‘इतिहासको बाडुली’- विमोचित : कवि राजेन्द्र भण्डारीले भने - ‘हाम्रो इतिहास हामीले नै टड्कारोसँग प्रस्तुत गर्नुपर्छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, May 18, 2019

‘इतिहासको बाडुली’- विमोचित : कवि राजेन्द्र भण्डारीले भने - ‘हाम्रो इतिहास हामीले नै टड्कारोसँग प्रस्तुत गर्नुपर्छ’

गफसफ.com, कालेबुङ, 18 मई।
कवि राजेन्द्र भण्डारीको कविता कृती ‘इतिहासको बाडुली’ विमोचित भएको छ। कालेबुङको वर्सिप सेन्टरमा आयोजित कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो। विशेष गरेर भारतीय गोर्खाहरूले अहिलेसम्म आफ्नो छुट्टै राज्य पाउन नसक्नुको पीडा हुँदा हुँदै पनि छुट्टै राज्य प्राप्तिको निम्ति भने संघर्षरत रहेका छन्। त्यहीँ संघर्षहरूलाई कवि भण्डारीले काव्यमा उतारेका छन्।

इतिहासले हामीलाई सधैँ ओझलमा पारेको छ। हामीलाई इतिहासको बाडुली लागिरहन्छ। हामीले जबसम्म वासभूमि पाउँदैनौ तबसम्म यो बाडुली लागिरहनु पर्छ। यो बाडुली चिसो पानी खाएर मेटाउने होइन। जुलुस हिँड्‌दा किन हिँडिएको, आन्दोलन किन गरिएको आदि कुरा नयाँ पुस्तालाई बताउन यो किताब लेखिएको हो-’’ कवि राजेन्द्र भण्डारीले विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ पुस्तालाई लेख्नु र पढ्‌नु पर्छ भन्ने सन्देस दिनु इतिहासको बाडुली लेखिएको बताए।
‘हाम्रो इतिहास लेखिनु बाँकी नै छ। हाम्रोबारेमा लेखिएको इतिहास पर्याप्त छैन। कहीँ कतै त हाम्रो इतिहासमा हामी नै उपेक्षित बनेका छौँ। यस्तो अवस्थामा हामीले हाम्रो इतिहास टड्कारोसँह आफै लेख्नुपर्छ’-कवि राजेन्द्र भण्डारीले भने। हाम्रो नजिकका छिमेकी जमिनका मालिकहरू राजवंसीहरू अहिले आएर आफ्नोत्व सबै हराउन पुगेको स्थितिलाई प्रकाश पार्दै कवि भण्डारीले आफ्नो इतिहास भुल्नु नहुने बताएका हुन्। उनले यस्तै थुप्रै उदारहणहरू प्रस्तुत गर्दै कविताको किताबको अन्तिम 60 पृष्ठमा वासभूमिको अन्तर्कथा किन लेख्नु पर्‍यो भन्नेबारे पनि प्रकाश पारे।
कार्यक्रममा उपस्थित वरिष्ठ साहित्यकार मनप्रसाद सुब्बा, सङ्‌गीतकार मधुसुदन लामा, कथाकार प्रदीप गुरुङ, सिक्किमका साहित्यकारद्वय थीरू प्रसाद नेपाल, रूद्र पौड़्याल, डा. हर्कबहादुर  छेत्री, कथाकार देव भण्डारी अनि कृतिकार राजेन्द्र भण्डारीको बाहुलीबाट उक्त कृटिको विमोचन संयुक्त रूपमा गरियो। डी. बी. मगरले सञ्चालन गरेको उक्त कार्यक्रममा कृतिका प्रकाशक उपमा प्रकाशनबाट उमेश उपमाले स्वागत वक्तव्य राखे। कृतिमाथि कवि सुधीर छेत्रीले पुस्तक चर्चा गर्दै कृतिमा इतिहासका बिजहरू प्रस्तुत गरिएको बताए।
यसरी नै  कवि टीका भाइले भारतीय नेपाली समाजमा नेपालीका इतिहास लेख्ने मान्छे नभएको कारण इतिहाससँग सोझै सम्बन्धित नरहेका कवि-कथाकारहरूले पनि इतिहासतिर कलम चलाउनु परिरहेको बाध्यता उजागड गर्दै भारतीय नेपाली समाजको सामाजिक, आर्थिक, सांस्कृतिक इतिहासहरू लेखिनुपर्ने बताए।
यसरी नै सिक्किमबाट उपस्थित टी. बी. छेत्रीले पनि इतिहासको बाडुली कृतिलाई आधार गरेर  राजेन्द्र भण्डारी अनि उनका लेखन र उनलाई हेर्ने दृष्टिमाथि वक्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममाझ वरिष्ठ कवि मनप्रसाद सुब्बा, सिलगड़ीबाट उपस्थित कवि वासुदेव पुलामी अनि कवि ज्ञानेन्द्र योक्सोले कवितावाचन गरेका थिए। आजको यस सर्वाजानिकरण कार्यक्रममा कालेबुङ , दार्जीलिङ , सिक्किम, सिलगड़ीलगायत विभिन्न क्षेत्रबाट साहित्यकार अनि साहित्यानुरागीहरूको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment

Post Bottom Ad