दार्जीलिङ विधानसभा उप-चुनाव: 10 बज्दा 18 प्रतिशत मतदान, 104 वर्षिय वृद्ध अनि 93 वर्षिय वृद्धाले गरे मताधिकारको प्रयोग - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, May 18, 2019

दार्जीलिङ विधानसभा उप-चुनाव: 10 बज्दा 18 प्रतिशत मतदान, 104 वर्षिय वृद्ध अनि 93 वर्षिय वृद्धाले गरे मताधिकारको प्रयोग

गफसफ.com, दार्जीलिङ, 19 मई।

दार्जीलिङ विधानसभा उप-चुनावमा मानिसहरूले उत्साहको साथमा शान्तिपूर्ण वातावरणमा मतदान गरिरहेका छन्। अहिलेसम्म कहीँ कतै अशान्तिको खबर प्रकाशमा आएको छैन। चुनाव शान्तिपूर्ण गराउन केन्द्रिय सुरक्षा बलहरूको तैनाथी सक्रिय रहेको छ। यस्तो अवस्थामा अहिले बिहान 10 बजेसम्ममा दार्जीलिङ विधानसभा क्षेत्रमा मोठ 18 प्रतिशत मतदान भइसकेको छ।

विधानसभा उपचुनावलाई लिएर वृद्ध-वृद्धाहरू पनि पूर्ण जोशको साथमा मतदान गर्न अघि आइरहेका छन्। यसका साथै उनीहरूले अन्यलाई पनि स्वेच्छाले मतदान गर्न अघि आउने अपिल गरेका छन्। यसैक्रममा दार्जीलिङ नगरपालिका क्षेत्रको वार्ड नम्बर 24 निवासी 104 वर्षिय वृद्ध पी.एम छेत्रीले पनि मतदान गरेका छन्। 14 जना नाता-नातिनीका धनी पी.एम छेत्रीका 5 जना छोरा अनि 2 जना छोरी छन्। उनले आज बिहान आफ्नो मताधिकारको प्रयोग गरेका छन्।
मताधिकारको प्रयोग पछि उनले उहिलेको समयमा शान्तिपूर्व मतदान हुने गरेको बताउँदै अहिले भने मतदानको समयमा अशान्ति हुने गरेको विषयमा चिन्ता व्यक्त गरे। ‘अहिले हाम्रै दाजु-भाइहरू झगडा गर्छन्। पहिलेको दार्जीलिङमा शान्तिपूर्ण भोट हुन्थ्यो तर, अहिलेको दार्जीलिङमा शान्ति हुँदैन’ वृद्ध पी.एम छेत्रीले भने।
यसैक्रममा दार्जीलिङ जर्जबजार निवासी 93 वर्षिय वृद्धा मनिजा सुनामले पनि आफ्नो मताधिकारको प्रयोग गरेका छन्। उनले आफ्नो मताधिकारको प्रयोग गरेपछि पत्रकारहरूसँग बोल्दै पहाडमा शान्ति हुनपर्ने अनि यहाँका पढेका युवावर्गले रोजगारको अवसर पाउनुपर्ने बताएका छन्।
 ‘दार्जीलिङ राम्रो होस, कुनै कामको बाधा नहोस्। सबैका पढ्ने नानीहरूलाई राम्रो होस् अनि आउँदो पीडीँहरूले रोजगारको अवसर पाओस्। बिकास होस्’ वृद्धा मनिजा सुनामले भनिन्। यसैक्रममा उनले गोर्खाल्याण्ड हुन नसकेको सन्दर्भमा पनि लामो सुस्कारा तान्दै ‘खै ! गोर्खाल्याण्ड भएन। पढेका नानीहरूले काम पाएका छैनन्। हाम्रो नानीहरूले अब राम्रो अवसर पाउन सकोस्’ भनिन्।  

No comments:

Post a Comment

Post Bottom Ad