दार्जीलिङ विधानसभा उप-चुनाव : भाजापाको टिकटमा गोरामुमो पार्टीका प्रवक्ता निरज जिम्बा बनिए उम्म्देवार - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, April 26, 2019

दार्जीलिङ विधानसभा उप-चुनाव : भाजापाको टिकटमा गोरामुमो पार्टीका प्रवक्ता निरज जिम्बा बनिए उम्म्देवार

गफसफ.com, सिलगडी, 26 अप्रेल।
दार्जीलिङ विधानसभा क्षेत्रमा हुने उपचुनावमा भाजपा, गोजमुमो (विमल गुट) अनि गोरामुमो पार्टी मिलेर निरज जिम्बालाई प्रार्थी बनाएको छ। गोजमुमो (विमल गुट) पार्टीका कार्यकारी अध्यक्ष लोप्साङ लामाले आज सिलगडी जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलम डाकेर निरज जिम्बालाई प्रार्थी बनाइएको घोषणा गरेका छन्।

यसैक्रममा गोजमुमो (विमल गुट) का प्रवक्ता बीपी बजगाईँले लोकसभा चुनावलाई लिएर गोजमुमो अनि गोरामुमो पार्टीको राम्रो मित्रता कायम भएको कारण नै निरज जिम्बालाई दार्जीलिङ विधानसभा क्षेत्रबाट प्रार्थीको घोषणा गरेको बताएका हुन्। ‘हामीले भाजपा पार्टीको पक्षबाट निरज जिम्बालाई प्रार्थी बनाएका छौँ। उनको नाउँ भाजपा अध्यक्ष कहाँ पठाइएको छ। त्यहाँबाट सही भएपछि उनको नाउँ आउनेछ। केहि दिन अघिमात्रै भएको चुनावमा पहाडका जनताले कमलको फूललाई सघाएका थिए। यसैकारण कुनै असुविधा नहोस् भनेर निरज जिम्बालाई भाजपा पार्टीको टिकटमा विधानसभा चुनावको प्रार्थी बनाएका छौँ’ बीपी बजगाईँले भने।

उनले निरज जिम्बाको उम्मेद्वारिताको नाउँमा भाजपा अध्यक्षले सहीछाप गरेपछि भाजपाको पक्षबाट आधिकारिक घोषणा गरिने पनि स्पष्ट पारेका छन्। यसक्रममा उनले क्रामाकपा पार्टीसँग पनि कुराकानी चलिरहेको बताएका छन्।
अर्कोतर्फ गोरामुमो पार्टीका प्रवक्ता रहेका निरज जिम्बाले आफुलाई भाजपाले टिकट दिएकोमा आभार प्रकट गर्दै चुनावमा बिजय हुने दाबी गरेका छन्। ‘दार्जीलिङमा प्रजातन्त्र छैन। हामी प्रजातन्त्रको बहालीको पहिलो मुद्दा बनाउँनेछौँ’ निरज जिम्बाले भने। यसक्रममा उनले आफु गोरामुमो पार्टीको प्रवक्ता रहेको अनि गोरामुमो पार्टीबाट राजीनामा नदिई भाजपाको टिकटमा चुनाव लड्ने पनि स्पष्ट पारेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad