विधानसभा उप-चुनाव 2019 : मतदान पछि निरज जिम्बाले भने – ‘शान्तिपूर्ण भोट भए धेरै भोटको अन्तरले जित्नेछु’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, May 18, 2019

विधानसभा उप-चुनाव 2019 : मतदान पछि निरज जिम्बाले भने – ‘शान्तिपूर्ण भोट भए धेरै भोटको अन्तरले जित्नेछु’

गफसफ.com, कालेबुङ, 19 मई।
दार्जीलिङ विधानसभा उपचुनावमा आज भाजपा प्रार्थी निरज जिम्बाले आफ्नो मतदानको प्रयोग गरेका छन्। उनले आफ्नो मतदान गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै दार्जीलिङको राजनैतिक इतिहसमा यस्तो चुनौतिपूर्ण चुनाव कहिल्यै नभएको पनि दाबी गरेका छन्।

‘दार्जीलिङको राजनैतिक इतिहासमा यो चुनौति र महत्वपूर्ण चुनाव हो। प्रत्येकले चुनावमा जित्ने महत्वकाङ्क्षा राखेका हुन्छन्। सबैले यो चुनावलाई जिम्बा बनाम विनय तामाङ समेत भने। यो चुनावमा म जितिरहेको छु’ जिम्बाले मतदान गरेपछि आफ्नो जितको दाबी गर्दै भने।
उनले आफ्नो जितमा पहाडको जित छ भनेर चुनाव प्रचार गर्दा जनताको अपार सहयोग भएको भन्दै पहाडको राजनैतिक इतिहासमा बङ्गाल पन्थि दलहरूले पहाडबाट कहिल्यै भोट नजितेको दाबी गर्दै यदि निश्पक्ष चुनाव भए बेजोड भोटको अन्तरले जित्ने पनि उनले दाबी गरेका छन्। ‘सामान्य झमेलाहरू हुँदा पनि म भोट जित्नेछु तर, यदि पूर्णरूपले शान्तिपूर्ण भोट भए ल्याण्डस्लाड भिक्ट्रीको साथमा जित्नेछु। ऐतिहासिक भोटको अन्तरले जित्नेछु’ निरज जिम्बाले भने।
यसैक्रममा उनले जिम्बाको जित बिजेपीको जित हो भन्दै उक्त जित पहाडवासीको जित रहेको बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad