क्रामाकपाले भाजपा प्रार्थी निरज जिम्बालाई समर्थन नगर्ने : ‘गोरामुमो पार्टीले धोका दियो – किशोर प्रधान’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, April 26, 2019

क्रामाकपाले भाजपा प्रार्थी निरज जिम्बालाई समर्थन नगर्ने : ‘गोरामुमो पार्टीले धोका दियो – किशोर प्रधान’

गफसफ.com, कालेबुङ, 26 अप्रेल।
क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा)ले भाजपा पार्टीको टिकटमा चुनावी मैदानमा उत्रेका निरज जिम्बालाई समर्थन नगर्ने घोषणा गरेको छ। भाजपाको टिकटमा प्रार्थी बनेका जिम्बालाई गोजमुमो विमल गुट, गोरामुमो अनि क्रामाकपाले समर्थन गरेको कुरा गोजमुमो पार्टी (विमल गुट) को फेसबुक पेजमा सार्वजनिक भएपछि उक्त बयानको क्रामाकपाले खण्डन गर्दै निरज जिम्बालाई समर्थन नगर्ने स्पष्ट अडान राखेको छ। यसका साथै क्रामाकपाले आगामी 28 अप्रेलका दिन दार्जीलिङ विधानसभा क्षेत्रको उपचुनावबारे अन्तिम निर्णय लिने घोषणा गरेको छ।

‘आगामी १९ मईमा हुन गईरहेको दार्जीलिङ बिधानसभा समष्टिको उप चुनावमा गोजमुमो (विमल गुट) गोरामुमो र भाजपाद्वारा गोरामुमो नेता निरज जिम्बालाई भाजपाको चुनाव चिन्हमा उम्मेद्वार बनाउँने घोषणा भएको जानकारी प्राप्त भएको छ। एक बयानमा (गोर्खा जनमुक्ति युवा मोर्चाको फेसबुक पेजमा) CPRM पनि गठबन्धनमा रहेर निरज जिम्बाको नाममा सहमति गरिएको कुरा उल्लेख छ। उक्त बयान प्रति तीब्र आपत्ति जनाउँदछौ’ क्रामाकपाले आफ्नो मिडिया सेल मार्फत बयान जारी गरेर भनेको छ।
गोजमुमो विमल गुटद्वारा सञ्चालित उक्त फेसबुक पेजको बयानमा जनतालाई भ्रममा नपर्ने अपिल पनि क्रामाकपाले गरेको छ। ‘आज गोजमुमो (बिमल गुट) र गोरामुमोको निर्णय प्रति क्रामाकपा अलग छ सहमत छैन’ क्रामाकपाले निरज जिम्बाको उम्मेद्वारितालाई समर्थन नगर्ने स्पष्ट पार्दै भनेको छ।
यसैक्रममा क्रामाकपा चुनाव समितिका संयोजक किशोर प्रधानसँग कुराकानी गर्दा उनले गोरामुमो पार्टीले धोका दिएको समेत आरोप लगाएका छन्। ‘गोरामुमो पार्टीले आज दार्जीलिङमा साझा उम्म्देवारबारे सर्वदलिय वैठक डाकेको थियो। गोरामुमो नेता अजय एडवर्डद्वारा पठाएको पत्र अनुसार क्रामाकपा पार्टीका प्रतिनिधीहरू पनि उक्त वैठक आयोजना गरिएको ठाउँमा पुग्दा त्यहाँ अजय एडवर्ड अनि निरज जिम्बा उपस्थित थिएनन्। पछिबाट वैठकमा नै निरज जिम्बाको नाउँबारे गोजमुमो विमल गुट, गोरामुमो र भाजपाले निर्णय लिएको थाह पाएपछि हाम्रो पार्टीका प्रतिनिधीवर्गले त्यसै वैठकमा विरोध जनाएको हो। हामी भाजपाको टिकटमा गोरामुमो प्रार्थी निरज जिम्बालाई समर्थन गर्दैनौँ’ किशोर प्रधानले स्पष्टसँग भने।
यसैक्रममा उनले केहि दिन अघि मात्रै सम्पन्न लोकसभा चुनावमा पनि गोरामुमो पार्टीले साझा उम्म्देवारको वैठक सिलगडीमा डाकेर उनीहरूका नेताहरू भने दिल्ली पुगेर भाजपालाई समर्थन गरे जस्तै यसपल्ट पनि गोरामुमोले धोका दिएको प्रधानले बताएका छन्। ‘ गोरामुमो पार्टीले भ्रमको राजनीति गर्‍यो। यस्तै कार्य गोरामुमो पार्टीले लोकसभामा चुनावमा पनि गरेको हो। सिलगडीमा वैठक बोलाएर दिल्ली कुद्ने नेताहरू गोरामुमो पार्टीकै हो। यसकारण यसपल्ट क्रामाकपाले गोरामुमोलाई समर्थन गर्दैन’ किशोर प्रधानले भने।
उनले केहि दिन अघि नै बीजेपी पक्षबाट प्रार्थीको प्रस्ताव आएकै हो भन्दै आफुहरूले लोकसभा चुनावमा जातिय हितमा भाजपालाई समर्थन गरे पनि विधानसभा चुनावमा भने भाजपालाई पटक्कै समर्थन नगर्ने अडान लिएको पनि बताए। ‘सुरुमा भाजपाको क्यानिडेट हुनपर्छ भन्दा गोरामुमोले पनि विरोध गरेको थियो। क्रामाकपाले यसलाई सैदान्तिक रूपले विरोध गरेको हो। हामीले यसबारे विमल गुटकाहरूलाई पनि बुझाउने प्रयास गरेका हौँ। तर, हुनसक्छ उनीहरूलाई भाजपालाई समर्थन गर्नु बाध्यता होला तर हामी समर्थन गर्दैनौँ’ किशोर प्रधानले भने।

No comments:

Post a Comment

Post Bottom Ad