मदन तामाङ हत्याकाण्डको 9 वर्ष पुरा : अमर लामाले भने- ‘पूर्व सभासदले मोटो रकम दिएर भोइस डाटा लुकाउन लाएका छन्’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, May 21, 2019

मदन तामाङ हत्याकाण्डको 9 वर्ष पुरा : अमर लामाले भने- ‘पूर्व सभासदले मोटो रकम दिएर भोइस डाटा लुकाउन लाएका छन्’

गफसफ.com, कालेबुङ, 21 मई।  
अखिल भारतीय गोर्खालिग पार्टीका नेता स्व. मदन तामाङको 9 औँ पुण्यतिथी पालन गरिएको छ। यस अवसरमा स्व. मदन तामाङका भाइ अमर लामाले मदन तामाङ हत्याकाण्डको महत्वपूर्ण प्रमाण भनिएको फोन कल रेकर्डलाई एकजना पूर्व सभासद वरिष्ठ पुलिस अधिकारीलाई मोटो रकम दिएर सीबीआईलाई सुम्पन नदिएको आरोप लगाएका छन्। उक्त 9औँ पुण्यतिथीमा स्व. तामङली पत्नी भारती तामाङ लगायत विभिन्न राजनैतिक दलका नेतृत्ववर्ग सँगै विभिन्न संघ संस्थाका प्रतिनिधीवर्गले समेत स्व. तामाङलाई श्रद्धाञ्जली चढाएका थिए।

गत 21 मई 2010 का दिन दार्जीलिङ क्लब साइडमा दिउँदै हत्या भएको स्व. मदन तामाङको आज सोही स्थानमा पुण्यतिथी पालन गरिएपछि उनका भाइ अमरलामासँग पत्रकाहरूले कुराकानी गर्ने क्रममा उनले उक्त गम्भीर आरोप लगाएका हुन्। यद्यपी अमर लामाले उक्त पूर्व सभासद को हुन् भन्ने कुराको खुलासा भने गरेनन्।
उनले स्व. मदन तामाङको राजनैतिक कारणले हत्या भएको बताउँदै उनले देखेको सपना पुरा गर्ने प्रतिवद्धता पनि जाहेर गरेका छन्। ‘मदन तामाङ दाजु बाघ जस्तो मान्छे थिए अनि उनी पछिबाट कसैको कुरा नकाट्ने, सत्यको निम्ति अघिबाटै झम्टने व्यक्ति थिए। आज उनी सबैको सम्झनामा छ। उनको राजनैतिक कारणले हत्या भएको थियो। उनले देखेको सपना पुरा गर्न हामी लागिपर्नेछौँ’-अमर लामाले भने।
यसैक्रममा उनले कोलकोता पुलिसका पूर्व आयुक्त राजीव कुमारलाई पूर्व सभासदले मोटो रक दिएर फोन कल रेकर्डको दस्तावेज लुकाउन लगाएको आरोप लगाएका छन्। ‘मदन तामाङ हत्याकाण्डको चार्जसिट भइसकेको छ। बङ्गालका एकजना बरिष्ठ पुलिस अधिकारी राजीव कुमारले भोइस डाटा रेकर्ड पूर्व सभासदबाट मोटो रकम लिएर आफ्नो अधीनमा राखेको थियो। दुर्भाग्यवस उनले आजसम्म सीबीआईलाई बुझाएको छैन’ अमर लामाले भने।
लामाले कोलकोता पुलिसका पूर्व आयुक्त राजीव कुमारलाई अहिलेघरी सीबीआईले सारदा घोटालाकाण्डका महत्वपूर्ण दस्तावेजहरू नष्ट गरेको आरोपमा पक्राउ गर्न लागेको बताउँदै सोहिप्रकारको दस्तावेज मदन तामाङ हत्याकाण्डको  उनले सभासदबाट पैसा थापेर सीबीआईलाई नसुम्पिएको आरोप लगाएका हुन्।
‘आज राजीव कुमारलाई सारदा घोटाला काण्डमा एउटै प्रकारको मुद्दाको आरोपमा सीबीआईले आरोपी बनायो। सारदा घोटालामा जतिजनाको पनि कल रेकर्ड डाटा थियो त्यो सीबीआईलाई दिएन। जसले सारदा घोटालासँग सम्बन्धित महत्वपूर्ण दस्तावेजहरू नष्ट गरेको सन्दर्भमा सीबीआईले पक्राउ गर्ने तर्खर गरिरहेको छ। सोहि पुलिस अधिकारीले मदन तामाङ हत्याकाण्डको भोइस डाटा पनि सीबीआईलाई बुझाएको छैन।  त्यसको निम्ति हामीले सर्वोच्च न्यायालयमा मुद्दा दर्ता गरेका छौँ जसको सुनवाई भएको छैन। हामीलाई विश्वास छ एकदिन सर्वोच्च न्यायालयले यसमाथि सुनवाई गरेर सीबीआईले त्यो महत्वपूर्ण भोइस रेकर्ड हात पार्नेछन्’ मदन तामाङका भाइ अमर लामाले भने। 

No comments:

Post a Comment

Post Bottom Ad