश: भने –‘बुलेटको जवाब ब्यालेटले दिएका छन्’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, May 23, 2019

चुनाव परिणामसँगै विमल गुरुङको आयो भिडियो सन्देश: भने –‘बुलेटको जवाब ब्यालेटले दिएका छन्’

गफसफ.com, दार्जीलिङ, 23 मई।
दार्जीलिङ पहाड, तराई डुवर्सवासीले लोकतन्त्रमा सरकारको तानाशाही विरुद्धमा कडा जवाब दिएको चुनाव परिणामले स्पष्ट पारेको विमल गुरुङले भिडियो सन्देश जारी गरेर बताएका छन्। उनले दार्जीलिङ लोकसभा आसनबाट भाजपा प्रार्थी राजु विष्ट अनि विधानसभा उपचुनावमा निरज जिम्बाको जितले जनताको जीत भएको भन्दै यस बिजयले सरकारलाई सही जवाब पुगेको पनि विमल गुरुङले बताएका छन्।

भिडियो सन्देशमा अत्यन्तै खुशीयाली देखिएका भूमिगत नेता विमल गुरुङले ‘पहाडमा बसोवास गर्नेहरू सबैले मिलेर तानाशाही राजनीतिको जवाब दिएको बताएका छन्। यसको निम्ति उनले सबैलाई धन्यवाद दिएका छन्। ‘आज जुन जीत भएको छ यो गणतन्त्रको जीत हो। जुन दार्जीलिङ पहाडमा तानाशाहीको राजनीति थियो अनि हाम्रा 11 जना नानीहरूलाई मार्ने कार्य भएको थियो त्यसको जवाब सम्पूर्ण दार्जीलिङ, तराई-डुवर्सवासीले मिलेर दिएका छन्’ विमल गुरुङले भनेका छन्।
उनले आफु अत्यन्त्यै खुशी रहेको बताउँदै आफुले 22 महिनासम्म भोगेको दु:ख पीडा सबै हटेर गएको पनि बताएका छन्। उनले गोर्खा जातिको ईमान बचाउनका निम्ति सबैले आ-आफ्नो पक्षबाट खट्ने कार्य गरेको भन्दै यो चुनाव परिणामले ‘विनय तामाङ अनि अनित थापा’ त्यो चौकिमा बस्न लायकका छैनन् भन्ने प्रमाणित गरेको छ’ भनेका छन्।
‘आफ्नै घरको छेउको बुथमा पनि हार्ने नेताहरूले जनतालाई पैसामा किन्ने काम गरेर, जनतामा आतङ्क गरेर, शिक्षकहरूलाई नोकरीको प्रलोभन देखाएर अथवा पुलिस प्रशासन मार्फत् डर देखाए पनि हाम्रा जनता डराएनन्। हाम्रा आमाबाबुहरूले बुलेको जवाब ब्यालेटले दिएका छन्। यसको निम्ति कोटी-कोटी प्रमाण चढाउँछु’ विमल गुरुङले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad