८९% अङ्क ल्याएर होलीक्रस कन्या उच्च विद्यालयकी रोमिधा राई बनिन् टप्पर - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, May 21, 2019

८९% अङ्क ल्याएर होलीक्रस कन्या उच्च विद्यालयकी रोमिधा राई बनिन् टप्पर

गफसफ.com, (सञ्जीव) सोनादा, 21 मई।   
पश्चिम बङाल माध्यमिक शिक्षा परिषदले यस बर्ष २०१९ को माध्यमिक परिक्षाफलको घोषणा गरेको छ। परिक्षाफलको घोषणापछि सोनादा स्थित होलिक्रम कन्या उच्च विद्यालयकी छात्रा रोमिधा राईले 89% अङ्क हासिल गरेर स्कुल टप्पर बनेकी छन्। सोनादा वरिपरि क्षेत्रहरूबाट सबैभन्दा राम्रो प्रदर्शन होलिक्रम कन्या उच्च विद्यालयले गरेको छ। यस विद्यालयका सय प्रतिशत विद्यार्थीवर्ग उतिर्ण भएका छन् भने चारजनाले सर्वोत्कृष्ट अङ्क ल्याउन सफल बनेका छन्।

होलीक्रस कन्या उच्च बिधालयबाट  यस बर्ष जम्मा ११८ जना परीक्षार्थीहरुले परीक्षा दिएका थिए। जसमा ४७ जना पहिलो, ६० जना दोस्रो अनि एकजना तेस्रो दर्जामा उतिर्ण भएकी छन्। यसमध्ये ४ जना छात्राहरुले सर्वोत्कृष्ट (ए प्लस) अङ्क हासिल गरेर सोनादा क्षेत्र साथै स्कुलको नाउँ उच्च राखेकी छिन। रोमीधा राईले ८९ % अङ्क प्राप्त गरेर प्रथम टपर बनेकी छ्न् भने भुमिका दाहालले मोठ ८५ % अङ्क सहित दोस्रो टप्पर अनि प्रणीमा गुरुङले ८४% अङ्क सहित तेस्रो टप्पर अनि संस्कृति राईले ८२% अङ्क ल्याएर चौथो टप्पर बनेकी छन्।
यसरी यहाँको सोनादा हाई स्कुलका जम्मा ४९ जना परीक्षार्थीहरुमा ४९ जना नै उत्तीर्ण भएका छन्। अर्कोतिर शान्तीरानी उच्च बिधालयबाट ७० जना परीक्षार्थीहरुले माध्यमिक परीक्षा लेखेका थिए जसमा ६५ जना परीक्षार्थीहरु उत्तीर्ण भएका छन अनि ५ जना परीक्षार्थी अनुत्तीर्ण भएका छन् । बिगतका बर्षहरुमा झै यस बर्ष पनि यहाँको होली क्रस कन्या उच्च बिधालयका छात्राहरुले माध्यमिक परीक्षामा उत्कृष्ट अंक हासिल गरेकोमा उक्त स्कुलका शिक्षिकागण, प्रधान अध्यापिका सिस्टर सेरिन लगायत सम्पुर्ण कर्मचारीहरुले छात्राहरुको उत्कृष्ट प्रदर्शनले खुशी व्यक्त गर्दै सम्पुर्ण छात्राहरुलाई बधाई दिएका छन्। बिगतका बर्षहरुमा भन्दा ज्यादा यस बर्ष होली क्रस कन्या उच्च बिधालयका छात्रा रोमीधा राईले ८९% अंक हासिल गरेको सिस्टर सेरिनले जनाएकी छन्।

1 comment:

Post Bottom Ad