विधानसभा उप-चुनाव 2019 : मतदान पछि अमर लामाले भने –‘आवेश र भावनामा आएर होइन सचेत भोट हाल्नुहोस्’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, May 18, 2019

विधानसभा उप-चुनाव 2019 : मतदान पछि अमर लामाले भने –‘आवेश र भावनामा आएर होइन सचेत भोट हाल्नुहोस्’

गफसफ.com, कालेबुङ, 19 मई।
दार्जीलिङ विधानसभा उपचुनावमा जन आन्दोलन पार्टीको टिकटमा चुनाव लडीरहेका अमर लामाले आज बिहान दार्जीलिङ जुनियर बिटी कलेजमा अवस्थित 23/169 मतदान केन्द्रमा मतदान गरेका छन्। मतदान गरेपछि तामाङले पत्रकारहरूसँग कुराकानी गर्दै सबै पार्टीका समर्थक अनि कार्यकर्ताहरूले शान्तिपूर्वक मतदानको अपिल गरेका छन्।

‘हामी सबैले मतदानमा शान्ति बनाएर राख्नुपर्छ। शान्तिपूर्वक मतदान गराउन सबै पार्टीहरूले काम गर्नुपर्छ’ अमर लामाले भने। यसैक्रममा उनले वितेको लोकसभा चुनावमा आफ्नो मतदान केन्द्रको मुख्यद्वारमा केन्द्रिय बन तैनाथ रहेको थियो भन्दै यसपल्टको उपचुनावमा भने उक्त मुख्यद्वारमा राज्यको पुलिस रहेको बताउँदै जसको निम्ति उनले कुनै प्रकारको मनपरी नहुनपर्ने बताएका छन्।
‘सचेत भोट हाल्नुहोस्, दार्जीलिङलाई शान्ति राख्नुहोस्। हामी हिंसालाई प्रोत्साहन दिँदैनौँ। जहाँ शान्ति छ त्यहाँ सबै ठिक हुनेछ। यसकारण मतदाताहरूले शान्तिमय वातवरण आफ्नो मताधिकारको प्रयोग गर्ने अपिल गर्दछौँ’ अमर लामाले भने।
उनले कसैलाई आवेशमा नआएर भोट हाल्न नहुने अपिल गर्दै आवेशमा आएर भोट हालेर पछुतो गर्न अघि उनले सचेत भोट हाल्ने जनतालाई अपिल गरेका हुन्।

No comments:

Post a Comment

Post Bottom Ad