विमल गुरुङले जारी गरे ताजा भिडियो; भने –‘निरज जिम्बालाई कमलको फूलमा भोट हालेर जिताउनुपर्नेछ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, May 17, 2019

विमल गुरुङले जारी गरे ताजा भिडियो; भने –‘निरज जिम्बालाई कमलको फूलमा भोट हालेर जिताउनुपर्नेछ’

गफसफ.com, दार्जीलिङ, 17 मई।
दार्जीलिङ विधानसभा उप-चुनाव प्रचारको अन्तिम दिन भूमिगत नेता विमल गुरुङले भिडियो सन्देश जारी गर्दै भाजपा प्रार्थी निरज जिम्बालाई जनताले चुन्नुपर्ने आह्वान गरेका छन्। उनले पहाडका जनतालाई अन्याय अत्याचार भएको दाबी गर्दै यो अन्याय र अत्याचारको विरोधमा सही जवाब दिनुपर्ने आह्वान गुरुङले गरेका छन्। ‘यो समय हामीले व्यर्थै फाल्नु हुँदैन। हामीले यो समय र मौकालाई सही उपभोग गर्दै जवाब दिनुपर्नेछ’ विमल गुरुङले भनेका छन्।

उनले सन् 2017 मा भाषा आन्दोलनपछि स्वार्थी व्यक्तिहरूले जातिलाई खाल्डोमा हाल्ने कार्य गरेको भन्दै उक्त व्यक्तिहरूलाई अब मुहतोड जवाब दिनुपर्ने गुरुङको अपिल रहेको छ। ‘हामीले वितेको 22 महिनादेखि समस्या भोगिरहेका छौँ। पहाडमा धेरै अन्याय र अत्याचार भइरहेको छ। व्यापारीवर्ग देखि हरेक मानिसहरूले अन्याय र अत्याचार भोगिरहेका छन्। पुलिसले सङ्गीनको भरमा राजनीति गरिरहेको छ। यसैकारण यो समयमा हामीले जवाब दिनुपर्नेछ’ विमल गुरुङले भनेका छन्।
गुरुङले जारी गरेको ताजा भिडियोमा आगामी 19 मईको दिन हुने दार्जीलिङ विधानसभा उप-चुनावमा जनतालाई धोका दिने व्यक्ति (विनय तामाङको नाउँ नलिई) चुनावमा उठेका छन् भन्दै उनलाई सही जवाब दिनुपर्ने बताएका छन्। ‘हामीलाई आतङ्क गर्ने, हाम्रो 11 जना व्यक्तिहरूको खुनसँग खेलवाड गर्ने व्यक्तिलाई जवाब दिने समय आएको छ। यो समय खेरो फाल्नु हुँदैन’ विमल गुरुङले भनेका छन्।
उनले जनतालाई जनसभाहरूमा जानपर्ने बाध्यता रहे पनि अन्तिम समयमा आफ्नो जातिलाई धोका दिने विरुद्ध निरज जिम्बालाई भोट दिने अपिल गरेका छन्। ‘जनताले भाजपा प्रार्थी निरज जिम्बालाई भोट दिएर जिताउनुपर्छ। तबमात्र यहाँ शान्ति हुनेछ’ विमल गुरुङले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad