4 लाख भन्दा धेर भोटले तृणमूल प्रार्थी अमरसिंहलाई परजित गर्दै राजु विष्ट बने बिजयी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, May 23, 2019

4 लाख भन्दा धेर भोटले तृणमूल प्रार्थी अमरसिंहलाई परजित गर्दै राजु विष्ट बने बिजयी

गफसफ.com, दार्जीलिङ, 23 मई।
भारतीय जनता पार्टीका प्रार्थी राजु विष्टले 4 लाख, 7 हजार 6 सय 21 भोटको रेकर्ड मार्जिनले तृणमूल प्रार्थी अमरसिंह राईलाई पराजित गरेका छन्। राजु विष्टले मोठ 7 लाख, 43 हजार, 68 भोट पाएका छन् भने तृणमूल प्रार्थी अमरसिंह राईले 3 लाख, 35 हजार 4 सय 47 भोट पाएका छन्। पहिलोचोटी सन् 2009 मा भाजपा प्रार्थी जसवन्त सिंहले पाएको रेकर्ड जीतलाई समेत राजु विष्टले पार गरेर नयाँ रेकर्ड जीत दर्ता गरेका छन्।

लोकसभा चुनाव प्रचारको क्रममा भाजपालाई दुईलाख भोटले पराजित गर्ने विनय तामाङले दाबी गरेका थिए भने उनको दाबी जनताले झूटो प्रमाणित गरिदिएका छन्। विशेष गरेर भाजपाले दार्जीलिङ पहाडमा चुनाव प्रचारको क्रममा 105 दिनको बन्द अवधी बङ्गाल प्रशासनले गरेको अत्याचारलाई मूल मुद्दा बनाउँदै चुनाव प्रचार गर्नका साथै गोर्ख समुदायका 11 जात गोष्टिलाई जनजातिको मान्यता दिने कुरा चुनावी घोषणा पत्रमा उल्लेख गरेको कारण नै दार्जीलिङ पहाडवासीले भाजपालाई भारी मत खसालेका छन्। जसको कारण भाजपा प्रार्थी राजु विष्ट 4लाख भन्दा धेर भोटको व्यवधानले तृणमूल प्रार्थी अमर लामालाई पराजित गर्न सक्षम बनेका छन्।
भाजपा प्रार्थी राजु विष्टको जीतले दार्जीलिङ पहाडका जनताले तृणमूल कङ्ग्रेसलाई स्वीकार गर्दैन भन्ने कुराको पुन: एकचोटि प्रमाणित समेत गरिदिएको छ। दार्जीलिङ पहाडका जनताले विकासको मुद्दालाई समेत प्राथमिकता दिँदैन भन्ने कुराको पुष्टि समेत यसपालिको चुनाव परिणामले स्पष्ट पारेको छ। यस्तो अवस्थामा विकासको मुद्दालाई अघि बडाउँने विनय तामङ र तृणमूल कङ्ग्रेसलाई जनताले अस्वीकार गर्दै भाजपा प्रार्थी राजु विष्टलाई जनताले चुनेर संसदमा पठाएका छन्।

1 comment:

Post Bottom Ad