दार्जीलिङ विधानसभा उप-चुनाव: विनय तामङ र निरज जिम्बा दुवै इनकम्पिटेन्ट क्यानिडेट हुन् – अमर लामा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, May 17, 2019

दार्जीलिङ विधानसभा उप-चुनाव: विनय तामङ र निरज जिम्बा दुवै इनकम्पिटेन्ट क्यानिडेट हुन् – अमर लामा

गफसफ.com, दार्जीलिङ, 17 मई।
दार्जीलिङ विधानसभा उपचुनावमा जन आन्दोलन पार्टीको प्रार्थी अमर लामाले जनतालाई सही उम्मेद्वार चयर गरेर वुद्धिमतताले आफ्नो मताधिकारको प्रयोग गर्नुपर्ने आह्वान गरेका छन्। उनले गोजमुमो अध्यक्ष एमव् निर्दलीय प्रार्थी विनय तामाङ अनि भाजपा प्रार्थी निरज जिम्बा दुवै जनतालाई बलजफ्ती थोपिएको उम्मेद्वार रहेको भन्दै आफु जनताको उम्मेद्वार रहेको कारण पनि जनताले सही निर्णय लिएर चयन गर्नुपर्ने आह्वान गरेका छन्।

 अमर लामाले विशेष कुराकानी गर्नेक्रममा निर्दलीय प्रार्थी विनय तामाङ र भाजपा प्रार्थी निरज जिम्बाहरूले जनतालाई किनबेचको सामाग्री जस्तै बनाउने कार्य गरेको समेत आरोप लगाएका छन्। जुन कार्य राजनीति जनताको निम्ति घातक हो भनेका छन्। ‘भोटमा जनतालाई बिक्री हुने थोक जस्तै बनाउने कार्य हुँदैछ। एकातिर विनय तामाङहरूले पैसा बाँड्दैछ अनि अर्कोतर्फ निरज जिम्बाले भ्रम बाँड्दैछ। यो दुवै जनताको निम्ति घातक हो’ अमर लामाले भने।
उनले भाजपा प्रार्थी निरज जिम्बाहरूले जातिय एकता, माटो आदिको कुरा गरेर जनतामा भ्रम बाँडेको भन्दै ‘वास्तवामा उनीहरूले अलापिरहेको जातिय एकताको भाषण फर्जी हो’ समेत भनेका छन्। ‘निरज जिम्बा हारे गोर्खा जाति हार्छ भन्दैछन्। के त्यसो भए अमर लामा गोर्खा होइन? स्वारज थापा गोर्खा होइनन्? यो उनीहरूले छाँटेको फर्जी जातिप्रेमको भाषण मात्रै हो। यस्तो भ्रम बाँडेर राजनीति गर्नेहरूले वास्तवमा जनताको काम केहि गर्दैनन्। उनीहरूले जनताको भावनाको व्यापार गर्दैछन्’ अमर लामाले भने।
उनले कुराकानीकै क्रममा सन् 2006 पछि यसपल्ट चुनावमा खडा बनेर जनतासँग भेटघाट गर्दा जनताले आफुलाई धेरै समस्याहरूबारे बताएको जानकारी गर्दाउँदै अहिलेसम्मको चुनाव प्रचारमा जनताबाट सकारात्मक प्रतिक्रिया पाएको पनि बताएका छन्। ‘मैले जतिसक्दो घर दैलो अभियान चलाएर जनतासँग भेट गरेर भलाकुशरी गरेँ। जनताले आफ्नो दुखेशोहरू सुनाए। यो चुनाव प्रचारको क्रममा राज्य सरकारले गरेको आतङ्क अनि प्रजातन्त्रको हनन् सम्बन्धिनै धेर समस्याहरू अघि आए। यसर्थ पहाडमा प्रजातन्त्रको पुनर्वहाली र शान्ति स्थापना गर्नु हाम्रो जिम्मेवारी रहनेछ’ अमर लामाले भने।
उनले यसपल्टको चुनावले पहाडमा राजनैतिक हैकमवादलाई समेत समाप्त गरिदिएको दाबी गरेका छन्। ‘दार्जीलिङमा जुन पहिला राजनैतिक हैकमवाद थियो त्यो यसपल्ट छैन। सुवास घिसिङदेखि विमल गुरुङसम्म राजनैतिक हैकवाद थियो। उनीहरूले जस्तोसुकै प्रार्थीलाई चुनावमा खडा गर्दा समेत जित्छ भन्ने हैकवाद चलाएका थिए। तर योपल्ट त्यस्तो हैकमवाद समाप्त भएको छ। किनभने यसपल्टको हैकमवादी राजनैतिक दलको मात्रै होइन जनताको प्रार्थी पनि मैदानमा छन्’ लामाले भने।
लामाले यता निर्दलीय प्रार्थी विनय तामाङ र निरज जिम्बालाई ‘कम्पिटेन्ट’ प्रार्थी होइन समेत भनेका छन्। ‘कम्पिटेन्ट प्रतिस्पर्धी नै छैन। दुवै क्यानिडेट इनकम्पिटेन्ट छन्’ लामाले भने।

No comments:

Post a Comment

Post Bottom Ad