लोकसभा चुनाव 2019 : रेकर्डतोड बिजयको बाटोमा अग्रसर राजु विष्ट, तृणमूल प्रार्थी अमरसिंह राई विरुद्ध 2 लाख 57 हजार 771 भोटले अघि - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, May 23, 2019

लोकसभा चुनाव 2019 : रेकर्डतोड बिजयको बाटोमा अग्रसर राजु विष्ट, तृणमूल प्रार्थी अमरसिंह राई विरुद्ध 2 लाख 57 हजार 771 भोटले अघि

गफसफ.com, दार्जीलिङ, 23 मई।
दार्जीलिङ पहाडका जनताले बङ्गालको सत्तासिन राजनैतिक दल तृणमूल कङ्ग्रेसलाई स्वीकार गर्दैन भन्ने प्रमाण यसपल्टको लोकसभा चुनावको परिणामले पुन: दिएको छ। अहिलेसम्मको मतगणनाको परिणामले भाजपा प्रार्थी राजु विष्टको बिजय सुनिश्चित गरिसकेको छ। उनले तृणमूल कङ्ग्रेस प्रार्थी अमरसिंह राई विरुद्ध 2 लाख 57 हजार 771 भोटको बढत हासिल गरेका छन्। जसको कारण अब अमर राईको पराजय स्पष्ट बनिसकेको छ भने यस परिणामले गोर्खाहरूले गोर्खा विरोधी  राजनैतिक शक्तिलाई दार्जीलिङ पहाडमा स्वीकार गर्नेछैन भन्ने पनि स्पष्ट बन्नेछ।
सबैको केन्द्रविन्दुमा रहेको दार्जीलिङ लोकसभा आसनमा भारतीय जनता पार्टीले जनताको भावनालाई एकमुष्ट पारेर त्यस आवेशलाई भोटमा परिवर्तन गर्न सक्षम भएको छ। जसले गर्दा अहिलेसम्मको मतगणामा भाजपा द्रुत गतिमा अघि बड्दै रेकर्डतोड मार्जिन हासिल गर्न लागेको छ।
भाजपा प्रार्थी राजु विष्टले अहिलेसम्म मोठ 4 लाख 28 हजार 203 भोट पाएका छन् भने तृणमूल प्रार्थी अमरसिंह राईले 1 लाख 73 हजार 432 भोट पाएका छन्। जसको कारणले राजु विष्टले अमर राई विरुद्ध अहिलेसम्म 2 लाख 57 हजार 771 भोटको बढत हासिल गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad