विधानसभा उप-चुनाव 2019 : मतदान पछि विनय तामाङले भने –‘चुनाव परिणाम पछि पनि हामी सबैले भाइचारा कायम राख्नुपर्छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, May 18, 2019

विधानसभा उप-चुनाव 2019 : मतदान पछि विनय तामाङले भने –‘चुनाव परिणाम पछि पनि हामी सबैले भाइचारा कायम राख्नुपर्छ’

गफसफ.com, कालेबुङ, 19 मई।
दार्जीलिङ विधानसभा उपचुनावमा निर्दलीय प्रार्थीका रूपमा खडा बनेका गोजमुमो अध्यक्ष विनय तामाङ आज बिहान आफैलाई मतदान गरेका छन्। उनले ब्लुमफिल्ड प्राथमिक पाठशालामा रहेको 23/76 मतदान केन्द्रमा मतदान गरेका हुन्। मतदान गरेपछि तामाङले पत्रकारहरूसँग कुराकानी गर्दै आफ्नो जित निश्चित रहेको दाबी गरेका छन्।

केन्द्रिय सुरक्षा बलको विशेष निगारानीमा रहेको उक्त मतदान केन्द्रमा मतदान गरेपछि तामाङले दार्जीलिङ पहाडमा ‘चुनाव त आउँछ जान्छ तर यहाँ सबैले शान्ति बनाएर राख्नुपर्छ’ भनेका छन्। उनले आफ्ना पार्टीका समर्थकहरूलाई अशान्ति गर्ने कार्य नहुने स्पष्ट सन्देश दिँदै अन्य राजनैतिक दलका नेताहरूले पनि आफ्ना समर्थकहरूलाई शान्ति बनाएर राख्नुपर्ने अपिल गरेका छन्। यसका साथै आगामी 23 मईको दिन आउने मतगणनाको परिणाम पछि पनि सबैले शान्ति बनाएर राख्नुपर्ने अपिल गरेका छन्।
‘हामीले दुश्मनीको भावना लिनुहुँदैन। जनताले जसलाई चुन्छ ती नै सर्वोपरी हो भन्ने सबैले बुझेर जनभावनालाई कदर गर्नै पर्छ। यसकारण हामी सबैले शान्ति बनाएर राख्नुपर्छ’ विनय तामाङले अझ भने –‘वितेको लोकसभा चुनावमा पनि जित्ने दाबी गरेको थिएँ अनि यो उपचुनावमा पनि हामीले राम्रो मार्जिनले विजयी बन्नेछौँ भन्ने निश्चित छ।’
यसैक्रममा उनले सबै राजनैतिक दलहरूले चुनावलाई भन्दा धेर भाइचारा कायम राख्ने कुरामा ध्यान दिनुपर्ने बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad