दार्जीलिङ विधानसभा उप-चुनाव: चुनावी मैदानमा ओर्लिएका प्रार्थीहरूले आफैलाई दिए भोट - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, May 18, 2019

दार्जीलिङ विधानसभा उप-चुनाव: चुनावी मैदानमा ओर्लिएका प्रार्थीहरूले आफैलाई दिए भोट

गफसफ.com, कालेबुङ, 19 मई।
दार्जीलिङ विधानसभा उप-चुनाव आज बिहानदेखि नै प्रारम्भ भएको छ। चुनावी मैदानमा ओर्लिएका गोजमुमो अध्यक्ष एवम् निर्दलीय प्रार्थी विनय तामाङ, भारतीय जनता पार्टीका प्रार्थी निरज जिम्बा, जन आन्दोलन पार्टीका प्रार्थी अमर लामा, निर्दलीय प्रार्थी सारदा राई सुब्बा लगायत गोरामुमो पार्टी अध्यक्ष मन घिसिङ आदिले आफ्नो मतदान गरिसकेका छन्।
Binay Tamang, Amar Lama and Neeraj Zimba
चुनाव आयोगले विधानसभा उप-चुनावलाई शान्तिपूर्वक गराउनका निम्ति अघिबाटै मोठ 16 कम्पनी केन्द्रिय सुरक्षा बल समेत तैनाथ गरिसकेको छ।  दार्जीलिङ विधानसभा क्षेत्रमा मोठ 2,34,758 जना मतदाताहरू रहेका छन् भने 321 वटा मतदान केन्द्रहरूमा बिहान 7 बजेदेखि चुनाव आरम्भ भएको छ। जसमध्ये आयोगले 45 वटा मतदान केन्द्रहरूलाई संवेदनशील मतदान केन्द्र घोषित गरेर उक्त केन्द्रहरूमा अझ सुरक्षा व्यवस्था कठोर गरिएको छ।

बितेको लोकसभा चुनावमा विधायक अमरसिंह राईले राजीनामा दिएर लोकसभा चुनावमा भाग लिएपछि विधानसभाको उक्त पद रिक्त रहेको थियो। जसको निम्ति चुनाव आयोगले उप-चुनाव गराएको हो। जुन चुनावको परिणाम आगामी 23 मईका दिन लोकसभा चुनावको साथ नै आउनेछ।
Amar Loksom (GRC)

आज बिहान मतदान गरेपछि निर्दलीय प्रार्थी विनय तामाङले आफ्नो जीतको दाबी गरेका छन्। उनले विधानसभा उप-चुनावमा आफ्नो जीत निश्चित रहेको दाबी गर्दै जनताको समस्या समाधान गर्नकै निम्ति आफु आफ्नो पद त्यागेर अघि आएको दावी समेत तामाङले गरेका छन्।
अर्कोतर्फ गोरामुमो पार्टीका प्रवक्ता एवम् भारतीय जनता पार्टीका प्रार्थी निरज जिम्बाले पनि मतदान गरेपछि आफ्नो जीतको दाबी गरेका छन्। उनले यदि निश्पक्ष चुनाव सम्पन्न भएको खण्डमा भारतीय जनता पार्टीका प्रार्थी राजु विष्टले भन्दा धेर भोट प्राप्त गरेर बिजयी बन्ने दाबी समेत गरेका छन्।
Sarda Rai Subba (Indipendent)
यसैक्रममा जन आन्दोलन पार्टीका प्रार्थी अमर लामाले पनि आफ्नो मताधिकारको प्रयोग गरेपछि जनताले आफुलाई साथ दिनेकुरामा विश्वास व्यक्त गरेका छन्। लोकसभा चुनावको तुलनामा फरक माहौल रहेको विधानसभा उप-चुनावमा जनताले आफ्नो विवेकले मतदान गरेर सही प्रतिनिधी चुन्ने कुरामा अमर लामाले आशा व्यक्त गरेका छन्।
Mann  Ghising (President GNLF)
यता तृणमूल कङ्ग्रेस पार्टीको पूर्व नेत्री सारदा राई सुब्बाले पनि आफ्नो मतदान गरेपछि जनताले निश्चय नै आफुलाई बिजयी बनाउनेछ भन्ने कुरामा विश्वास व्यक्त गरेकी छन्। जनताको निम्ति आफु सधैँ अघि बडीरहेको भन्दै विधानसभा चुनावमा जनताको आशिर्वाद प्राप्त भए जनहितमा धेरै काम गर्ने उनले बताएकी छन्।

No comments:

Post a Comment

Post Bottom Ad