सिक्किममा सत्ता परिवर्तन : 25 वर्षे एसडीएफको किल्ला तोड्दै क्रान्तिकारीहरू 17 आसन जितेर राज्यको बागडोर सम्हाल्न तयार - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, May 23, 2019

सिक्किममा सत्ता परिवर्तन : 25 वर्षे एसडीएफको किल्ला तोड्दै क्रान्तिकारीहरू 17 आसन जितेर राज्यको बागडोर सम्हाल्न तयार


गफसफ.com, गान्तोक, 23 मई।
सिक्किम राज्यमा एसडीएफ पार्टीको 25 वर्षे शाषण ध्वस्त पार्दै सिक्किम क्रान्तिकारी मोर्चाले सरकार गठन गर्ने सम्भावनातर्फ अग्रसर बनिरहेको छ। सिक्किम डेमोक्रेटिक फ्रन्ट अनि सिक्किम क्रान्तिकारी मोर्चामाझ कडा प्रतिस्पर्धा रहेको विधानसभा चुनावमा अहिलेसम्म एसकेएम पार्टीले 14 वटा आसनमा जीत निकालिसकेको छ भने 3 वटा आसनमा जीतको निम्ति अघि बडीरहेको छ। यता 25 वर्षे शाषण हाँक्ने एसडीएफ पार्टीले भने अहिलेसम्म 12 वटा आसनमा जीत निकालेको छ भने 3 वटा आसनमा बढत हासिल गरेर अघि बडीरहेको छ। मोठ 32 वटा आसन रहेको सिक्किम विधानसभामा पहिलोपल्ट यति कडा प्रतिस्पर्धा भएको हो।

अहिलेसम्मको परिणाम अनुसार सिक्किमका मुख्यमन्त्री पवन चामलिङले नाम्ची सिङ्गीथाम विधानसभा क्षेत्रबाट बिजयी हासिल गरेका छन्। उनले एसकेएम पार्टीका प्रतिद्वन्द्वी गणेश राईलाई केवल 377 भोटको अन्तरले पराजित गरेका छन्। चामलिङको पक्षमा जनताले 5 हजार 54 बोट खसेको थियो भने एसकेएम पार्टीका गणेश राईले 4 हजार 6 सय 77 भोट पाएका छन्।
अहिलेसम्म बिजयी बन्ने प्रार्थीहरूमा एसकेम पार्टीकाहरू क्रमैले - याङथाङ समष्टिबाट भीमहाङ लिम्बु, रिञ्चेपोङ समष्टिबाट कर्म सोनाम लेप्चा, संघबाट सोनाम लामा, स्यायरीबाट कुङ्गा निमा लेप्चा, सोरेङ च्याखुङबाट अदित्य गोले, लाचेन मङ्गनबाट सामडुप लेप्चा, नामथाङ रातेपानीबाट संजित खरेल, रिनोकबाट बिष्णुकुमार शर्मा, आरिथाङबाट अरूणकुमार उप्रेती, दरामदिनबाट मिङ्मा नोर्बु, गान्तोकबाट कुङ्गा निमा लेप्चा, गेजिङ बम्याकबाट लोकनाथ शर्मा, काबी लुङचुकबाट कर्मलोडे भोटिया अनि खामदोङ सिङ्गतामबाट मणिकुमार शर्मा बिजयी बनेका छन्। यसका साथै सालघारी जुम समष्टिबाट सुनिता गजमेर, तिमी नामफाङबाट बेदुसिंह पन्थ, अप्पर बुर्तुकबाट दिल्लिराम थापा बढत लिएर बिजयको नजिक अग्रसर रहेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad