निरज जिम्बाले विधानसभा उपचुनावमा 46 हजार भन्दा धेर भोटले पराजित गरे विनय तामाङलाई - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, May 23, 2019

निरज जिम्बाले विधानसभा उपचुनावमा 46 हजार भन्दा धेर भोटले पराजित गरे विनय तामाङलाई


गफसफ.com, दार्जीलिङ, 23 मई।
दार्जीलिङ विधानसभा उप-चुनावमा गोजमुमो अध्यक्ष एवम् निर्दलीय प्रार्थी विनय तामाङ भारतीय जनता पार्टी निरज जिम्बासँग पराजित भएका छन्। जिम्बाले तामाङ विरुद्ध  87 हजार 8 सय 98 भोट पाएका छन् भने विनय तामाङले 41 हजार 6 सय 12 भोट पाएका छन्। गत 19 मईका दिन सम्पन्न भएको विधानसभा उपचुनावमा जीटीए बोर्ड अध्यक्ष पदबाट राजीनामा दिएर चुनावी मैदानमा ओर्लिएका विनय तामाङ 46, हजार 2 सय 86 भोटको अन्तरले पराजित भएका छन्।

आज बिहानदेखि सम्पन्न भएको मतगणनालाई लिएर दार्जीलिङ पहाडवासी चुनाव परिणामलाई लिएर खुबै उत्सुक रहेका थिए भने अहिले मतगणना समापन भइसकेको छ। विधानसभा उपचुनावमा भाजपा प्रार्थी निरज जिम्बाले बिजय हासिल गर्न साथै भारतीय जनता पार्टीले दार्जीलिङ विधानसभा आसनबाट बङ्गाल बिधानसभामा खुट्टा टेक्ने कार्य समेत गरेको छ।
दार्जीलिङ विधानसभा क्षेत्रमा सम्पन्न भएको विधानसभा उपचुनावमा मोठ 1 लाख 42 हजार 3 सय 25 भोट खसेको थियो भने भाजपा प्रार्थी निरज जिम्बाले उक्त खसेको मतहरूबाट मोठ 61.76 प्रतिशत मत पाएका छन्। यता विनय तामाङले भने खसेको मोठ मतबाट केवल 29.24 मत पाएका छन्।
यसैक्रममा चुनावी मैदानमा ओर्लिएका जन आन्दोलन पार्टीका प्रार्थी अमर लामाले 3 हजार 2 सय 33 भोट पाएका छन् भने माकपा प्रार्थी केबी वातरले 2 हजार 72 भोट पाएका छन्। यसैक्रममा निर्दलीय प्रार्थी स्वाराज थापाले 1 हजार 7 सय 65 भोट पाएका छन् भने शारदा राई सुब्बाले 12 सय 65 भोट पाएका छन्। यसक्रममा अमर लक्समले 1148, विप्लव राई 667, सञ्जय ठकुरी 1183 भोट पाएका छन् भने नोटामा जनताले 1482 भोट खसालेका छन्। यस अर्थमा कतिपय प्रार्थीहरूले भन्दा धेर यसपल्टको विधानसभा उपचुनावमा नोटामा खसेको छ।

No comments:

Post a Comment

Post Bottom Ad